स्थानीय निर्वाचन : कुन उपमहानगरमा कसको अग्रता ?

वैशाख ३१, काठमाडौं  । मुलुकभरका ११ ओटा उपमहानगरमध्ये १० ओटा उपमहानगरमा मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार तुलसीपुर उपमहानगरपालिकाको १७ नम्बर वडामा निर्वाचन हुन बाँकी रहेको छ भने बाँकी १०  ओटा उपमहानगरमा मतगणना जारी छ। धनगढी, इटहरी र कलैया उपमहानगरमा भर्खरै मत गणना शुरु भएकाले नतिजा बाहिर आइसकेको छैन। नतिजा आएका सात ओटा उपमहानगरमा कतिपय स्थानमा नेकपा(एमाले)का उमेदवारले अग्रता लिएका छन् भने केहिमा गठबन्धनका उमेदवार अगाडि रहेका छन् ।  घोराही उपमहानगर  नेकपा(माओवादी केन्द्र) को अग्रता दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनको अग्रता रहेको छ। अहिलेसम्मको मतगणनामा गठबन्धन तर्फबाट प्रमुखमा नेकपा(माओवादी केन्द्र) का हेमराज शर्माले १७२ मत र नेकपा(एमाले) का नरुलाल चौधरीको १४५ मत प्राप्त गरेका छन्।  बुटवल उपमहानगरमा नेपाली काँग्रेसको अग्रता बुटवल उपमहानगरमा कुल १ हजार १०० मत गणना गर्दा गठबन्धनबाट प्रमुखमा नेपाली काँग्रेसका उमेदवारले अग्रता लिएका छन्। उक्त पार्टीका उम्मेदवार खेलराज पाण्डेले ४५५ मत ल्याएर अग्रता कायम राखेका छन्।  राप्रपाका मेयरका उम्मेदवार मृगेन्द्र शेरचनले २३६ मत र एमालेका बाबुराम भट्टराईले १७९ मत ल्याएका छन्। हेटौडामा नेकपा( एकीकृत समाजवादी) को अग्रता  हेटौंडा उपमहानगरमा कुल ९०४ मत गणना गर्दा नेकपा(एकीकृत समाजवादी)का उमेदवारले अग्रता लिएका छन्।  प्रमुखमा सो पार्टीकी मिनाकुमारी लामाले २८३ मत ल्याएकी छिन भने नेकपा(एमाले) बाट  अनन्त पौडेलले २७३ मत ल्याएका छन्।   नेपालगञ्जमा नेपाली काँग्रेसको अग्रता बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्टले प्रारम्भिक अग्रता लिएका छन् । १९८ मत गन्दा नगर प्रमुखका उम्मेदवार विष्टले ७९ मत, नेकपा(एमाले) का पशुपति दयाल मिश्रले २६ मत र राप्रपाका नन्दलाल वैश्यले ५ मत पाएका छन् ।  जनकपुरमा स्वतन्त्र उमेदवारको अग्रता जनकपुर उपमहानगरपालिकामा नेपाली काँग्रेसका बागी उमेदवार बनेका मनोज साहले अग्रता लिएका छन्। कुल ५०० मत गणना हुँदा साहले १७२ मत ल्याएका छन् भने नेकपा(एमाले) का शिवशङ्कर साहले ५७ मत ल्याएका छन्। गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साहले ३२ मत ल्याएका छन्। जितपुर सिमरामा नेकपा(माओवादी केन्द्र) को अग्रता  जितपुर सिमरा उपमहानगरमा गठबन्धनबाट   प्रमुख पदमा नेकपा(माओवादी केन्द्र) का राजन पौडेलले ५६९ मत प्राप्त गरेका छन् । त्यसैगरी लोसपा सञ्जय साहले ५६८ मत, नेकपा(एमाले) की सरस्वतीदेवी चौधरी २७७ मत ल्याएका छन् ।  धरानमा  नेपाली काँग्रेसको अग्रता  धरान उपमहानगरमा कुल २०० मत गणना हुँदा गठबन्धनबाट प्रमुखमा नेपाली काँग्रेसका किशोर राईले ७१ मत ल्याएका छन्। नेकपाा(एमाले) का मञ्जु भण्डारीले ३६ मत,स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ५८ मत ल्याएका छन्। 

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन बहिष्कार गरेको वैद्य माओवादीले गर्यो चुनावी समीक्षा

नेकपा (क्रान्तिकारी माओवादी)ले स्थानीय निर्वाचनबारे समीक्षा गरिएको छ । विहीबार बसेको क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले गठबन्धन सरकारले साम, दाम, दण्डभेदको नीतिको प्रयोग निर्वाचन गराएको निष्कर्ष निकालेको हो । गत वैशाख ३० मा भएको स्थानीय निर्वाचन बहिष्कारको नीति लिएको क्रान्तिकारी माओवादीले निर्वाचनप्रति जनतामा वितृष्णा पैदा गराएको जनाएको छ । डर, धाक, धम्की, प्रलोभन, भोजभतेर लगायतका हतकण्डाको अभ्यासका बीचबाट निर्वाचन गराइएको उसको ठहर छ । स्वच्छ तथा निष्पक्ष निर्वाचनको सम्भावना न

स्थानीय निर्वाचन : देशभर यसरी भइरहेको छ मतदान (लाइभ)

काठमाडौं– नेपालको संविधान २०७२ लागू भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार बिहान ७ बजेदेखि देशभरका ७५३ स्थानीय तहमध्ये ७ सय ५२ स्थानीय तहमा एकसाथ मतदान सुरु भएको हो । मतदान बेलुकी ५ बजे सकिनेछ।  २०७४ सालमा तीन तहमा स्थानीय तहको निर्वाचन भएको थियो। यो दोस्रो स्थानीय निर्वाचन […]

स्थानीय निर्वाचन : देशभर मतदान सुरु

देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान  सुरु भएको छ । आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो  । सरकारले गत माघ २४ गते आज निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो । संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ वैशाख ३१ गते पहिलो चरण र जेठ ३१ मा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको थियो । देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो । मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ । आफ्नो जनप्रतिन

स्थानीय निर्वाचन जनताको सर्वोच्चतालाई स्थापित गर्ने अवसर : मन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आसन्न स्थानीय निर्वाचन प्रतिगामी र प्रगतिशील शक्तिबीचको लडाइँ भएको बताएका छन् । शर्माले विशेष अपिल जारी गर्दै निर्वाचन सत्य र झुटबीचको संघर्ष भएको बताउँदै उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘तपाईंको हरेक एक मतले राष्ट्रको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्यायसहितको समृद्धिको एजेन्डा संस्थागत गर्न निर्णायक भूमिका खेल्नेछ ।‘वैशाख ३० गते ७ सय ५३ वटै पालिकामा जनताका असली प्रतिनिधि च

स्थानीय निर्वाचन सुदूरपश्चिममा कस्तो छ सुरक्षा व्यवस्था ?

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख मोहन कुमार आचार्य पहाडतिर लागेका छन्। आचार्य धनगढीबाट सुरक्षाको अवस्था अनुगमन गर्न सुदूर पहाडतिर लागेका हुन्।स्थानीय निर्वाचन नजिकिएसँगै प्रदेशको निर्वाचन सुरक्षा योजनाको निगरानी तथा अनुगमनका लागि डिआइजी आचार्य जिल्ला भ्रमणमा व्यस्त छन्।‘पहाडका जिल्लाहरुमा जाँदैछु', उनले भने, ‘म सबै ठाउँ पुगेको छु। बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला पुगेँ, आज म बाजुरा जाँदैछु। भोलि म दिपायल फर्किन्छु।’ उनी जिल्लाको प्रहरी नेतृत्वलाई सुरक्षा ब्रि

स्थानीय निर्वाचन कानुनमा ‘गठबन्धन’ भन्ने शब्द छैन :  दिनेश थपलिया

काठमाडौं : निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगले गठबन्धन भन्ने नचिन्ने बताएका छन्।  शनिबारको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘स्थानीय निर्वाचन सम्बन्धी कानुनमा गठबन्धन भन्ने शब्द छैन। कोही व्यक्तिले दलको हकमा त्यो दलले दिएको मनोनयन पत्रको आधारमा उम्मेदवारी दर्ता हुन्छ। कहिले प्रवेश गर्‍याे? पार्टीमा भूमिका के थियो ? भन्ने आयोगले सरोकार राख्दैन। कुन दलबाट निर्वाचन लड्छ । त्यही दलको भन्ने निधो हुन्छ।’कुनै दलबाट निर्वाचित भएको व्यक्तिलाई दलले पार्

काँग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक सानेपामा

नेपाली काँग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिमा रहेका सदस्यहरूले आगामी स्थानीय निर्वाचनमा कसरी प्रस्तुत हुनेबारे आफ्ना धारणा राख्ने क्रम जारी छ ।समितिमा काँग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन्। समिति ५६ सदस्यीय रहेको छ ।  आजको बैठकमा जिल्लामा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्नेबारे छलफल भइरहेको छ ।

स्थानीय निर्वाचन र जनप्रतिनिधि

शंकर प्रसाद भण्डारी : सरकारले २०७९ साल बैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरिसकेको छ । स्थानीय निर्वाचन मार्फत स्थानीय सरकारहरू बन्दछन् । वडा तह सम्म अथवा घर घर सम्म सरकार प्रत्यक्ष रूपमा सहभागी हुन्छ । राजनीतिक दलहरूले आ आफ्ना प्रतिनिधिहरू स्थानीय चुनावमा लडाउँछन् । जनताको जनमतद्धारा जुन राजनीतिक दलका प्रतिनिधिहरू पनि अनुमोदित हुन सक्दछन् […]