माधव नेपाल समूह परित्याग गरेर केपी शर्मा ओलीको पक्षमा लागेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य आफनै वडामा एक्लिएका छन् । मुख्यमन्त्री आचार्यको सुनसरी इनरुवा नगरपालिका ६ नम्बर वडाबाट एमालेबाट निर्वाचित वडा अध्यक्ष कोषराज अधिकारी र वडा सदस्य राजेश दाहाल एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मुख्यमन्त्री आचार्यको वडा समेत रहेको तात्कालीन मधेसा गाउँ विकास समिति हाल इनरुवा नगरपालिका ६ मा पर्दछ ।अधिकारी र दाहाल शनिबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । इनरुवामा आयोजित न