सुनसान लेकसाइड : पर्यटक कुर्दै पोखराका पर्यटन व्यवसायी

पोखरा : कोरोना महामारीका कारण करिब दुई वर्षसम्म थलिएको पोखराको पर्यटन व्यवसाय बिस्तारै उठ्न खोज्दै छ। सरकारले स्वास्थ्य मापदण्ड अपनाउँदै व्यवसाय सञ्चालन गर्ने अनुमति प्रदान गरेपछि बन्द रहेका होटल र रेस्टुरेन्टका ताला खुलेका छन्। ताला खुले पनि पोखरामा पर्यटकको चहलपहल भने न्यून देखिन्छ। कोरोनाको पहिलो लहरको सामना गरिसकेको पोखराको पर्यटनले…

सम्बन्धित सामग्री

दुईदिने बिदाले आन्तरिक पर्यटकको चहलपहल बढ्ने पोखराका पर्यटन व्यवसायीको विश्वास

वैशाख १५, पोखरा । नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी गरेको थियो । सरकारको यो तयारी र निर्णयसँगै पोखराका पर्यटन व्यवसायीहरूले पनि यहाँ पर्यटन पूर्वाधारमा अर्बौँको लगानी पनि गरेका थिए ।  तर दुःखद् पक्ष त यो रह्यो कि ती पूर्वाधारमा विश्वका पर्यटकलाई स्वागत गर्ने तयारीको मुखैमा आएर विश्वव्यापीरूपमै कोरोना भाइरसको प्रकोप फैलियो र सबैतिर बन्दाबन्दी भयो ।  यो महामारीले विश्वलाई नै असर गर्‍यो र सबै क्षेत्र तहसनहस भए भने पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । यस क्षेत्रमा लगानी गरेका व्यवसायी पनि निराश हुन पुगे । विभिन्न चरणमा देखापरेको कोभिड–१९ यतिबेला खोपको सहजतासँगै निष्क्रिय हुँदै गएपछि पर्यटन क्षेत्र केही चलायमान हुन थालेको छ ।  यसैक्रममा नेपाल सरकारले आगामी जेठ १ बाट लागू हुने गरी हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेपछि यहाँको पर्यटन क्षेत्र उत्साहित भएको छ । आन्तरिक पर्यटकको चहलपहल बढ्ने र आर्थिक गतिविधिमा थप सहयोग पुग्ने विश्वास लिई यहाँका पर्यटन व्यवसायीले सरकारको यो निर्णयको स्वागत गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड–१९ का कारण प्रभावित भएको पर्यटन क्षेत्र केही चलायमान हुँदै आएको अवस्थामा हालै सरकारले गरेको सार्वजनिक बिदाको निर्णय स्वागतयोग्य भएको बताए । उनले भने, ‘पछिल्लो समय नेपाली समाजमा देश घुम्ने बानीको विकास भएको छ ।  यो निर्णयले कर्मचारीमा आफूसँगै पारिवारिक घुमघाम गर्ने अवसरसमेत प्रदान गर्नेछ ।’ उनले विश्वका करीब १०० बढी देशहरूमा यस खालको अभ्यास भएको जनाउँदै नेपालमा पनि यसले सकारात्मक नतिजा दिनेमा आफू आशावादी भएको बताए । कोभिडपछि धेरै पर्यटकले मानसिक र शारीरिक स्फूर्तिका लागि प्राकृतिक र शान्त स्थानहरूको खोजी गर्दै घुमघाममा निस्कने प्रचलन बढिरहेको जनाउँदै यो विदाले घुम्न चाहनेहरूका लागि थप उत्साह प्रदान गर्ने उनको भनाइ छ । पोखरा आन्तरिक पर्यटकको रोजाइको सहर पनि भएकाले बिदासँगै आन्तरिक पर्यटक र विशेषगरी पारिवारिक घुमघामका लागि पोखरा आउने पर्यटक बढ्न सक्ने उनको अनुमान छ । पोखरा होटल संघ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पनि सरकारको निर्णयले पर्यटन क्षेत्रका व्यवसायीलाई उत्साह थपेको बताए । उनले कोभिड पछाडि आन्तरिक पर्यटकका कारण नै पोखराको पर्यटन क्षेत्र चलायमान बन्दै गएको र अझ दुई दिन बिदाले पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पछिल्लो समय शैक्षिक भ्रमणका लागि पोखरामा स्कुल र कलेजका विद्यार्थी, सहकारीकर्मीलगायत विभिन्न क्षेत्रबाट पोखरा आउनेको संख्या बढिरहेको छ । कार्यालयको काममा व्यस्त हुनेहरूलाई दुई दिनको ‘रिफ्रेसमेन्ट’का लागि घुम्ने अवसर प्रदान गरेको छ ।’ सरकारले बिदासँगै देशभित्र घुमघाम गर्नका लागि पनि कर्मचारीहरूलाई प्रेरित गर्नुपर्ने सुझाव पनि उनले दिए । उनका अनुसार पोखराको लेकसाइड र ड्याम साइडमा पर्यटकीयस्तरका ७०० र पोखरा आसपास गरी १ हजार २०० पर्यटकीयस्तरका होटल छन् । यहाँका होटलको क्षमता ४० हजार बढी बेड संख्या छ । पर्यटकीय होटलमा करीब रू. चार खर्ब लगानी छ । पोखरामा पर्यटकको बसाइ औषत दुई दिन रहेको छ ।  त्यस्तै नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले देशदर्शन कार्यक्रम तथा हप्तामा दुई दिन बिदा दिने निर्णयले पर्यटन क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरे ।  आफूहरुले निकै पहिलेदेखि उठाइरहेको हप्तामा दुई दिन बिदालाई सरकारले सम्बोधन गरेको भन्दै यसलाई सकारात्मकरूपमा लिएको बताए । उनले भने, ‘बिदाले घुम्ने संस्कृतिमा विकास गर्छ, नाट्टाले यस विषयमा धेरै पहिलेदेखि नै विभिन्न फोरममा कुरा राख्दै आएको थियो, अहिले सरकारबाट निर्णय भएको छ र यसको प्रभावकारी कार्यान्वयनमा जोड दिन सकियो भने पर्यटन क्षेत्र थप चलायमान हुन्छ ।’ गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल गण्डकीका अध्यक्ष उदय सुवेदीले सार्वजनिक बिदाले नेपालको ग्रामीण पर्यटनमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । कामको चटारोबीच घुम्न निस्कँदा रमणीय प्राकृतिक स्थानको खोजी हुने त्यस ठाउँहरूमा रहेका घरवास (होमस्टे) मा पर्यटकको आगमन वृद्धि हुने उनको भनाइ छ । त्यसैगरी छोटा पदयात्रा प्रवर्द्धनमा पनि यस बिदाले सघाउ पुर्‍याउन सक्ने उनले विश्वास व्यक्त गरे । पोखराका विभिन्न १२ पर्यटनसम्बद्ध संघसंस्थाको छाता संगठन पोखरा पर्यटन परिषद्ले पनि यस निर्णयको स्वागत गर्दै विज्ञप्ति जारी गरेको छ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ दशमलव ३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम रहने निर्णण गरेको हो ।  यो बिदाका समयमा सरकारी कर्मचारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारी पनि पोखरा घुम्न आउलान् भन्ने आशामा पोखराका पर्यटन व्यवसायी देखिन्छन् । रासस

पोखराको लेकसाइडमा बढ्यो रात्रिकालीन व्यवसाय

कास्की  । पोखराको लेकसाइड चौबीसै घण्टा खुला भएपछि रात्रीकालीन व्यवसाय बढ्न थालेको छ । कोभिड–१९ को संक्रमणका कारण ठप्प भएको व्यवसायलाई चलायमान गराउन सरकारले पर्यटकीय क्षेत्रलाई चौबीसै घण्टा खुलाउन दिने निर्णयसँगै पोखराको लेकसाइड क्षेत्रको रात्रिकालीन व्यवसायमा चहलपहल बढेको हो । गत बुधवार सरकारले पर्यटकीय आवागमन बढी हुने पोखराको लेकसाइड, चितवनको सौराहा, काठमाडौंको ठमेल, दरबारमार्ग लगायत क्षेत्रमा रात्रिकालीन व्यवसाय चौबीसै घण्टा खुल्न दिने निर्णय गरेको थियो । प्रहरी प्रशासनको निर्देशनमा लेकसाइडका रात्रिकालीन व्यवसाय यसअघि राति १० बजेसम्म सञ्चालन हुँदै आएका थिए । रातिको समयमा पर्यटक रमाइरहेको बेला प्रहरीले व्यवसाय बन्द गराउँदा पर्यटक र व्यवसायी दुवैले विगतमा गुनासो गर्दै आएका थिए । दुई वर्षदेखि कोरोना संक्रमणले थला परेको व्यवसाय अब चलायमान हुने अपेक्षा पर्यटन व्यवसायीले गरेका छन् । कोरोना संक्रमण पहिले पर्यटक आगमन बढ्ने आशामा व्यवसायीले पर्यटन क्षेत्रमा ठूलो लागानी गरेका थिए । त्यसै समयमा कोरोना संक्रमण बढेसँगै पर्यटन क्षेत्र शिथिल बनेको थियो । अहिले कोरोनाको संक्रमण कम हुँदै गएको, कोभिडका सबै प्रतिबन्ध हटाइएको र पछिल्लो समय सरकारले चौबीसै घण्ट रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेकाले पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन् । स्थानीय पर्यटन व्यवसायी गोविन्द शर्माले सरकारको उक्त निर्णयले कोभिड प्रभावित पर्यटन उद्योगमा आशा जगाएको बताए । ‘कोरोना संक्रमणका कारण व्यवसाय ठप्प भयो । कोरोना संक्रमण कम भएर खोलिएको समयमा पनि आन्तरिक पर्यटक मात्र आए । आन्तरिक पर्यटकको भरमा व्यवसाय दिगो रूपमा चल्न सक्दैन,’ उनले भने, ‘अहिले कोरोना संक्रमण घटेको र रात्रिकालीन व्यवसाय बढ्ने भएकाले सम्बद्ध व्यवसायी उत्साहित भएका हुन् ।’ सरकारले ढिलै भए पनि पर्यटनमैत्री निर्णय गरेकाले नेपालको पर्यटन क्षेत्रका बारेमा सकारात्मक सन्देश जाने उनले बताए । उनका अनुसार व्यवसायीले विगतमा राति १० बज्न नपाउँदै होटल, रेष्टुराँ बन्द गराउँदै हिँड्ने प्रहरीबाट हैरानी बेहोर्दै आएका थिए । राति अबेरसम्म व्यवसाय खुल्न थालेपछि पोखरामा आन्तरिक तथा बाह्य पर्यटक उत्साहित देखिएका छन् । रात्रिकालीन व्यवसायमा होटल, लाउन्ज बार, डान्स क्लब, रेस्टुराँ, दोहोरी साँझलगायत पर्छन् । व्यवसायीको हितलाई ध्यानमा राख्दै चौबीसै घण्टा रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय सकारात्मक भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । लामो समयदेखि थला परेको पर्यटन व्यवसायको पुनरुत्थानमा समेत यसले टेवा पुग्ने विश्वास उनको छ । ‘चौबीसै घण्टा व्यवसाय खोल्दा दुई सिफ्टमा कर्मचारी आवश्यक पर्ने भएकाले थप रोजगारी सृजना हुन्छ । रोजगारीसँगै व्यवसायीको आम्दानी पनि बढ्छ,’ उनले भने । लामो समयदेखि व्यवसायीले लेकसाइडका व्यवसाय चौबीसै घण्टा खोल्नदिन माग गर्दै आएकोमा अहिले पूरा भएको उनको भनाइ छ ।

२४ सै घण्टा व्यवसाय खुलेपछि पोखराको लेकसाइडमा बढ्यो चहलपहल

चैत ७, कास्की । पोखराको लेकसाइड २४सै घण्टा खुल्ला भएपछि रात्रीकालीन व्यवसाय चम्कन थालेको छ । कोभिड–१९ को संक्रमणका कारण ठप्प भएको व्यवसायलाई चलायमान गराउन सरकारले पर्यटकीय क्षेत्रलाई २४ सै घण्टा खुल्ला गर्न दिने निर्णयसँगै पोखराको लेकसाइड क्षेत्रको रात्रीकालिन व्यवसायमा चहलपहल बढेको छ । सरकारले पर्यटकीय आवागमन बढी हुने पोखराको लेकसाइड, चितवनको सौराह, काठमाडौंको ठमेल र दरबारमार्ग लगायतका क्षेत्रलाई २४ सै घण्टा खुला गर्ने निर्णय गरेपछि खुलेका पर्यटकीय क्षेत्र गुल्जार बन्न थालेका हुन् । प्रहरी प्रशासनको निर्देशनमा लेकसाइडका व्यवसाय यसअघि राति १० बजेसम्म सञ्चालन हुँदै आएका थिए । रातीको समयमा पर्यटक रमाइ रहेको बेला प्रहरीले व्यवसाय बन्द गराउँदा पर्यटक र व्यवसायी दुवैले विगतमा गुनासो गर्दै आएका थिए । विगत दुई वर्षदेखि कोरोना संक्रमणले थला परेको व्यवसाय अव चलायमान होला की भन्ने आशामा   पर्यटन व्यवसायी पनि उत्साहित छन् । कोरोना संक्रमण पहिले पर्यटक आगनम उच्चरुपमा बढ्ने आशमा व्यवसायीले पर्यटन क्षेत्रमा ठूलो धनराशी लागानी गरेका थिए । त्यसै समयमा एकाएक कोरोना संक्रमण बढेसँगै सरकारले लकडाउन गरेकाले व्यवसयिक क्षेत्रमा सन्नाटा छाएको थियो । अब, विस्तारै संक्रमण कम हुँदै गएको र सरकारले केही समय पहिले निषेधाज्ञा हटाएकाले पनि पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने योजना बनाएको छ । सरकारको यो निर्णयपछि पोखराका पर्यटन व्यवसायी उत्साहित   भएका हुन् । पर्यटन व्यवसायी गोविन्द शर्माले सरकारले २४ सै घण्टा पर्यटकीय क्षेत्रमा व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेपछि थलापरेको पर्यटन उद्योगमा आश जगाएको बताए । उनी भन्छन्, ‘कोरोना संक्रमणका कारण व्यापारव्यवसाय ठप्प  भयो । कोरोना संक्रमण कम भएर खोलिएको समयमा पनि केही मात्रमा आन्तरिक पर्यटक मात्र आए । दुई वर्षदेखि बाह्यि पर्यटक आगमन ठप्पै छ । आन्तरिक पर्यटकको भरमा व्यवसाय चल्ने कुरै भएन । अब, कोरोना संक्रमण रोकिने र रात्रिकालिन व्यवसाय समेत फष्टाएको अवस्थामा व्यवसायीलाई राहत मिल्ने आशा गरेका छौं ।’ उनले विभिन्न देशमा पर्यटकीय क्षेत्र २४ सै घण्टा खुल्ला रहने भएपनि नेपालमा राती १० बजे व्यवसाय बन्द गर्नु पर्दा समस्या झेल्दै आएको बताए ।  उनले सरकारले ढिलै भएपनि पर्यटनमैत्री निर्णय गरेकोले नेपालको पर्यटन क्षेत्रका बारेमा सकारात्मक सन्देश जाने बताए । उनका अनुसार व्यवसायीले विगतमा राती १० बज्न नपाउँदै होटल, रेष्टुरेण्ट बन्द गराउँदै हिंड्ने प्रहरीबाट हैरानी व्योहोर्दै आएका थिए ।  यो निर्णयपछि पोखरालगायत आसपासको व्यवसायमा राम्रो प्रभाव पार्नेछ ।’  गत बुधवार सरकारले २४ सै घण्टा खोल्न दिन निर्णय गरेपछि लेकसाइड पनि राती अबेरसम्म खुल्न थालेको छ । त्यतिमात्र नभएर बेलुका अबेरसम्म व्यवसाय खुल्न थालेपछि आन्तरिक तथा बाह्यि पर्यटक रमाइरहेका छन् । रात्रिकालीन व्यवसायमा होटल, लाउन्ज, डान्स क्लब, रेस्टुरेन्ट, बार, दोहोरी साँझलगायत पर्छन् । व्यवसायीको हितलाई ध्यानमा राख्दै २४ सै घण्टा व्यवसाय खोल्न दिने निर्णय सकारात्मक भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । अध्यक्ष सुवेदीले लामोसमयदेखि थला परेको व्यवसाय विस्तारै तंग्रिने पनि बताए । उनले भने,‘२४ सै घण्टा व्यवसाय खोल्नु पर्ने भएकाले दुई सिफ्टमा कर्मचारी आवस्यक पर्ने भएकाले रोजगारी बढछ । रोजगारीसँगै व्यवसायीको आम्दानीसमेत बढ्छ ।’ लामो समयदेखि व्यवसायीले लेकसाइडका व्यवसाय २४ सै घण्टा खोल्नका लागि माग गर्दै आएकोमा अहिले पूरा भएको उनको भनाइ छ ।

कहिले उठ्ला पोखराको पर्यटन ?

साउन २७, कास्की । पर्यटकीय राजधानीको उपमा पाएको मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा यतिखेर सुनसान प्रायः देखिन्छ ।  राजधानी काठमाडौंपछि उल्लेख्य संख्यामा पर्यटक पुग्ने पोखराको पर्यटकीय गतिविधि सुस्त छ । सिजनमा दैनिक दुई हजार पर्यटक पुग्ने पोखरामा अहिले विदेशी पाहुना भेट्टाउनै मुस्किल छ ।  पर्यटकीय ‘सिजन’ होस् या ‘अफ सिजन’ जतिखेर पनि भरिभराउ र झकिझकाउ हुने पोखराको ताल क्षेत्र ‘लेकसाइड’ अहिले सुनसान छ । लेकसाइडका सडकमा न त विदेशी नागरिक देखिन्छन् न त नेपाली नागरिकहरुको हुल भेटिन्छ । कोभिड १९ का कारण झण्डै दुई वर्षयता पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । नेपाल आउने विदेशी पर्यटकमध्ये करीब ४० प्रतिशत पोखरा गन्तव्यमा पुग्छन् । यस क्षेत्रका व्यवसायी पलायन हुने अवस्थामा छन् भने पर्यटन क्षेत्रका मजदूरको रोजगारी जोखिममा परेको छ ।  बन्दाबन्दीपछि पोखराको पर्यटन बिस्तारै लयमा फर्कने तर्खरमा थियो व्यवसायीले आन्तरिक प्रवर्द्धनात्मक गतिविधि बढाए । मर्दी हिमाल पदयात्रा, धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा प्रवर्द्धनका कार्यक्रम गरिएको थियो ।  कोरोनाको दोस्रो लहरले यी सबै क्रियाकलापसमेत पुनः ठप्प बनेका छन् । कोभिडको दोस्रो लहरपछि पलाएको आशा पनि पुनः तेस्रो लहरको पूर्वसंकेतले पर्यटन क्षेत्रलाई त्रसित तुल्याएको छ । डलरे पर्यटक नहुँदा विदेशी मुद्रा आर्जनको आधारसमेत खुम्चिएको छ । पदयात्रा पर्यटनको ‘ट्रान्जिट प्वाइन्ट’ पोखरामा आन्तरिक पर्यटकले ५० प्रतिशत हिस्सा ओगट्ने गरेको छ । पर्यटनका लागि खोपको सुनिश्चितता पर्यटनलाई पुनः चलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै संघीय सरकारसँग खोपको सुनिश्चितताको माग गरिरहेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा कोरोनाविरुद्धको खोपको व्यवस्थाका लागि अभियान शुरु गरिएको छ ।  परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले आफूहरूलाई पहिलो चरणमा होटेल तथा रेष्टुरेन्टसहितका मजदुर एवम् व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको खोप तत्काल उपलब्ध गराउन सकिए पनि तत्कालका लागि पर्यटन बजारमा राम्रो सन्देश दिने बताए । पर्यटन व्यवसायी, मजदूर र कर्मचारीलाई खोपको सुनिश्चितता गराउन सकिए अहिले सुस्ताएको पर्यटनको दीर्घकालीन रुपमा सकारात्मक सन्देश जाने नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेलले बताए । पोखराको प्रतिष्ठित होटेल बाराहीका सञ्चालक पौडेलले कोभिड कहरले पोखराको पर्यटन उठ्नै नसक्ने गरी थला परेको भन्दै पर्यटनलाई चलायमान बनाउन खोपको सुनिश्चिततासँगै राज्यका तर्फबाट थप आर्थिक सहुलियतका प्याकेज आवश्यक भएको औँल्याए । ‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था व्यवसायी र मजदुरलाई मिलाइनुपर्छ, सरकारको मौद्रिक नीति तथा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले कसरी पर्यटनलाई उकास्ने भन्ने रणनीतिक कार्यक्रम सम्बोधन गर्न जरुरी छ,’ बोर्ड सदस्य पौडेलले भने । रासस