लघु, घरेलु तथा साना उद्योगले गरीबी निवारणमा योगदान पुर्याएका छन्ः प्रधानमन्त्री देउवा

वीरगंज । प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु तथा साना उद्योगले गरीबी निवारणमा योगदान पुर्याएको बताउनु भएको छ । लघु, घरेलु तथा साना उद्योगले दीगो र प्रतिष्पर्धी विकासबाट मुलुकमा गरीबी निवारणदेखि आर्थिक सामाजिक रुपान्तरणसम्ममा योगदान पुर्‍याइरहेको बताउँदै प्रधानमन्त्रीले उक्त क्षेत्र अर्थतन्त्रको मेरुदण्ड रहेको बताउनु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघको बिहीवार २५ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस क्षेत्रको विकास र विस्तारका लागि तीनै तहका सरकारले आपसमा समन्वय गरी प्रभावकारी योजनाका साथ काम गर्न जरुरी भएको पनि बताउनु भयो । घरेलु तथा साना उद्योगहरूले मुलुकको कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उहाँको भनाई थियो । ‘यस्ता उद्योगहरुले मुलुकभित्र लाखौंको संख्यामा रोजगारीका अवसरहरु सिर्जना गरेका छन्’ उहाँले भन्नुभयो, ‘यसलाई थप प्रवर्द्धन गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदानलाई बढाउनु आजको आवश्यकता हो।’ यस क्षेत्रको विकास र सहजीकरणका लागि नेपाल सरकारको तर्फबाट पुर्‍याउनुपर्ने सहयोगका लागि सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री देउवाले बताउनु भयो ।

सम्बन्धित सामग्री

लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड हो : प्रधानमन्त्री देउवा

२६ फागुन, वीरगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । यसको दीगो र प्रतिष्पर्धी विकासबाट मुलुकमा गरिबी निवारणदेखि लिएर आर्थिक समाजिक रुपान्तरणमा सकारात्मक योगदान पुग्ने उनको भनाइ छ । वीरगञ्जमा बिहीबार आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय अधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी […]