आईपीएलका खेलहरू निःशुल्क देखाएर विज्ञापनबाट अर्बाैं कमाउने दाउमा मुकेश अम्बानी

काठमाडौं । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीले इन्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू निःशुल्क देखाउने तयारी गरेका छन् । वाल्ट डिज्नी र एमाजन डटकमलाई चुनौती दिन अम्बानीले यस्तो योजना बनाइरहेको भन्दै स्थानीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । यस्तो भए आईपीएल हेर्न सब्सक्रिप्शन शुल्क तिर्नु पर्ने छैन ।  गएको वर्ष मात्रै अम्बानीको भायकम १८ ले सोनी कर्पोरेशनलाई पछाडि पार्दै २ खर्ब २० अर्ब भारतीय रुपया (२ अर्ब ७० करोड डलर)मा आईपीएलको मिडिया राइट्स किनेको थियो । भायकम १८ रिलायन्स इन्डष्ट्रिज र पारामल ग्लोबको ज्वाइन्ट भेञ्चर हो । ठूला स्ट्रिमिङ कम्पनीहरूलाई टक्कर दिनका लागि अम्बानीले यस्तो कदम चाल्न लागेको विश्लेषणहरू आइरहेका छन् । यसअघि आईपीएलको मिडिया राइट्स डिज्नीले किनेको थियो । डिज्नीले यो राइट्सलाई आफ्नो सब्सक्राइबर संख्या बढाउन प्रयोग गरेको थियो । तर, अम्बानीले यसलाई फरकरूपमा प्रयोग गर्दैछन् । पेड प्रडक्टभन्दा फ्रि सर्भिसहरूले भारतमा विज्ञापनमा धेरै कमाउने गरेको तथ्यांक छ ।  निःशुल्क आईपीएल देखाएर विज्ञापनको माध्यमबाट अर्बौं भारतीय रुपया कमाउने अम्बानीको दाउ छ । आईपीएलको निःशुल्क प्रशारण भए पनि इन्टरेटको खपत बढ्नेछ । यसले रिलायन्स जियोलाई फाइदा हुनेछ । अहिले जियोमा ५० करोड भन्दा धेरै प्रयोगकर्ता छन् । भायकम १८ का प्रयोगकर्ताहरूले इन्टरनेट चल्ने हरेक उपकरणमा बिना समय सीमा आईपीएल हेर्न पाउने बताइएको छ । आईपीएलको प्रसारण निःशुल्क बनाएर धेरैभन्दा धेरै दर्शकलाई तान्ने योजना पनि कम्पनीको छ । आईपीएल विश्वमा सबैभन्दा धेरैले हेर्ने खेल प्रतियोगितामा पर्दछ । आईपीएल मार्च ३१ मा शुरु हुनेछ । रिलायन्सले प्रतिस्पर्धात्मक मूल्यभन्दा कममा इन्टरनेट सेवा उपलब्ध गराएर भारतको इन्टरनेट उद्योगमा नयाँ क्रान्ति ल्याएको थियो । पाँच वर्षसम्म आईपीएलको मिडिया राइट्स सित्तैमा देखाएर भायकम १८ ले पैसा कमाउने अनुमान गरिएको छ । झन्डै ८ हप्तासम्म चल्ने आईपीएल ५५ करोड मानिसले हेर्ने अनुमान छ । एजेन्सी

सम्बन्धित सामग्री

मुकेश अम्बानीका ड्राइभरको तलब कति ?

भारतीय अर्बपति मुकेश अम्बानी फोब्र्सको रियल–टाइम बिलिनियर्स इन्डेक्सअनुसार ७ अर्ब डलरका मालिक हुन् । तर, धेरैलाई उत्सुकता हुन सक्छ, यी धनाढ्य व्यक्तिका ड्राइभरको तलब भने कति होला ?  अम्बानीका ड्राइभरको तलब सुन्दा...

मुकेश अम्बानी लिभरपुल क्लब किन्ने दाैडमा - रिपाेर्ट

विश्वका आठौँ धनी व्यक्ति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले इङ्लिस प्रिमियर लिगको क्लब किन्ने तयारी गरेको खबर सार्वजनिक भएको छ । अम्बानीले फेनवे स्पोर्ट्स ग्रुपले सञ्चालन गर्दै आएकाे क्लब लिभरपुल चार अर्ब युरोमा किन्ने तयारी गरेका बेलायती रिपोर्टहरूलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ । तर यसको पुष्टि भने हुन सकेको छैन । सन् २०१० देखि क्लब सम्हालेको फेनवेले यसै हप्ताको सुरुमा धेरैलाई चकित पार्दै क्लब बिक्रीका लागि खुला रहेको जनाएको थियो । अम्बानीले लिभरपुल किन्न सक्ने खबरले फुटबल क्षेत्रमा नयाँ तरङ्ग ल्...

लिभरपुल किन्ने होडमा भारतीय अर्बपति मुकेश अम्बानी

२७ कात्तिक, काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानी विश्व चर्तित इंग्लिस क्लब लिभरपुल किन्ने होडमा देखिएका छन् । इंग्लिस सञ्चारमाध्यम ‘द मिरर’का अनुसार मुकेश अम्बानीले लिभरपुल किन्ने इच्छा देखाएका हुन् । प्रिमियर लिग महारथी क्लबका हालका मालिक फेनवे स्पोर्ट्स ग्रुप ९एफएसजी० ले लिभरपुललाई बिक्रीमा राखेपछि क्लब किन्ने होडमा अम्बानी पनि अघि सरेका हुन् । एफएसजीले […]

अनि मुकेश अम्बानी व्यवसायमा लागे

अंग्रेजीमा एउटा भनाइ छ– ‘प्रत्येक सफल व्यक्तिको पछाडि कुनै न कुनै पीडादायी कथा हुन्छ ।’ यसो सोचौँ त, यो हाम्रै जीवन, हाम्रै वरपर पनि लागू भइरहेको हुन सक्छ । जुन कुरा एसियाका...

एशियाको सर्वाधिक धनाढ्यमा पुनः मुकेश अम्बानीको फिर्ती

भारतको सर्वाधिक धनाढ्य व्यक्तिको दौड पछिल्लो समय झनै रोचक बन्दै गएको छ । सेयर बजारको हिसाबमा कहिले मुकेश अम्बानी त कहिले गौतम अडानी अगाडि देखिएका छन् । विगतका दिनहरुमा भारतमात्रै होइन एसियाकै सर्वाधिक धनी व्यक्तिको दर्जा पाएपछि गौतम अडानी पुनः मुकेश अम्बानीभन्दा पछि परेका छन् ।यद्यपि यी दुईबीच सम्पत्तिको अन्तर यति कम छ कि यो सूची कुनै पनि बेला फेरिन सक्छ ।दुबै सूचिमा अडानी भन्दा अगाडि अम्बानीःफोब्र्सको रियल टाइम र ब्लूमबर्गको सूचीमा मुकेश अम्बानी, भारतसमेत एसियाकै धनाढ्यको सूचीमा फर्किएका

'१ खर्ब डलरको क्लब'मा भारतीय धनाढ्य मुकेश अम्बानी

एसियाकै धनाढ्य भारतीय उद्यमी मुकेश अम्बानी विश्वको १ खर्ब डलर (१०० अर्ब)सम्पत्ति हुनेहरूको क्लबमा प्रवेश गरेका छन्।

खर्बपतिको सूचीमा उक्लिए मुकेश अम्बानी

असोज २४, नयाँदिल्ली (भारत) । भारतीय व्यापारी मुकेश अम्बानी विश्वका खर्बपतिहरुको सूचीमा परेका छन् ।  एशियाकै सबैभन्दा धनी व्यक्ति अम्बानी ब्लुम्बर्गको अर्बपतिहरुको सूचीमा खर्बपति क्लबमा उक्लिएका हुुन् । यो सूचीमा पर्ने व्यक्तिको नेटवर्थ कम्तिमा पनि १ खर्ब डलर छ ।  ब्लुम्बबर्ग बिलेनियर इन्डेक्स अनुसार अम्बानीको नेटवर्थ १ खर्ब ६ अर्ब डलर रहेको छ । यस वर्षको अहिलेसम्मको अवधिमा उनको सम्पत्ति २३ अर्ब ८० करोड डलरले बढिसकेको छ ।  सो सूचीमा ११ जना व्यापारी रहेका छन् । यसमा अम्बानी सबैभन्दा पुछारमा छन् । सूचीको शीर्ष स्थानमा २ खर्ब २२ अर्ब नेटवर्थसहित अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको सीईओ एलन मस्क छन् ।  दोस्रो स्थानमा १ खर्ब ९० अर्ब ८० करोड नेटवर्थ सहित जेफ बेजोस छन् । यस सूचीमा रहेका अन्य व्यक्तिहरुमा बर्नार्ड आर्नल्ट, बिल गेट्स, ल्यारी पेज, मार्क जुकरबर्ग, सेर्गे ब्रिन, स्टिभ बाल्भर र वारेन बफेट छन् । एजेन्सी

मुकेश अम्बानी खल्तीमा कति पैसा बोकेर हिड्छन् ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।