प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री, पाउलान् विश्वासको मत ?

इटहरी । प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएसँगै बिहीबार नै सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आचार्यलाई पद तथा गोपनियताको सपथ गराए । शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि उनलाई एमाले संसदीय दलको बैठकले संसदीय दलको नेतामा चयन गरेको […] The post प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री, पाउलान् विश्वासको मत ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

प्रदेश १ : राजनीतिक नियुक्ति पाएका ७५ जनाको पद गुम्दै

प्रदेश १ को पूर्ववर्ती सरकारले गरेको राजनीतिक नियुक्तिलाई मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले खारेज गर्ने भएको छ । प्रदेशको खेलकुद बोर्डदेखि जिल्लासम्म नियुक्त पदाधिकारी र सदस्य, प्रदेश पर्यटन बोर्ड, सञ्चार प्रतिष्ठादेखि श्रम सल्लाहकार समितिसम्म नियुक्ति पाएका ७५ जनाले पद गुमाउने भएका हुन् ।भीम आचार्य नेतृत्वको पूर्ववर्ती सरकारलाई ‘अवैधानिक’ संज्ञा दिँदै सत्तारुढ गठबन्धनले सो सरकारले गरेका राजनीतिक नियुक्तिलाई खारेज गर्नुपर्ने निष्कर्ष निकालेको हो । संसदबाट विश्वासको मत नलिइ

जसो जसो अष्टलक्ष्मी, उसै उसै भीम आचार्य

हेटौंडा : सत्ता लम्ब्याउन बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले जे जस्ता उपाय अपनाइन् प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदमा रहीरहन त्यसै त्यसै गरेका छन्।नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका शाक्य र आचार्य दुवैले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुको साटो विभिन्न बहानामा आलटाल गर्दै सत्ता लम्ब्याउँदै आएका छन्।गएको असोज २५ गतेभित्रै संसदमा विश्वासको मत लिनुपर्ने भएपनि मुख्यमन्त्री शाक्य र आचार्यले हालसम्म संसदमा विश्वासको मत माग्ने र प्रस्ताव मात्र&nb

प्रदेश १ को अधिवेशन आजदेखि सुरु

काठमाडौं । प्रदेश १ संसदको अधिवेशन आजबाट सुरु हुँदै छ । यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनुहुनेछ । नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त हुनुभएका भीम आचार्य अल्पमतमा पर्नुभएको छ । एमालेका ५१ सांसदहरुमध्ये १० जनाले माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी रोजेपछि आचार्यको पक्षमा ४१ सांसद मात्रै देखिएको छ […]

प्रदेश १ मा छिट्टै नयाँ सरकार : झाँक्री

विराटनगर : नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रदेश १ मा चाँडै नयाँ सरकार बन्ने बताएकी छन्। विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेतृ झाँक्रीले प्रदेश १ को नेकपा एमाले नेतृत्वको सरकार ढल्ने र नयाँ सरकार बन्ने बताएकी हुन्।यसअघि सर्वोच्च अदालतमा मुद्दा परेकाले सरकार परिवर्तनको कदम अघि बढ्ने नसकेको भन्दै उनले सर्वोच्चबाट अन्तरिम आदेश नआएकाले अब नयाँ सरकार गठनको काम अघि बढ्ने बताइन्। नेकपा समाजवादीले मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई विश्वासको मत नदिने पनि उनले बताइन्।य

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्य विरुद्ध विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको छ । असोज ८ भित्र राजीनामा नदिए मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने निष्कर्षमा गठबन्धन पुगेको हो । आचार्यले भने असोज २४ गते विश्वासको मत लिनेगरी प्रदेशसभा बैठक बोलाउने निर्णय मन्त्रिपरिषद् बैठकबाट गराएका छन् । असोज ८ गते भित्रमा मुख्यमन्त्रीले मार्गप्रशस्त नगरे अविश्वासको प्रस्ताव ल्याउने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले लोकान्तरलाई बताए । तर मुख्यमन्त्री आचार्यले भने सत्ता टिकाउनका लागि पहल जारी राखेका छन् ।...

असोज २२ गते प्रदेश १ को अधिवेशन आह्वान

बिराटनगर । प्रदेश १ सरकारले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले असोज २२ गतेका लागि अधिवेशन बोलाउन सिफारिस गरेको हो । असोज २२ गते शुरु हुने प्रदेशसभामा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनेछन् । नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य […]

समाजवादीमा आएमात्रै आचार्य र शाक्यलाई विश्वासको मत

विराटनगर-नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादीमा आए मात्रै प्रदेश–१ र बागमतीका मुख्यमन्त्री भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत दिने बताएकी छन् ।शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेतृ झाँक्रीले प्रदेश १ र बागमतीका मुख्यमन्त्रीले एमाले छाडेर आए विश्वासको मत दिने बताएकी हुन् । प्रदेशका मुख्यमन्त्रीहरू एमालेमै रहेको अवस्थामा एकीकृत समाजवादीले विश्वासको […]

राजीनामा दिन्नँ, विश्वासको मत लिन्छु : मुख्यमन्त्री भीम आचार्य (भिडियोसहित)

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको सन्दर्भमा उनले तत्काल राजीनामा नदिने प्रस्ट पारे ।मुख्यमन्त्री आचार्यले आफू अल्पमतमा परे पनि संवैधानिक प्रावधान अनुसार अघि बढ्ने बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘संविधान अनुसार म मुख्यमन्त्री भएको हो, संविधानमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार म विश्वासको मत

प्रदेश १ का सांसद् भन्छन् – माधव नेपालको साथ छाड्न मन्त्रीको अफर आयो

नेकपा एमाले पार्टी विभाजनपछि प्रदेश १ मा सांसदहरूको तानातान सुरु भएको छ । शुक्रबार मात्र  शेरधन राईले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएर प्रदेशको दोस्रो मुख्यमन्त्रीमा एमालेकै भीम आचार्य नियुक्त भएका थिए । सो लगतै प्रदेश सरकारको नेतृत्व गरिरहेका आचार्यको सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आवश्यक बहुमत सङ्ख्या पु–याएर सरकार जोगाउनका लागि सांसदहरू तानातान सुरु भएको हो । मुख्यमन्त्री आचार्यसहित सत्तापक्षका नेताहरू विभाजनपछि नयाँ पार्टीमा जाने सांसदलाई रोक्न मन