लाइन काटिएका उद्योगमा दैनिक करोडौं क्षति

काठमाडौं डेडिकेटेड फिडर र टंक लाइनबाट विद्युत् उपभोग गरेबापतको बक्यौता महशुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले हालसम्म नौओटा उद्योगमा विद्युत् आपूर्ति रोकिदिएको छ । सामान्य भाषामा लाइन काटिदिएको छ ।  लाइन काटिएका उद्योगले अचेल दैनिक करोडौं रुपैयाँ बराबरको क्षति बेहोरिरहेको सम्बद्ध उद्यमीले गुनासो गरेका छन् । विवाद लम्बिएर विद्युत् आपूर्ति रोकिइरहे भोलिका दिनमा बजारमा औद्योगिक उत्पादनको अभाव हुन सक्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।  प्राधिकरणले विद्युत् आपूर्ति रोकिदिएपछि जगदम्बा स्टीलमा दैनिक २ करोड ५० लाख रुपैयाँ हाराहारी क्षति भइरहेको कम्पनी अध्यक्ष साहिल अग्रवालले बताए । ‘हाम्रो उद्योगमा दैनिक ४० मेगावाट बिजुली खपत हुन्छ । ३ हजार ५ सय मजदूरले काम गर्छन् । दैनिक २ हजार टन हाराहारी स्टील उत्पादन हुन्छ,’ अग्रवालले आर्थिक अभियानसँग भने, ‘लाइन काटिँदा उद्योगमा आश्रित मजदूरले काम गर्न पाएका छैनन् । स्टील उत्पादनको काम ठप्प छ । प्राधिकरण र उद्योगीबीचको विवाद लम्बियो भने भोलिका दिनमा औद्योगिक उत्पादनको समेत अभाव हुन सक्छ । त्यसैले बेलैमा यो विवाद सुल्झाउनतर्फ लाग्नुपर्छ ।’ प्राधिकरणले हालसम्म जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, त्रिवेणी स्पिनिङ मिल्स, अशोक स्टील, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलको लाइन काटेको छ ।  रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवाल प्राधिकरणको कदमले उद्योगमा काम गर्ने हजारौं मजदूर समस्यामा परेको र उद्योगहरूले दैनिक ठूलो आर्थिक क्षति बेहोर्नुपरेको बताउँछन् । उनका अनुसार रिलायन्स स्पिनिङ मिल्समा पनि ३ हजार ५ सय श्रमिक कार्यरत छन् । विद्युत् काटिएर उद्योग बन्द भएपछि अधिकांश श्रमिक घर फर्किएका छन् ।  विवाद लम्बिएर विद्युत् आपूर्ति रोकिइरहे भोलिका दिनमा बजारमा औद्योगिक उत्पादनको अभाव हुन सक्ने चेतावनी रिलायन्समा दैनिक ५० लाख रुपैयाँभन्दा बढी क्षति भइरहेको उनको दाबी छ । ‘प्राधिकरणलाई हामीले टाइम अफ डे (टीओडी) मीटरको तथ्यांक देऊ हामी महशुल तिर्छौं, भनिरहेकै छौं । तर, प्राधिकरणले हाम्रो कुरा सुनिरहेको छैन । कि त प्रमाण दिनुपर्‍यो हामी महशुल तिर्छौं, कि उद्योगहरूमा विद्युत् आपूर्ति पुन: शुरू गर्नुपर्‍यो,’ उनले भने । विद्युत् आपूर्ति रोकिएका सबै उद्योगमा भइरहेको दैनिक क्षतिको यकीन तथ्यांक नभए पनि सबै उद्योगले ठूलो आर्थिक क्षति बेहोरिरहेको उद्योगीहरूको दाबी छ । उद्योगीले टीओडी मीटरको तथ्यांक मागे पनि प्राधिकरणले दिन नसकिने बताइरहेको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले देशमा औद्योगिकीकरण गर्दै विद्युत् खपत बढाउने बेलामा उद्योगमा विद्युत् लाइन काट्ने निर्णय ठीक कि बेठीक भनेर बहस चल्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘प्राधिकरणले फर्जी बिल काटेको भन्ने उद्योगीहरूको आरोपलाई प्राधिकरणले खण्डन गर्न सक्नुपर्छ । टीओडी मीटरमा नभएको बिल बनाएर नभएको आम्दानी कमाउनु गलत हो । उद्योगको लाइन काटेर महीनौंसम्म छलफल, बहस, अड्डा अदालत गरेर उद्योग बन्द गर्ने/गराउने कार्यले निकासी भइरहेका सिमेन्ट, जस्तापातालगायत सामग्रीको उत्पादन बन्द हुँदा उद्योगीलाई मात्र होइन, देशलाई नै घाटा हुन्छ । त्यसैले तत्काल टीओडी मीटरको तथ्यांक सार्वजनिक गरियोस् ।’ उनले औद्योगिकीकरणलाई सक्दो प्रोत्साहन गर्न पनि आग्रह गरेका छन् । 

सम्बन्धित सामग्री

महोत्तरीमा वैशाखयता दिनदिनै आगलागी, करोडौं क्षति

१७ वैशाख, महोत्तरी । वैशाख दोस्रो सातायता महोत्तरीमा आगलागीका घटना दिनहुँजसो हुन थालेका छन् । पछिल्ला १० दिनमा जिल्लाका विभिन्न ठाउँमा भएका आगलागीले करोडौँको क्षति भएको छ । वैशाख दोस्रो साताको प्रारम्भमै मटिहानीको एउटा फर्निचर उद्योगमा …

उद्योगमा १२ घण्टा लोडसेडिङ ! कुलमान भन्छन्- एक महिनामा समाधान हुन्छ

केही दिनअघि विद्युत प्राधिकरणले पत्रकार सम्मेलन गरी कुनै हालतमा लोडसेडिङ हुन नदिने प्रतिबद्धता जनाएको थियो । प्राधिकरणले हालसम्म उपभोक्तालाई वितरण गर्नें बिजुली काटेको छैन । तर, उद्योगहरूले भने विद्युत आपूर्तिमा अवरोधका कारण दैनिक करोडौं क्षति खेपिरहेका छन् ।

लगातारको वर्षाले इँटा उद्योगमा अर्बौंको क्षति

धनुषा । बिहीबारदेखि भएको लगातारको वर्सातका कारण मधेस  प्रदेशका इँटा उद्योगमा अर्बौंको क्षति भएको छ । तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इँटा उद्योगमा क्षति पुगेको छ । तयारी अवस्थामा रहेका करोडौं रुपैयाँ मूल्य बराबरको काँचो इँटा लगातारको वर्षाले नष्ट भएका छन् । अहिले इँटा तयार पार्ने याम भएकाले...

अविरल वर्षाले करोडौं मूल्यको इँटामा क्षति

अविरल वर्षाका कारण करोडौं मूल्यको काँचो इँटामा क्षति पुगेको छ। क्षति पुगेको काँचो इँटाको बारेमा सम्बन्धित उद्योगमा पुगेर शनिबार अनुगमन गरिएको छ। दाङ देउखुरी इँटा व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीको नेतृत्वमा अनुगमन भएको हो। अध्यक्ष योगीले अनुगमनका क्रममा आठदेखि १३ लाख इँटामा क्षति पुगेको बताउनुभयो। जिल्लामा सञ्चालित उद्योगका १४ लाख इँटामा पूर्ण क्षति पुगेको प्रारम्भिक विवरणले देखाएको छ।

लगातारको वर्षाले इट्टा उद्योगमा अर्बौंको क्षति

बिहीबारदेखि भएको लगातारको बर्सातका कारण मधेस प्रदेशका इट्टा उद्योगमा अर्बौंको क्षति भएको छ । तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इट्टा उद्योगमा क्षति पुगेको छ । तयारी अवस्थामा रहेका करोडौं रुपियाँ मूल्य बराबरको काँचो इट्टा लगातारको वर्षाले नष्ट भएका छन् । अहिले इट्टा तयार पार्ने याम भएकाले सबै इट्टा उद्योगहरुमा काँचो इट्टा नै तयारी भइरहेको बेला बर्सातले अर्बौं रुपैयाँ मूल्य बराबरका इट्टाको क्षति भएको उद्योग सञ्चालकहरूले बताएका छन् ।

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा क्षति

दुईदिन अघिसम्म परेको बेमौसमी वर्षाका कारण रौतहटका इँटा उद्योगमा करोडौं मूल्य बराबरको क्षति भएको छ । वर्षाले काँचो इँटा गलेर नष्ट भएको हो । मंगलबार रातिदेखि बुधबारसम्म परेको बेमौसमी वर्षाले रौतहटका एक सयभन्दा बढी इँटा उद्योगमा पोल्नका लागि राखिएको करोडौं मूल्य बराबरको काँचो इँटा गलेर नष्ट भएको हो ।इँटा उत्पादक संघ रौतहटका अध्यक्ष रामविनोद साहका अनुसार जिल्लामा एकसय ६२ वटा इँटा उद्योग संचालनमा छन् ।बेमौसमी वर्षाले प्रायः सबै उद्योगमा क्षति गरेकाले कम्तीमा ५ करोडभन्दा बढी मूल्यको इँटा गलेर नष

सरकारी बेथितिको नमूना : करोडौं घाटामा हेटौंडा सिमेन्ट उद्योग

असार २३, हेटौंडा । हेटौंडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडलाई कारोनाको असहज परिस्थितिका कारण आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नु परेको छ ।  गत आव  ०७६/७७ मा करीब  रू. २५ करोड बराबरको आर्थिक घाटा भएको उद्योगमा चालू आव ०७७/७८ मा समेत करीब रू. २५ करोड बराबरको आर्थिक कारोबार नोक्सानी हुने प्रारम्भिक अनुमान गरिएको उद्योगले जानकारी दिएको छ ।  कोरोनाको असहज परिस्थितिका कारण उद्योगमा हुने उत्पादन लागतमा वृद्धि, उद्योग सञ्चालन खर्च अन्य समयको तुलनामा बढी मूल्य पर्ने साथै योजनाअनुसार सिमेन्ट उत्पादन र विक्री नभएकाले उद्योगलाई कारोनाको अहसज स्थितिका कारण आर्थिक रुपमा नोक्सानी पुगेको उद्योगका कामु प्रबन्धक (अर्थ) रामबाबु शाहले जानकारी दिए ।  दुई आवदेखि निरन्तर कोरोनाको असहज स्थितिका कारण योजनाअनुसार सिमेन्ट उत्पादन तथा  विक्री हुन नसक्दा घाटा बेहोर्नुपरेको हो । अझ सिमेन्ट विक्रीको मुख्य याम चैतदेखि असारसम्ममा सिमेन्ट उत्पादन तथा विक्रीमा कमी आउँदा उद्योगले ठूलो आर्थिक नोक्सानी भोग्नु परेको छ ।  सरकारको स्वामित्वमा रहेको यो उद्योग केही सीमित आवबाहेक अन्य धैरैजसो आवमा विविध कारणले आर्थिक रुपमा ठूलो नोक्सानीसहित  सञ्चालन हुँदै आएको छ । पुराना मेसिनरी प्रविधि र पटकपटक बिग्रने समस्या तथा लागत खर्च बढी आउने कारणले अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा नोक्सानी हुँदै आएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए ।  उद्योगको पछिल्लो अवस्था हेर्दा वार्षिक करीब रू. दुई अर्ब बराबरको वार्षिक आम्दानी देखिन्छ भने करीब दुई अर्बभन्दा बढी वार्षिक खर्च देखिन्छ  । उद्योगको बढी खर्च कर्मचारी पारिश्रमिक, कच्चापदार्थ व्यवस्थापन तथा मर्मतसम्भार क्षेत्रमा देखिन्छ ।  उद्योगका अनुसार  यता  आव २०७५/७६ मा पनि उद्योगले करीब रू.  १६ करोड ६५ लाख बराबरको घाटा बेहोरेको देखिन्छ । यद्यपि आव २०७३/७४ मा  रू. १५ करोड र आव  २०७४/७५ मा कुल रू. १६ करोड उद्योगले आर्थिक रुपमा नाफा गरेको देखिन्छ । स्थापनाकालको अवस्थामा आव ०४८/४९ मा आर्थिक रुपमा केही नाफा देखिएको उद्योगमा पछिल्लो सबैजसो वर्ष घाटामा नै सञ्चालन हुँदै आएको अवस्था छ ।  हेटौँडा सिमेन्ट उद्योगअन्तर्गत करीब १०१ बिघा क्षेत्रफलमा क्षेत्रफल रहेको छ भने करीब २०० बिघा क्षेत्रफल विभिन्न स्थानमा उद्योगका लागि आवश्यक कच्चापदार्थ खानी (चुनढुंगा) रहेको क्षेत्र छ । उद्योगको कच्चापदार्थका लागि मकवानपुरको ओखरे, भैसे,  मजुवा र धादिङको जोगिमारामा चुनढुंगा खानी छ ।  उद्योगले स्थापना गरेको उत्पादन प्रविधि निकै पुरानो भए पनि जर्मन मोडलको हो । सिमेन्ट उत्पादनका दृष्टिले यो प्रविधिलाई विश्वमै उत्कृष्ट मानिन्छ । तोकिएको गुणस्तर मापदण्ड पुगेका कच्चापदार्थलाई मात्र प्रयोगशालाले स्वीकार गर्दछ । यद्यपि निजी क्षेत्रको जस्तो अत्यधिक मुनाफा कमाउने उद्देश्य नभएकाले गुणस्तरमा उद्योगको मुख्य प्राथमिकता रहेको उद्योगले जानकारी दिएको छ  ।  चालू आव २०७७/७८ मा ३१ लाख बोरा सिमेन्ट र एक लाख ५० हजार मेट्रिक टन क्लिंकर उत्पादन गर्ने लक्ष्य रहेको उद्योगको बिक्री महाशाखाले जानकारी दिएको छ । मुख्य याममा कोरोनाको असहज परिस्थितिका कारण चैत–असारमै लक्ष्यअनुसार सिमेन्ट विक्री नहुँदा आर्थिक वर्षको अन्त्यसम्म लक्ष्य हासिल हुन नसकेको विक्री महाशाखाले जानकारी दिएको छ ।  उद्योग प्रशासनका अनुसार हेटौँडा सिमेन्टको माग मुलुकका मुख्य शहरमा अत्यधिक रुपमा बढी भएको पाइन्छ । काठमाडौंमा हेटौँडा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएका घरमा २०७२ सालको विनाशकारी भूकम्पबाट कम क्षति भएको पाइएपछि झन् माग बढेको उद्योगको दाबी छ ।   विसं २०३३ मा स्थापित उद्योगले २०४८ सालबाट व्यावसायिक उत्पादन शुरु गरेको थियो । उद्योगमा हाल २८५ जना स्थायी र करीब १०० जना ज्यालादारी कर्मचारी तथा मजदूर कार्यरत छन् । रासस

धरानको कत्था उद्योगमा आगलागी, करोडौंको क्षति

सुनसरी : धरानको तीनकुनेस्थित औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको सूर्य कत्था उद्योगमा बिहीबार राति आगलागी भएको छ। उद्योगको गोदाममा आगलागी हुँदा निर्यात गर्न तयारी अवस्थाको राखिएको कत्था र कच जलेर नष्ट भएको छ। इलाका प्रहरी कार्यलय धरानका अनुसार आगलागीबाट करोडौं रुपैयाँको क्षति भएको अनुमान गरिएको छ। क्षतिको विवरण संक...

पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी, करोडौंको क्षति

ललितपुर । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र भीषण आगलागी हुँदा तीनवटा उद्योगमा करोडौं रुपैयाँ बराबरको क्षति भएको छ । मंगलबार साँझ औद्योगिक क्षेत्रभित्र रहेको आनन्द प्लाष्टिक...