लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड हो : प्रधानमन्त्री देउवा

२६ फागुन, वीरगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । यसको दीगो र प्रतिष्पर्धी विकासबाट मुलुकमा गरिबी निवारणदेखि लिएर आर्थिक समाजिक रुपान्तरणमा सकारात्मक योगदान पुग्ने उनको भनाइ छ । वीरगञ्जमा बिहीबार आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय अधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी […]

सम्बन्धित सामग्री

मुलुक छिट्टै विकसित मुलुकमा स्तरोन्‍नति हुँदैछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक छिट्टै नै अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुन गइरहेको बताउनुभएको छ। उद्यम क्षेत्रको विकास र विस्तारका लागि तीनै तहका सरकारले एक आपसमा समन्वय गरेर प्रभावकारी योजनाका साथ कार्य गर्न जरुरी रहेको उहाँको भनाइ छ। बिहीबार वीरगञ्जमा नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय अधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो।

प्रधानमन्त्री देउवा वीरगन्ज आइपुगे

वीरगन्ज । नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर बहादुर देउवा वीरगन्ज आइपुगेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन र महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्घाटन गर्न यहाँ आइपुगेका हुन् । नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा वीरगन्ज आएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । घरेलु तथा साना उद्योग महासंघको २५ […] The post प्रधानमन्त्री देउवा वीरगन्ज आइपुगे appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानमन्त्री देउवा वीरगञ्जमा

पर्सा: प्रधानमन्त्री शेरबहादुर देउवा वीरगञ्ज पुगेका छन्।   नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन तथा महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा वीरगञ्ज आइपुगेका हुन्। यहि अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समितिले जिल्ला कार्य समितिका निर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रमाण पत्र वितरण तथा पदस्थापन समारोह आयोजना गरेको छ।  प्रधानमन्त्री देउवाले यो कार्यक्रममा पार्टीका नेता कार्यकर्तालाई पहिले सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री देउवा पुगे वीरगन्ज

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा वीरगन्ज पुगेका छन् । घरेलु तथा साना उद्योग महासङ्घको भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा वीरगन्ज पुगेका हुन् । केही बेरअघि मात्रै त्यहाँ पुगेका उनी आजै काठमाडौँ फर्किनेछन् ।