लगातारको वर्षाले इट्टा उद्योगमा अर्बौंको क्षति

बिहीबारदेखि भएको लगातारको बर्सातका कारण मधेस प्रदेशका इट्टा उद्योगमा अर्बौंको क्षति भएको छ । तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इट्टा उद्योगमा क्षति पुगेको छ । तयारी अवस्थामा रहेका करोडौं रुपियाँ मूल्य बराबरको काँचो इट्टा लगातारको वर्षाले नष्ट भएका छन् । अहिले इट्टा तयार पार्ने याम भएकाले सबै इट्टा उद्योगहरुमा काँचो इट्टा नै तयारी भइरहेको बेला बर्सातले अर्बौं रुपैयाँ मूल्य बराबरका इट्टाको क्षति भएको उद्योग सञ्चालकहरूले बताएका छन् ।

सम्बन्धित सामग्री

वर्षाले इँटा उद्योगमा अर्बौं क्षति

जनकपुरधाम : लगातार दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण तराई–मधेशका इँटा उद्योगमा अर्बौंको  क्षति भएको छ।वर्षाका कारण निर्माणका लागि तयार अवस्थामा रहेका लाखौं काँचो इँटा नष्ट भएको र इँटा तयार पार्ने सिजनको मुखमै वर्षा हुँदा अर्बौंको क्षति भएको इँटाभट्टा सञ्चालकले जानकारी दिएका छन्।शुक्रबार र शनिबार भएको वर्षाको  कारण सयौँ इँटा उद्योगमा क्षति भएको छ। उद्योग सञ्चालकका अनुसार प्रति इँटा उद्योगमा कम्तिमा २० देखि २५ लाख काँचो इँटा नष्ट भएका छन्।धनुषाका  गणेश इँटा उद्योगका स

लगातारको वर्षाले इँटा उद्योगमा अर्बौंको क्षति

धनुषा । बिहीबारदेखि भएको लगातारको वर्सातका कारण मधेस  प्रदेशका इँटा उद्योगमा अर्बौंको क्षति भएको छ । तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इँटा उद्योगमा क्षति पुगेको छ । तयारी अवस्थामा रहेका करोडौं रुपैयाँ मूल्य बराबरको काँचो इँटा लगातारको वर्षाले नष्ट भएका छन् । अहिले इँटा तयार पार्ने याम भएकाले...