मुस्ताङका होटल खुले, मुक्तिनाथ मन्दिर खोल्ने तयारी

कोरोना भाइरसको जोखिम बढेपछि बन्द भएको हिमालपारिको जिल्ला मुस्ताङका होटल व्यवसायहरु बिहीबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । होटल व्यवसायी संघकै पहलमा मुक्तिनाथ मन्दिर तथा कागबेनीमा पनि सर्वसाधारणका लागि पूजाआजा खुला गर्नका लागि पहल शुरु भएको छ । बाहिरी जिल्लाबाट प्रवेश गर्नका लागि पनि स्थानीयको अनुमति बिना रोक लगाइएको अवस्थामा मुस्ताङमा अब भने सबैका लागि स्वास्थ्य मापदण्ड अपनाएर खुला गरिएको हो । विश्वभर फैलिएको कोरोना भाइरसको त्रासले गतवर्षको चैतदेखि बन्द रहेका मुस्ताङका होटलहरु बिहीबारदेखि खुल्ने निर्णय गरिएको होटल व्यवसायी संघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचनले बताउनुभयो । पर्यटकको लागि आकर्षक धार्मिक स्थल कागबेनी तथा मुक्तिनाथ जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बस्नका लागि रोक लगाइएको मुस्ताङमा अब होटल तथा रेष्टुरेन्टहरु खुला गरिएको अध्यक्ष तुलाचनले बताउनुभयो । कोरोना भाइरसको जोखिम बढेपछि गत चैतदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गर्न रोक लगाइएको मुस्ताङमा होटल सञ्चालन गर्ने सन्दर्भमा बुधबार व्यवसायीहरुको बैठकले निर्णय गरेको अध्यक्ष तुलाचनले बताउनुभयो । मुस्ताङ र कास्कीको घान्द्रुकका होटलहरु नखुल्दा म्याग्दीमा होटल तथा रेष्टुरेन्ट खुला गरेर बसेका व्यवसायीहरु मर्कामा परेका थिए । त्यस्तै कास्कीको घान्द्रुक क्षेत्रका र मुस्ताङका होटल बन्द हुँदा धवलागिरिभित्रका म्याग्दी, बागलुङ र पर्वतका ब्यवसाय समेत संकटमा परेपछि होटल ब्यवसायी संघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय म्याग्दीमार्फत ज्ञापनपत्र समेत बुझाएको होटल व्यवसायी संघ म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्यले बताउनुभयो । होटल व्यवसायी संघ मुस्ताङको बुधबारको बैठकले राज्यले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर होटल व्यवसाय सञ्चालन गर्ने, मुक्तिनाथ तथा कागबेनीमा पूजाआजाको लागि आग्रह गर्ने तथा अन्य जिल्ला एवम् आन्तरिक र बाह्य पर्यटकलाई मुस्ताङ आउन आग्रह गर्ने निर्णय गरेको होटल व्यवसायी संघ मुस्ताङका अध्यक्ष तुलाचनले बताउनुभयो । यस भन्दा पहिला मुस्ताङका होटल व्यवसायीले फागुन १ गते मात्र होटल खोल्ने निर्णय गरेका थिए । उक्त निर्णयपछि ट्रेकिङ एसोसियसन कास्की, होटल व्यवसायी संघ म्याग्दी लगायतले पटकपटक गरेको आग्रह एवं प्रशासनको आग्रहलाई ध्यानमा राख्दै होटल खुलाउन माग गरेकाे छ ।

सम्बन्धित सामग्री

मुक्तिनाथ मन्दिर जान सिँढी निर्माण

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिर जान निर्माण गरिएको सिँढी । सिँढी निर्माण गरिएपछि भक्तजनलाई मन्दिरसम्म पुग्न सहज भएको छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस

सिँढी बनेपछि मुक्तिनाथ मन्दिर पुग्न सहज

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिर जान निर्माण गरिएको सिँढी । सिँढी निर्माण गरिएपछि भक्तजनलाई मन्दिरसम्म पुग्न सहज भएको छ । तस्वीर : कृष्ण न्यौपाने/ रासस

मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात (फोटो फिचर)

काठमाडौं :  हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात भएको छ। मुक्तिनाथ मन्दिर भन्दा माथिको पहाड क्षेत्रमा हिउँ परेको हो ।मुक्तिनाथका होटल अन्नपुर्ण इनका सञ्चालक अमृत सुवेदीका अनुसार मुक्तिनाथ मन्दिर भन्दा माथिल्लो भेकमा हिजो बेलुका देखि हिउँ परेको छ। मुक्तिनाथ दर्शनकालागि आएका पर्यटकहरु हिउँ परेकोदेखेर उत्साहीत भएको सञ्चालक सुवेदीले बताए। यस वर्ष गत हप्ता पानी पर्ने क्रममा सामान्य हिमपात भए पनि आइतबार अलिक बाक्लो हिउँ परेको सुवेदीको भनाइ छ।मुस्ताङका प्रमुख ज

मुस्ताङको मुक्तिनाथ मन्दिर पाँच महिनापछि खुल्यो

म्याग्दी – कोरोना भाइरस सङ्क्रमणको कारण पाँच महिनादेखि बन्द मुस्ताङको मुक्तिनाथ मन्दिर आजदेखि खुलेको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डीसीएमसी) मुस्ताङको निर्णयअनुसार मन्दिर खुला गरिएको हो ।  हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारण तथा भक्तजनहरुका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।  गएको वैशाख महिनादेखि बन्द मुक्तिनाथ मन्दिर डीसीएमसी र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयपछि खुलेको हो ।  मुक्तिनाथ मन्दिर विकास ...

खुल्यो मुक्तिनाथ मन्दिर

मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ।

दर्शनका लागि मुक्तिनाथ मन्दिर आइतबारदेखि खुला गरिने

७ असोज, काठमाडौं । आगामी आइतबार (१० असोज) देखि मुक्तिनाथ मन्दिर दर्शन खुला हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको महामारी फैलिएसँगै मुक्तिनाथ दर्शन बन्द भएको थियो । नजिकिएको दशैंमा आउने दर्शनार्थीलाई लक्षित गरी स्थानीय प्रशासनले मन्दिर खुला गर्ने निर्णय गरेको हो । तर, जिल्लामा प्रवेश गर्ने […]

मुक्तिनाथ मन्दिर आइतबारदेखि खुल्ने

कोरोना भाइरस संक्रमणको त्रासले झन्डै ६ महिनादेखि बन्द रहेको हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर आगामि आइतबारदेखि खुल्ने भएको छ । मन्दिर खुलेपछि पर्यटकीय गतिविधि बढ्ने विश्वास पोखराका पर्यटन व्यवसायीको छ ।...

असोज १० गतेदेखि मुक्तिनाथ मन्दिर खुल्ला हुने

हिमालपारिको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुने । तस्वीर : निरज थकाली /रासस

मुक्तिनाथ मन्दिर ६ महिना पछि सर्वसाधारणका लागि  खुल्दै

कोभिड –१९ को संक्रमण बढेपछि सरकारले गत बैशाखमा निषेधाज्ञा लगाएसँगै बन्द रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारणका लागि खुला हुने भएको छ । हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको हो ।कोरोना महामारी पछि गत वैशाखदेखि बन्द रहेको मन्दिर सर्वसाधारणका लागि पूजा पाठका लागि खुला गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । उनले मंगलबार मुस्ताङमा बसेको कोभिड–१९ संकट व्यवस्थापन स

मुक्तिनाथ मन्दिर वैशाख मसान्तसम्म बन्द हुने

प्रसिद्ध धार्मिक गन्तव्य मुस्ताङको मुक्तिनाथ मन्दिर वैशाख मसान्तसम्म बन्द हुने भएको छ