पोखरामा सम्पन्न भेट्रान्स कप फुटबलको उपाधि ललितपुरको टी बर्गर क्लबले जितेको छ । शनिबार पोखराकै एवीसी भेट्रान्समाथि ३–० गोलअन्तरमा जीत निकाल्दै पाहुना टोली बर्गरले ‘५ औं स्व.रञ्जित गुरुङ बगर भाइ खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको’ उपाधि उचालेको हो । विजेता टोलीले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो भने उपविजेताले ७५ हजार ५ सय ५५ नगद पाएको छ ।टी बर्गरलाई उपाधि जिताउन भूपेन लिम्बुले २ र रमेश गुरुङले एक गोलको योगदान दिए । फाइनल खेलमा म्य