चीनलाई चुनौती दिने ‘विद्रोही’ अर्बपति

बीबीसी। १२ वर्षको उमेरमा चीन छाडेर हङकङ पुगेका अर्बपति जिम्मी लाई चिनियाँ कम्युनिस्ट पार्टीको घोर आलोचक हुन्। ७३ वर्षीय उनलाई गत वर्ष लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको भन्दै शुक्रबार १४ महिना जेल सजाय सुनाइएको थियो। चीन सरकारको निरन्तर आलोचना गर्दै आएका व्यवसायी लाईमाथि थुप्रैपटक सजायको घोषणा गरिसकिएको छ। फेबु्रअरीदेखि हिरासतमा रहेका उनलाई हङकङ सरकारले विभिन्न छवटा आरोप लगाएको छ।

सम्बन्धित सामग्री

मस्कले लिन्डा याकारिनोलाई बनाए ट्विटरको नयाँ सीईओ

काठमाडौं । अमेरिकी अर्बपति व्यापारी एलन मस्कले माइक्रोब्लगिङ वेबसाइट ट्विटर (Twitter) किनेको ६ महीना पछि बल्ल  कम्पनीका  लागि नयाँ कार्यकारी अधिकारी छानेका छन् । उनले एनबीसीयुनिभर्सलको विज्ञापन विभागकी पूर्व प्रमुख लिन्डा याकारिनोलाई सीईओ बनाएका छन् । लिन्डाले उक्त कम्पनीमा सीमापार व्यवसाय हेर्थिन । याकारिनोले ६ हप्तामा कम्पनीको नेतृत्व सम्हाल्ने मस्कले बताएका छन् ।  मस्क भने कम्पनीका कार्यकारी अध्यक्ष र प्रमुख प्रविधि अधिकारीका रुपमा रहिरहनेछन् । लिन्डाको आगमनले कम्पनीमा व्यापक परिवर्तन आउने आशा मस्कले गरेका छन् । अघिल्लो दिन मस्कले कम्पनीका लागि नयाँ सीईओ भेट्टाएको भनेर ट्विट गरेपछि पहिचान भने गोप्य राखेका थिए । मस्कले गएको वर्ष ४४ अर्ब डलरमा ट्विटर किनेका थिए । कम्पनीको बागडोर सम्हाल्ने योग्य व्यक्ति खोजेर आफ्नो समय र ध्यान विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला (Tesla) लगायत अन्य व्यवसायमा लगाउन उनीमाथि निकै दबाब थियो ।  फोच्र्यून ५०० (Fortune 500) मा परेका कम्पनीहरुमध्ये १० प्रतिशतलाई पनि महिलाले चलाउँछन् । याकारिनो प्रमुख प्रविधि कम्पनी चलाउने त्यही सीमित महिलाहरुको सूचिमा मिसिएकी छिन् । उनले यस अघि अमेरिकाका केही ठूला सञ्चार कम्पनीहरु चलाइसकेकी छिन् ।  अहिले मस्कलाई ट्विटर चलाउन याकारिनो  जस्तै व्यक्तिको खाँचो रहेको विश्लेषकहरुले बताइरहेकी छिन् । उनको मोलमलाई शैलीकै कारण याकारिनोलाई भेल्भेट ह्यामर नामक दिइएको छ । यद्यपि, कम्पनी चलाउनलाई उनलाई सजिलो भने हुने छैन । उनीसामु ट्विटरलाई मुनाफापट्टी फर्काउन, गलत सूचना अनि घृणा फैलाउने अभिव्यक्तिहरु फैलिनबाट रोक्ने जस्तो अनेकौं चुनौती छ । मस्कले ट्विटरका लागि नयाँ सीईओ खोजेको खबरले टेस्लाको शेयर बढेको छ । एजेन्सी

आईपीएलका खेलहरू निःशुल्क देखाएर विज्ञापनबाट अर्बाैं कमाउने दाउमा मुकेश अम्बानी

काठमाडौं । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीले इन्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू निःशुल्क देखाउने तयारी गरेका छन् । वाल्ट डिज्नी र एमाजन डटकमलाई चुनौती दिन अम्बानीले यस्तो योजना बनाइरहेको भन्दै स्थानीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । यस्तो भए आईपीएल हेर्न सब्सक्रिप्शन शुल्क तिर्नु पर्ने छैन ।  गएको वर्ष मात्रै अम्बानीको भायकम १८ ले सोनी कर्पोरेशनलाई पछाडि पार्दै २ खर्ब २० अर्ब भारतीय रुपया (२ अर्ब ७० करोड डलर)मा आईपीएलको मिडिया राइट्स किनेको थियो । भायकम १८ रिलायन्स इन्डष्ट्रिज र पारामल ग्लोबको ज्वाइन्ट भेञ्चर हो । ठूला स्ट्रिमिङ कम्पनीहरूलाई टक्कर दिनका लागि अम्बानीले यस्तो कदम चाल्न लागेको विश्लेषणहरू आइरहेका छन् । यसअघि आईपीएलको मिडिया राइट्स डिज्नीले किनेको थियो । डिज्नीले यो राइट्सलाई आफ्नो सब्सक्राइबर संख्या बढाउन प्रयोग गरेको थियो । तर, अम्बानीले यसलाई फरकरूपमा प्रयोग गर्दैछन् । पेड प्रडक्टभन्दा फ्रि सर्भिसहरूले भारतमा विज्ञापनमा धेरै कमाउने गरेको तथ्यांक छ ।  निःशुल्क आईपीएल देखाएर विज्ञापनको माध्यमबाट अर्बौं भारतीय रुपया कमाउने अम्बानीको दाउ छ । आईपीएलको निःशुल्क प्रशारण भए पनि इन्टरेटको खपत बढ्नेछ । यसले रिलायन्स जियोलाई फाइदा हुनेछ । अहिले जियोमा ५० करोड भन्दा धेरै प्रयोगकर्ता छन् । भायकम १८ का प्रयोगकर्ताहरूले इन्टरनेट चल्ने हरेक उपकरणमा बिना समय सीमा आईपीएल हेर्न पाउने बताइएको छ । आईपीएलको प्रसारण निःशुल्क बनाएर धेरैभन्दा धेरै दर्शकलाई तान्ने योजना पनि कम्पनीको छ । आईपीएल विश्वमा सबैभन्दा धेरैले हेर्ने खेल प्रतियोगितामा पर्दछ । आईपीएल मार्च ३१ मा शुरु हुनेछ । रिलायन्सले प्रतिस्पर्धात्मक मूल्यभन्दा कममा इन्टरनेट सेवा उपलब्ध गराएर भारतको इन्टरनेट उद्योगमा नयाँ क्रान्ति ल्याएको थियो । पाँच वर्षसम्म आईपीएलको मिडिया राइट्स सित्तैमा देखाएर भायकम १८ ले पैसा कमाउने अनुमान गरिएको छ । झन्डै ८ हप्तासम्म चल्ने आईपीएल ५५ करोड मानिसले हेर्ने अनुमान छ । एजेन्सी

म्याद सकिनुअगावै अदानीले किन गर्न लागेका छन् ऋण चुक्ता ?

काठमाडौं । भारतीय अर्बपति गौतम अदानीले समयअगावै ऋण चुक्ता गर्ने भएका छन् । भारतको आर्थिक पत्रिका बिजनेश स्टयान्डर्डको समाचार अनुसार अदानी समहका प्रवर्द्धकहरूले २०२४ सेप्टेम्बरसम्म म्याद रहेको ऋणको भुक्तानी अहिले नै गर्ने भएका हुन् । अब अदानी पोर्टस, अदानी ट्रान्समिसन र अदानी गीन इनर्जीको धितोमा राखिएको शेयर पनि निष्कासन गरिनेछ । अदानी पोर्टसको १६ कोड ८० लाख, अदानी गीन इनर्जीको २ करोड ७० लाख र अदानी ट्रान्समिसनको करीब १ करोड १० लाख कित्ता शेयर धितोमा छ । यी सबै शेयर धितोबाट निकालिने कम्पनीको भनाइ छ ।  यी शेयरहरू धितोमा राखेर अदानी समूहले झन्डै ९० अर्ब भारतीय रुपया (१ ऋर्ब ११ करोड डलर) ऋण लिएको छ । शेयरमा हेरफेर र वित्तीय अनियमितताको आरोपका कारण कम्पनीको विश्वासमा डगमगाएकै समयमा समूहले यस्तो कदम चाल्न लागेको छ ।  समूहमा वित्तीय संसाधनको अभाव नरहेको अनि लगानीकर्ता र बजारमा आफूप्रतिको विश्वास र भरोसा कायम होस् भनेर अदानीले भाका बाँकी नै छँदा ऋण तिर्न लागेको बताइएको छ । जनवरी २४ मा अमेरिकी शर्ट सेलर कम्पनी हिन्डेनबर्गको प्रतिवेदन सार्वजनिक भएयता अदानी समूहको आर्थिक चुनौती चुलिएको छ । समूहका कम्पनीका शेयर मूल्य ओरालो लागेको छ, क्रेडिट सुसीजस्ता विदेशी वित्तीय कम्पनीहरूले अदानी समूहको ऋणपत्रमा कर्जा दिन बन्द गरेको छ । रिपोर्ट आउनुअघि २ खर्ब २० अर्ब रहेको अदानी समूहका कम्पनीको बजार पूँजीकरण अहिले आधामा झरेको छ । एजेन्सी

अनुभवी त्रिपाठीलाई अर्बपति चौधरी चुनौती

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपालका एक मात्र अर्बपति विनोद चौधरी पनि प्रतिस्पर्धामा छन्।

लन मस्कको चुनौती– टीभीमै रेडियोधर्मी विकीरण भएको स्थानको खाना खाइदिन्छु

न्युयोर्क । विश्वकै धनी अर्बपति एलन मस्कले युरोपलाई अहिले निष्क्रिय अवस्थामा रहेका आणविक ऊर्जा भट्टीहरू फेरि सञ्चालनमा ल्याएर थप ऊर्जा उत्पादन गर्न आह्वान गरेका छन् ।  यसबारे मानिसहरूले रेडियोधर्मी विकीरणको खतराबारे प्रतिक्रिया जनाउँदै आफूले उच्च विकीरणको खतरा रहेको स्थानमा गएर उत्पादिन खाना टेलिभिजनमा नै खाएर देखाउने दाबी गरेको छन् ।  उनले आफूले यसअघि...

जापानी अर्बपतिले युक्रेनलाई दिए १ अर्ब

१५ फागुन, काठमाडौं । जापानका एक अर्बपतिले रुससँग लडिरहेको युक्रेनलाई १ अर्बभन्दा बढी रकम दान गरेका छन् । आइतबार जापानी अर्बपति हिरोशी ‘मिकी’ मिकितानीले एक पत्रमार्फत् युक्रेनको सरकारलाई ८७ लाख अमेरिकी डलर (एक अर्ब ४४ करोड नेपाली रुपैयाँ) दान गर्ने घोषणा गरेका हुन् । उनले रुसी आक्रमण ‘लोकतन्त्रका लागि चुनौती भएको पनि बताएका छन् । […]

कमाइ दिन सक्ने सरल व्यवसायहरू

ज्यादै धनी बन्ने लोभमा दौडनुभन्दा ठिक्क धनी बन्ने उपाय खोज्नुलाई व्यवसायको सरल तरीका भनिन्छ । यस्ता व्यवसायीले जीवनका आधारभूत चीजसँग सम्बद्ध व्यापारलाई ध्यान दिन्छन् । यसबाट चामत्कारिक आम्दानी नभए पनि खान नपाएर भोकै बस्नुपर्ने अवस्था आउँदैन । जस्तै राजमार्गका होटेलमा कोही न कोही खान, वास बस्न वा चिया पिउन आउँछ नै । त्यसैले मानिस हिँडडुल गर्ने ठाउँमा होटेलहरू खोलेका मानिसहरू अर्बपति नहोलान् तर आनन्दसँग जीवन बिताउन सक्छन् । त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालको बाहिर बूढानीलकण्ठ जाने सडकको सटरमा एकजना पाल्पाका व्यवसायीले होटेल राखेका छन् । मुख्य सडक छ तर अस्पतालबाट अलि टाढै छ । उनले त्यो त्यहाँ महीनामा ६५ हजार भाडा तिर्ने रहेछन् । बिहानदेखि रातिसम्म उनी व्यस्त रहेको देखिन्छ । मानिसहरू रोटी, भात, माछामासु, जाडोमा हल्का मदिरासमेत खान आइरहने उनको व्यापार चलिरहेको देखिन्छ । यसरी सडक, अस्पताल, बैंक, क्याम्पस नजिकका खाजा पसलेहरूले ठूलो परिवर्तन गर्न नसके पनि पैसा ठीकै कमाएका रहेछन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । अस्पतालभित्रको पसलमा नभएको औषधि बेच्ने त्यहाँ वरिपरिका अन्य निजी पसलमा धेरै ग्राहक झुम्मिएको देखिन्छ । त्यसैले जुन ठाउँमा जुन प्रकृतिका ग्राहक आउँछन् त्यस ठाउँमा सोही प्रकृतिको व्यापारमा हात हालेर त्यस क्षेत्रमा बढी ग्राहकमुखी भएर लाग्न सक्ने लगानीकर्ता असफल नहुने देखिन्छ । व्यावसायिक सोच बनाउँदा सरल र परम्परागत रूपमा चलिरहेका व्यवसायमा जीवन निर्वाह सहज देखिन्छ । उतारचढाव त व्यापारमा हुँदै हुँदैन भन्न सकिँदैन । केही वर्ष अगाडिसम्म हात खाली नहुने ओम अस्पताल अगाडिका औषधि, फलफूल र होटेलजस्ता पसलहरू यही मङ्सिर १३ गते साँझ सुनसान देखिए, त्यसैगरी पुलको साइडमा टेक्सीको लाइन बाक्लो हुन्थ्यो अहिले हेर्दा ज्यादै नै पातलो छ । त्यहाँका एक जना फलफूल पसलेलाई अहिले पहिलाजस्तो चमक छैन नि भनी सोध्दा, जवाफ आयो अहिले व्यापार घटेको छ । यसको कारण बारेमा अलि गहिरिएर सोधखोज गर्दा एक जना अलि बढी नाम चलेका डाक्टरले ओम छोडेपछि अन्य सहायक व्यवसायमा पनि ग्राहक घटेको बुझियो । बाह्य वातावरणले अवसर सृजना गर्दा चल्ने वा चुनौती थपिएमा नचल्ने अवस्था नआओस् भन्ने चाहने हो भने आफ्नै क्षमताले ग्राहक तान्न सकिने व्यवसायमा ध्यान दिनुपर्छ । आफ्नै कला, शीप, व्यावहारिकताको माध्यमबाट ग्राहक तान्ने गरी व्यवसाय सञ्चालन गर्नु ज्यादै राम्रो हो । सकेसम्म स्थान राम्रो भयो र आफ्नै तरीकाबाट ग्राहक तान्न सकियो भने, यो नै दिगो र ख्याति कमाउनलायक तरीका हो । थोरै पैसा हुनेले सकेसम्म स्थिर प्रकृतिका व्यापारमा लगानी गरौँ । जस्तै, दाल चामल, तेल, इन्धन आदि । यस्तो सामानको मोडल छिटोछिटो परिवर्तन हुँदैन । मानिसलाई त्यो चिज आवश्यक भइरहन्छ । जस्तै हामी सानो हुँदा कोकाकोला जस्तो थियो, अहिले पनि उस्तै छ र त्यत्तिकै बिकेको छ, मोटर–साइकल र हेलमेट पनि । यस्तै परिवर्तनको दर कम भएका व्यवसायहरूमा कमाउन र टिक्न सकिन्छ । इँटाहरू युगौंदेखि चारपाटे छन् र व्यापारीहरूले मज्जाले घर ठड्याएकै छन् । त्यसैले छिटोछिटो फेशन नफेरिने व्यवसायको खोजी गराैं । अनेक सत्तोसराप गरिए तापनि विश्वमा मदिरा र बियरको व्यापार घटेको छैन, वेदमा समेत मुक्तकण्ठले वाचन गरिने सोमरस बेचेर नेपालले गएको वर्ष २०७७÷७८ मदिराबाट रू. २५ अर्ब ३२ करोड, बियरबाट रू. २१ अर्ब र सिगरेट बिँडी (टोबाको)बाट रू. २० अर्ब अन्तःशुल्क उठाएको कुरा आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा लेखिएको छ औद्योगिक उत्पादनबाट रू. १५ अर्ब ८० करोडमात्र अन्तःशुल्क उठेको छ । यसको अर्थ मदिराको व्यापारमा फेशन परिवर्तनको मार कम देखिएको छ र व्यापार पनि बढेकै छ । शेयरबजारमा जसरी नेप्से घटेका बेलामा शेयर किन्ने गरिन्छ त्यसैगरी अन्य व्यवसाय गर्नेले पनि सकेसम्म चलिरहेको व्यवसाय खरीद गरेर त्यसलाई अलिकति फरक व्यवस्थापनका साथ चलाउने तरीका अपनाउनु पनि व्यवसायको सरल तरीका हो । कहिलेकाहीँ धैर्य गुमाएका कारोबारीले सस्तोमा विक्री गर्न लागेका व्यवसाय खरीद गरी नयाँ तरीकाले सञ्चालन गर्ने सोच पनि व्यवसायमा अगाडि बढ्ने उपाय हो । शीपमूलक काम जससँग प्रतिस्पर्धा गर्ने तागत अरू कसैसँग नहोस् वा निकै कमसँग होस् त्यस्तो व्यवसाय छान्नु बढी सहज हुन्छ । मर्मतमूलक कार्य जस्तै मोबाइल, ल्यापटप, टिभी, मोटरसाइकल आदिको विक्री पनि हुन्छ र मर्मतबाट दैनिक घरखर्च, बच्चाबच्चीको विद्यालय शुल्क पनि उठाउन सकिन्छ । यी सबै क्षेत्र चमत्कारका क्षेत्र नभए पनि उद्यमीलाई टिकाउने व्यावसायिक क्षेत्र हुन् । व्यवसाय जागीर होइन, जसमा निश्चित तलब होस् । यो भाग्यको खेल पनि होइन, जसमा अकस्मात् चिट्ठा ( लटरी) परोस् । त्यसैले यसमा सफल हुनका लागि निरन्तर मेहनत र ग्राहकसँग एकनासको व्यवहार गर्नुपर्छ । ग्राहक बढाउनु भनेको विश्वासको वातावरण कायम गर्दै मूल्य र गुणस्तरमा सन्तुलन बनाउनु हो । बजार बनाउने हो, ग्राहक सृजना गर्ने हो । बनीबनाउ सफलताका सूत्रहरू कतै पनि भेटिँदैन । अवसर खोज्दै र चुनौतीलाई परास्त गर्दै अगाडि बढ्ने हो । जुन व्यवसायमा सरलता छ, त्यहाँ टिकाउपन हुन्छ । त्यसैले सरल र सम्भावना भएका व्यवसाय रोजाैं । धेरै ठूला सपनामा रम्नुभन्दा टिक्ने र बिक्ने व्यवसायलाई बिस्तारै वृद्धि र विविधीकरण गर्ने उपायबाट प्रगति गर्दै जानुपर्छ । नेपालमा व्यवसायको वातावरण छैन, बजार सानो छ भन्नेजस्ता बहानाबाजी बनाउनुभन्दा हुने र सक्ने काममा लगानी गर्दै जानुपर्छ । शेयरबजार र अन्य व्यवसायमा फरक छ । त्यो के भने शेयरमा लगानीकर्ताको नियन्त्रण हँुदैन । तर, अन्य उद्यम, व्यवसायमा लगानीकर्ताकै नियन्त्रण हुन्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।