महोत्तरीमा वैशाखयता दिनदिनै आगलागी, करोडौं क्षति

१७ वैशाख, महोत्तरी । वैशाख दोस्रो सातायता महोत्तरीमा आगलागीका घटना दिनहुँजसो हुन थालेका छन् । पछिल्ला १० दिनमा जिल्लाका विभिन्न ठाउँमा भएका आगलागीले करोडौँको क्षति भएको छ । वैशाख दोस्रो साताको प्रारम्भमै मटिहानीको एउटा फर्निचर उद्योगमा …

सम्बन्धित सामग्री

लाइन काटिएका उद्योगमा दैनिक करोडौं क्षति

काठमाडौं डेडिकेटेड फिडर र टंक लाइनबाट विद्युत् उपभोग गरेबापतको बक्यौता महशुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले हालसम्म नौओटा उद्योगमा विद्युत् आपूर्ति रोकिदिएको छ । सामान्य भाषामा लाइन काटिदिएको छ ।  लाइन काटिएका उद्योगले अचेल दैनिक करोडौं रुपैयाँ बराबरको क्षति बेहोरिरहेको सम्बद्ध उद्यमीले गुनासो गरेका छन् । विवाद लम्बिएर विद्युत् आपूर्ति रोकिइरहे भोलिका दिनमा बजारमा औद्योगिक उत्पादनको अभाव हुन सक्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।  प्राधिकरणले विद्युत् आपूर्ति रोकिदिएपछि जगदम्बा स्टीलमा दैनिक २ करोड ५० लाख रुपैयाँ हाराहारी क्षति भइरहेको कम्पनी अध्यक्ष साहिल अग्रवालले बताए । ‘हाम्रो उद्योगमा दैनिक ४० मेगावाट बिजुली खपत हुन्छ । ३ हजार ५ सय मजदूरले काम गर्छन् । दैनिक २ हजार टन हाराहारी स्टील उत्पादन हुन्छ,’ अग्रवालले आर्थिक अभियानसँग भने, ‘लाइन काटिँदा उद्योगमा आश्रित मजदूरले काम गर्न पाएका छैनन् । स्टील उत्पादनको काम ठप्प छ । प्राधिकरण र उद्योगीबीचको विवाद लम्बियो भने भोलिका दिनमा औद्योगिक उत्पादनको समेत अभाव हुन सक्छ । त्यसैले बेलैमा यो विवाद सुल्झाउनतर्फ लाग्नुपर्छ ।’ प्राधिकरणले हालसम्म जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, त्रिवेणी स्पिनिङ मिल्स, अशोक स्टील, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलको लाइन काटेको छ ।  रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवाल प्राधिकरणको कदमले उद्योगमा काम गर्ने हजारौं मजदूर समस्यामा परेको र उद्योगहरूले दैनिक ठूलो आर्थिक क्षति बेहोर्नुपरेको बताउँछन् । उनका अनुसार रिलायन्स स्पिनिङ मिल्समा पनि ३ हजार ५ सय श्रमिक कार्यरत छन् । विद्युत् काटिएर उद्योग बन्द भएपछि अधिकांश श्रमिक घर फर्किएका छन् ।  विवाद लम्बिएर विद्युत् आपूर्ति रोकिइरहे भोलिका दिनमा बजारमा औद्योगिक उत्पादनको अभाव हुन सक्ने चेतावनी रिलायन्समा दैनिक ५० लाख रुपैयाँभन्दा बढी क्षति भइरहेको उनको दाबी छ । ‘प्राधिकरणलाई हामीले टाइम अफ डे (टीओडी) मीटरको तथ्यांक देऊ हामी महशुल तिर्छौं, भनिरहेकै छौं । तर, प्राधिकरणले हाम्रो कुरा सुनिरहेको छैन । कि त प्रमाण दिनुपर्‍यो हामी महशुल तिर्छौं, कि उद्योगहरूमा विद्युत् आपूर्ति पुन: शुरू गर्नुपर्‍यो,’ उनले भने । विद्युत् आपूर्ति रोकिएका सबै उद्योगमा भइरहेको दैनिक क्षतिको यकीन तथ्यांक नभए पनि सबै उद्योगले ठूलो आर्थिक क्षति बेहोरिरहेको उद्योगीहरूको दाबी छ । उद्योगीले टीओडी मीटरको तथ्यांक मागे पनि प्राधिकरणले दिन नसकिने बताइरहेको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले देशमा औद्योगिकीकरण गर्दै विद्युत् खपत बढाउने बेलामा उद्योगमा विद्युत् लाइन काट्ने निर्णय ठीक कि बेठीक भनेर बहस चल्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘प्राधिकरणले फर्जी बिल काटेको भन्ने उद्योगीहरूको आरोपलाई प्राधिकरणले खण्डन गर्न सक्नुपर्छ । टीओडी मीटरमा नभएको बिल बनाएर नभएको आम्दानी कमाउनु गलत हो । उद्योगको लाइन काटेर महीनौंसम्म छलफल, बहस, अड्डा अदालत गरेर उद्योग बन्द गर्ने/गराउने कार्यले निकासी भइरहेका सिमेन्ट, जस्तापातालगायत सामग्रीको उत्पादन बन्द हुँदा उद्योगीलाई मात्र होइन, देशलाई नै घाटा हुन्छ । त्यसैले तत्काल टीओडी मीटरको तथ्यांक सार्वजनिक गरियोस् ।’ उनले औद्योगिकीकरणलाई सक्दो प्रोत्साहन गर्न पनि आग्रह गरेका छन् ।

बाढीले क्षति नगरे वर्षा सकिएलगत्तै मेलम्चीको पानी काठमाडौं आउँछ : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले वर्षायाममा बाढीले आयोजन स्थलमा क्षति नगरे वर्षा सकिएलगत्तै काठमाडौंमा मेलम्चीको पानी आउने बताएका छन् । प्रतिनिधिसभामा मंगलबार आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा बोल्दै मन्त्री चौधरीले वर्षाको समयमा सुरुङलाई थप क्षति हुनबाट जोगाउन सकेमा वर्षा सकिए बितिकै पानी सञ्चालन गर्न सकिने बताएका छन् । मन्त्री चौधरीले मेलम्ची जलाधारमाथि करोडौं घनमिटर गेग्रान थुप्रिएर बसेको बताए । वर्षाको बेला लेदोको रुपमा बग्ने सम्भावना रहेको

असिनापानीले पोखरामा करोडौँको कृषिबाली नष्ट

आइतबार परेको असिनापानीले पोखरामा करोडौं रुपैयाँ बराबरको कृषिजन्य उत्पादन र वस्तु नष्ट भएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका अनुसार असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको हो ।महाशाखाले पोखरा महानगरपालिकाका ९, ११, १३ र १८ वटामा सबैभन्दा धेरै क्षति भएको जनाएको छ । यस्तै, यी वडाबाहेक अन्य वडामा समेत क्षति भएको महाशाखाले जानकारी दिएको छ । ती वडामा लगाइएका तरकारी, नगदे वाली, फलफूल र तोरी तथा आलु लगायतका कृषिजन्य उत्पादन नष्ट भएको छ । यस्तै, तरकारी खेतीका लागि लगाइएका टनेल सम

अविरल वर्षाले करोडौं मूल्यको इँटामा क्षति

अविरल वर्षाका कारण करोडौं मूल्यको काँचो इँटामा क्षति पुगेको छ। क्षति पुगेको काँचो इँटाको बारेमा सम्बन्धित उद्योगमा पुगेर शनिबार अनुगमन गरिएको छ। दाङ देउखुरी इँटा व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीको नेतृत्वमा अनुगमन भएको हो। अध्यक्ष योगीले अनुगमनका क्रममा आठदेखि १३ लाख इँटामा क्षति पुगेको बताउनुभयो। जिल्लामा सञ्चालित उद्योगका १४ लाख इँटामा पूर्ण क्षति पुगेको प्रारम्भिक विवरणले देखाएको छ।

दाङमा करोडौं मूल्य बराबरको ईट्टामा क्षति

दाङ, माघ २१ । अत्याधिक बर्षाका कारण दाङमा करोडौं रुपैयाँ बराबरको काँचो ईट्टामा क्षति भएको छ । दाङ देउखुरी ईट्टा व्यवसायी संघका अध्यक्ष प्रेमनाथ योगीले बेमौसमी बर्षाका कारण ३ करोड रुपैयाँ बराबरको इट्टामा क्षति भएको जानकारी दिनुभयो । पकाउनका लागि तयारी अवस्थामा राखिएका ईट्टा पानीले भिजाउँदा नष्ट भएको हो । निकाल्ने समयका ईट्टा भिजेपछि जिल्लामा […]

हिउँदे वर्षाले काँचो इँटामा क्षति

दाङमा पोल्न तयार पारिएको करोडौं मूल्यको काँचो इँटामा हिउँदे वर्षाले क्षति पु¥याएको छ ।एक महिनादेखि मजदुर लगाएर बनाइएको काँचो इँटा हिउँदे वर्षाले नष्ट गरेपछि भट्टा सञ्चालकहरु आर्थिक मारमा परेका छन् । “दुई दिन परेको पानीले तयार गरिएको काँचो इँटामध्ये ६० प्रतिशत नष्ट गरेको छ” दाङ देउखुरी इँटा व्यवसायी समिति अध्यक्ष रोम वलीले भने, “भट्टीमा पोल्नका […]

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा क्षति

दुईदिन अघिसम्म परेको बेमौसमी वर्षाका कारण रौतहटका इँटा उद्योगमा करोडौं मूल्य बराबरको क्षति भएको छ । वर्षाले काँचो इँटा गलेर नष्ट भएको हो । मंगलबार रातिदेखि बुधबारसम्म परेको बेमौसमी वर्षाले रौतहटका एक सयभन्दा बढी इँटा उद्योगमा पोल्नका लागि राखिएको करोडौं मूल्य बराबरको काँचो इँटा गलेर नष्ट भएको हो ।इँटा उत्पादक संघ रौतहटका अध्यक्ष रामविनोद साहका अनुसार जिल्लामा एकसय ६२ वटा इँटा उद्योग संचालनमा छन् ।बेमौसमी वर्षाले प्रायः सबै उद्योगमा क्षति गरेकाले कम्तीमा ५ करोडभन्दा बढी मूल्यको इँटा गलेर नष

दोदा नदीको बाढीले धान बगाउँदा लाखौंको क्षति

कञ्चनपुर : लगातारको वर्षाका कारण आएको बाढीले लालझाडी गाउँपालिका क्षेत्रका किसानले काटेको दोदा नदीले धान बगाएको छ।नन्दगाउँ, कस्वा, विनावारी, नौरंगा, विचवालगायत क्षेत्रका किसानले काटेर खेतमा सुकाएका धान बगाउँदा करोडौं रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले बताए।‘केही ठाउमा दोदा नदीको पानी पसेपछि बग्यो’ उनले भने, ‘केही ठाउँमा वर्षाको पानीले बगाएर धान नदीमा पुर्‍यायो। पुरै खेत र बस्ती जलमग्न छन। काटेको सबै धान बगेको छ।’नदीले धान बगाएको टुलुटुलु हेर

बाढीले रुपन्देहीमा दर्जनौं उद्योग डुबानमा, करोडौं क्षति भएको अनुमान

बिहीबार दिउँसो आएको अविरल वर्षाका कारण रुपन्देहीका दर्जनौं उद्योग डुबानमा परेका छन् । रुपन्देहीको सिद्धार्थ र तिलोत्तमा नगरपालिकासहित अन्य क्षेत्रमा रहेको उद्योग डुबानमा परेका हुन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले जिल्लाका धेरैवटा उद्योग डुबानमा परेको जानकारी दिए । उनले सिद्धार्थ र तिलोत्तमा नगरपालिकासहित रुपन्देही–भैरहवा करिडोरका गरी दर्जनौ उद्योग डुबानमा परेको बताए । पञ्चकन्या स्टिल र प्लास्टिक उद्योग, एभरेष्ट रोलिङ, एभरेष्ट फूड एण्ड वेभरेज, लक्ष्

बाढी पहिरोले उदयपुरमा करोडौं रुपैयाँको तरकारी क्षति

उदयपुर : तरकारीको पकेट क्षेत्र मानिने कटारी बेलका नगरपालिकामा बाढी पहिरोको कारण करोडौं रुपैयाँको तरकारी क्षति भएको छ। अविरल वर्षाको कारण फल लाग्दै गरेको तरकारी नष्ट भएको छ। बिक्रीको लागि तयार गरिएका तरकारी बाढी पनि पहिरोले सडक अवरुद्ध भएपछि किसानको घरमै कुहिएको छ। कतार पठाउने तयारी गरिएएको करिब ३० टन तीतेकरेला ...