प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक छिट्टै नै अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुन गइरहेको बताउनुभएको छ। उद्यम क्षेत्रको विकास र विस्तारका लागि तीनै तहका सरकारले एक आपसमा समन्वय गरेर प्रभावकारी योजनाका साथ कार्य गर्न जरुरी रहेको उहाँको भनाइ छ।
बिहीबार वीरगञ्जमा नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय अधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो।