भूकम्पबाट भत्किएका ४५३ सम्पदा पुनर्निर्माण

वि.स. २०७२ वैशाखमा आएको विनाशकारी भूकम्पबाट भत्किएकामध्ये ४५३ सम्पदाको  पुनर्निर्माण भएको छ । पुनर्निर्माण प्राधिकरणले बताएअनुसार हालसम्म करिब ५० प्रतिशत सम्पदा पुनर्निर्माण भएका हुन् ।उक्त विनाशकारी भूकम्पमा परेर ३२ जिल्लाका कुल ९२० वटा सम्पदा भत्किएका थिए । भत्किएकामध्ये अब ४६७ वटा सम्पदाका पुनर्निर्माण सम्पन्न हुन बाँकी छ । महालेखाले ५८ औं वार्षिक प्रतिवेदनमा सम्पदाको पुनर्निमाण समयमै सकिनुपर्ने उल्लेख गरेको छ ।

सम्बन्धित सामग्री

सम्पदा पुनर्निर्माणमा सकस

भूकम्प गएको सात वर्ष बित्दा पनि एक सय ३९ वटा महत्वपूर्ण ऐतिहासिक सम्पदा पुनर्निर्माण अघि बढ्न सकेको छैन । पुनर्निर्माण नहुँदा राजधानीदेखि विभिन्न जिल्लामा रहेका ऐतिहासिक सम्पदा अलपत्र छन् ।  भूकम्पले क्षति...

६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न

काठमाडौं, असार ३० । भूकम्प गएको ७ वर्षपछि ६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन्। पुरातत्त्व विभागका अनुसार २०७२ साल वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पका कारण मुलुकभर १ सय २० वटा सम्पदा क्षतिग्रस्त भएका थियो। तीमध्ये अब २ सय ५७ सम्पदा पुनर्निर्माण गर्न बाँकी रहेको विभागको भनाइ छ। विभागले हालसम्म ७२ […]

६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न

भूकम्प गएको ७ वर्षपछि ६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन्। पुरातत्त्व विभागका अनुसार २०७२ साल वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पका कारण मुलुकभर १ सय २० वटा सम्पदा क्षतिग्रस्त भएका थियो। तीमध्ये अब २ सय ५७ सम्पदा पुनर्निर्माण गर्न बाँकी रहेको विभागको भनाइ छ। विभागले हालसम्म ७२ प्रतिशत सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको छ।विभागका प्रवक्ता रामबहादुर कुँवरले क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण सम्पन्न गर्न अझै ३ वर्ष लाग्ने जानकारी दिए। उनले भने, हामीले विसं २०८१ सालसम्म सम्पन्न गर्ने ल

सम्पदा पुनर्निर्माण : अदालतमा मुद्दा विचाराधीन, धमाधम उद्घाटन

काठमाडौं : देशको संघीय राजधानी काठमाडौंको केन्द्रमा रहेको काष्ठमण्डपको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तामझामका साथ उद्घाटन गरियो। सर्वाेच्च अदालतको आदेशविपरीत काष्ठमण्डप उद्घाटन गरिएको हो। २०७२ सालको भूकम्पमा देशभरिका हजारौं सम्पदा ध्वस्त भए। काठमाडौं उपत्यकाका सम्पदा पनि क्षतिग्रस्त भए। कसरी र कसले बनाउने भन्ने लामो समयको विवादपछि  पुनर्निर्माणको जिम्मेवारी काष्ठमण्डप पुनर्निर्माण समितिले पायो। पुनर्निर्माण समितिले निर्माण गर्दा पुरानो मूर्ति हटाएर नयाँ मूर्

काठमाडौं महानगरद्वारा १५० सम्पदा पुनर्निर्माण

काठमाडौं महानगरपालिकाले १ सय ५० भन्दा बढी सम्पदा पुनर्निर्माण गरेको बताएको छ ।पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफू २०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित भई आएपछि हालसम्म १ सय ५० भन्दा बढी सम्पदाको पुनर्निर्माण भएको बताएका हुन् । उनले काष्ठमण्डप, कमलपोखरी, दरबार स्कुल, विभिन्न वडामा रहेका ऐतिहासिक बाहाः बही, मठमन्दिर, चैत्य, विहार, […]

दोलखा ऐतिहासिक सम्पदा पुनर्निर्माण

दोलखा-ऐतिहासिक नगरी द्वाल्खालाई सम्पदा बस्तीका रूपमा पुनर्निर्माण गरिएको छ । ७ वर्षअघि विनासकारी भूकम्पले ढलेका सम्पदा र बस्ती पुनर्निर्माणसँग परम्परागत शैली झल्कन थालेको छ । अभयपुर राज्यको नामले चिनिने भीमेश्वर नगरपालिका–२ स्थित सांस्कृतिक तथा पुरातात्विक द्वाल्खा क्षेत्रलाई सम्पदा बस्तीका रूपमा २०७५ देखि पुनर्निर्माण गर्न थालिएको हो ।जिल्लाभरका धेरै निजी आवास पुनर्निर्माण भइसक्दा पनि दोलखाको सम्पदाबस्ती […]

भारतीय सहायतामा ललितपुरका सम्पदा पुनर्निर्माण कार्य सुरु

काठमाडौं : भारतीय अनुदानमा ललितपुर जिल्ला रहेको हिरण्यवर्ण महाविहार र दिगि छें को निर्माण कार्य सुरु भएको छ।यी महाविहार र दिगि छें नेपालका महत्वपूर्ण सम्पदा क्षेत्र हुन्। सुनौलो मन्दिरको रुपमा प्रख्यात महाविहारको पुनर्निर्माण लागत १८ करोड १० लाख नेपाली रुपैयाँ रहेको छ।युनेस्कोबाट विश्व सम्पदास्थलको रुपमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा महाविहार अवस्थित छ। यो महाविहार पाटनको सबैभन्दा महत्त्वपूर्ण वौद्ध मन्दिर मठ को रुपमा पनि चिनिन्छ।ललितपुर जिल्लामा ७ वटा सांस्कृतिक सम्पदाह

सम्पदा पुनर्निर्माण : ठेकेदारभन्दा उपभोक्ता समिति अब्बल

२०७२ साल वैशाख १२ गते आजैको दिन विनाशकारी भूकम्प गयो । गोरखाको वारपाक केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पले ठूलो जनधनसँगै ८९१ साना एवं ठूला सम्पदाहरूमा पनि क्षति पुर्‍यायो । त्यसमध्ये दुईतिहाइ सम्पदाको पुनर्निर्माण अझै सम्पन्न भएको छैन । कैयौं सम्पदा पुनर्निर्माण भए त कैयौं हुँदैछन् । निर्माण सम्पन्न हुनेमा पनि ठेकेदारले पुनर्निर्माण गरिरहेकाभन्दा उपभोक्ता समितिले […]

सम्पदा पुनर्निर्माण आधा बाँकी

काठमाडौं, बैशाख १२ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महाभूकम्पमा क्षतिगस्त ९ सय २० सम्पदामध्ये ४ सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भएको जनाएको छ। २ सय ८८ वटा पुनर्निर्माण भइरहेका छन्। विश्व सम्पदा क्षेत्रमा क्षति भएका १ सय ७० सम्पदामध्ये १ सय १० वटाको निर्माण सम्पन्न भएको छ। ४९ वटाको निर्माण चालू वर्ष सम्पन्न हुनेछ। उपत्यकाका ४ […]

सम्पदा पुनर्निर्माण गर्न भारतद्वारा २३ करोड सहयोग

भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेका सांस्कृतिक सम्पदा परियोजना पुनस्र्थापना र पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा ठेकेदारबीच मंगलबार तीनवटा ठेक्का सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतामा सिन्धुपाल्चोक जिल्लामा रहेको चिरीघ्याङ्ग गुम्बा, तार्केघ्याङ्ग गुम्बा र मेलाम्ची घ्याङ्ग गुम्बा निर्माण हुन लागेको हो । उक्त कार्यक्रममा पूर्व अर्थराज्यमन्त्री डा.लार्केल लामा, प्रदेश सभा सदस्य निमा […]