काठमाडौं । भारतीय अर्बपति गौतम अदानीले समयअगावै ऋण चुक्ता गर्ने भएका छन् । भारतको आर्थिक पत्रिका बिजनेश स्टयान्डर्डको समाचार अनुसार अदानी समहका प्रवर्द्धकहरूले २०२४ सेप्टेम्बरसम्म म्याद रहेको ऋणको भुक्तानी अहिले नै गर्ने भएका हुन् ।
अब अदानी पोर्टस, अदानी ट्रान्समिसन र अदानी गीन इनर्जीको धितोमा राखिएको शेयर पनि निष्कासन गरिनेछ । अदानी पोर्टसको १६ कोड ८० लाख, अदानी गीन इनर्जीको २ करोड ७० लाख र अदानी ट्रान्समिसनको करीब १ करोड १० लाख कित्ता शेयर धितोमा छ । यी सबै शेयर धितोबाट निकालिने कम्पनीको भनाइ छ ।
यी शेयरहरू धितोमा राखेर अदानी समूहले झन्डै ९० अर्ब भारतीय रुपया (१ ऋर्ब ११ करोड डलर) ऋण लिएको छ । शेयरमा हेरफेर र वित्तीय अनियमितताको आरोपका कारण कम्पनीको विश्वासमा डगमगाएकै समयमा समूहले यस्तो कदम चाल्न लागेको छ ।
समूहमा वित्तीय संसाधनको अभाव नरहेको अनि लगानीकर्ता र बजारमा आफूप्रतिको विश्वास र भरोसा कायम होस् भनेर अदानीले भाका बाँकी नै छँदा ऋण तिर्न लागेको बताइएको छ ।
जनवरी २४ मा अमेरिकी शर्ट सेलर कम्पनी हिन्डेनबर्गको प्रतिवेदन सार्वजनिक भएयता अदानी समूहको आर्थिक चुनौती चुलिएको छ ।
समूहका कम्पनीका शेयर मूल्य ओरालो लागेको छ, क्रेडिट सुसीजस्ता विदेशी वित्तीय कम्पनीहरूले अदानी समूहको ऋणपत्रमा कर्जा दिन बन्द गरेको छ । रिपोर्ट आउनुअघि २ खर्ब २० अर्ब रहेको अदानी समूहका कम्पनीको बजार पूँजीकरण अहिले आधामा झरेको छ । एजेन्सी