ललितपुर । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ललितपुर महानगरपालिका–१६ काøगुननि स्थित मंकाः छेँको भवन मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको छ । डेढ वर्षभित्रमा सो मंका छेँको पुनर्निर्माण सम्पन्न भएको हो । दाँची इँटा र मल्लकालीन वास्तुशैलीमा बनाइएको सो भवन साढे दुई तल्लाकोे छ । भवनको पुनर्निर्माणमा करिब ७० लाख रुपैयाँ खर्च भएको मंका खलःले जनाएको छ …