पोखरा – पोखरामा सम्पन्न भेट्रान्स कप फुटबलको उपाधि ललितपुरको टी बर्गर क्लबले जितेको छ। शनिबार पोखराकै एवीसी भेट्रान्समाथि ३–० गोलअन्तरमा जीत निकाल्दै पाहुना टोली बर्गरले ‘५औं स्व.रञ्जित गुरुङबगर भाइ खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको’ उपाधि उचालेको हो। विजेता टोलीले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो भने उपविजेताले ७५ हजार ५ […]