६६ प्रतिशत सडकको पुनर्निर्माण कार्य सकियो

काठमाडौं।पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले ६६४ किलोमिटर स्थानीय स्तरका सडकमध्ये ६६ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको बताएका छन्।बाँकी ३४ प्रतिशत सडकको पुनर्निर्माण काम भइरहेको उनले जनाए।१०० किलोमिटर रणनीतिक सडकमध्ये ८८प्रतिशतको काम सम्पन्न भएको छ भने १२प्रतिशतको काम जारी छ।पुनर्निर्माण गर्नुपर्ने १५ वटामध्ये ९ वटा पुलको पुनर्निर्माण सम्पन्न भइसकेको छ।पुनर्निर्माण जारी बाँकी ६ वटा पुलको ५० प्रतिशत भौतिक प्रगति भइसकेको छ।

सम्बन्धित सामग्री

दुईसय वर्ष पुरानो समय् फल्चाको सकियो पुनर्निर्माण

५ चैत, ललितपुर । पुल्चोकस्थित हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्ने केही पर रहेको दुईसय वर्ष पुरानो इतिहास बोकेको समय् फल्चाको पुनर्निर्माण सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुल्चोक टोल सुधार समितिद्वारा शनिबार आयोजित एक कार्यक्रमका बीच सो फल्चाको शिलालेखको अनावरण गरे । सो अवसरमा प्रमुख महर्जनले आफूले हालसम्म ७५ पाटी […]

सिमेन्ट प्रयोग गरेपछि विवादमा परेको कमलपोखरीको पुनर्निर्माण कार्य सकियो

विवादका बीच पुनर्निर्माण थालिएको कमलपोखरीको पुनर्निर्माण कार्य सकिएको छ। पुनर्निर्माण कार्य सकिएलगत्तै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार पोखरीको उद्घाटन गरेका छन्। महानगरका अनुसार पोखरी पुनर्निर्माणमा करिब ६ करोड ४०...

भद्रकाली मन्दिरको पुनर्निर्माण कार्य सकियो

वटु लुँ मधि अजिमा (भद्रकाली) द्यः छेँ मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ। पुननिर्मित द्यः छेँ को शनिवार महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन्। २०७२ सालको भूकम्पले जीर्ण भएको देवघर बनाउन...

अझै पुनर्निर्माणकै चरणमा राजधानीका सम्पदा (फोटोफिचर)

२८ फागुन, काठमाडौं । विनाशकारी भूकम्पमा परी राजधानी काठमाडौं उपत्यकाका सम्पदा भत्किएको ७ वर्ष पूरा हुन लागिसक्यो । भूकम्पमा भत्किएका संरचना पुनर्निर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पनि पुनर्निर्माणका धेरैजसो काम सकियो भनेर खारेज भइसक्यो । तर राजधानीको सम्पदा पुनर्निर्माण अझै सकिएको छैन । ललितपुरको थेँचो, बुङ्मती, पाटन, काठमाडौंको वसन्तपुर, जैसीदेवल, भक्तपुरको दरवार परिसर […]

पुनर्निर्माण सकियो तर टहरामै राष्ट्रिय पुस्तकालय

२०७२ साल वैशाख १२ को भूकम्पले ध्वस्त धेरै संरचना, सम्पदा र भवन पुनर्निर्माण भए । पुनर्निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण यसै महिनादेखि खारेज भएको छ । तर नेपालकै राष्ट्रिय पुस्तकालय भने आफ्नै नाममा जग्गा नभएका कारण पुस्तकालय सेवा दिन असमर्थ रहेको गुनासो छ । यस्तैमा त्यही भूकम्पले क्षतविक्षत बनाएको बौद्धिक सम्पदा भने जग्गा नै नहुँदा ललितपुरबाट भक्तपुर पुगेर बल्ल टहराबाट सोमबारदेखि ज्ञान बाँड्न थालेको छ । यसको सानो सेवा भने ललितपुरबाटै दिइँदै छ । भूकम्पपछि राष्ट्रिय पुस्तकालयका पुस्तकहरू काठमाडौँको ज्ञा...

पुनर्निर्माण प्राधिकरणको अवधि सकियो, सरकारलाई जिम्मेवारी हस्तान्तरण

भूकम्पपछि स्थापना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ६ वर्षको कार्यकाल सकिएको छ । २०७२ सालको भूकम्पले क्षति गरेका संरचना र प्रभावितलाई छानो दिन गठन गरिएको प्राधिकरणले आफ्नो कार्यकाल पुरा गरेर बिहीबार जिम्मेवारी हस्तान्तरण गरेको छ ।प्राधिकरणले सिंहदरबारमा औपचारिक कार्यक्रम गरेर गृहमन्त्री बालकृष्ण खाणमार्फत आफ्नो जिम्मेवारी सहरी विकास मन्त्रालय र विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको छ । पुनर्निर्माण प्राधिकरणले २०७२ पुस १० बाट काम थालेको थियो ।गृहमन्त्री बालकृष

काष्ठमण्डप पुनर्निर्माणको काम सकियो

ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो । २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र यस पटक भने देशका विभिन्न स्थानबाट ल्याइएका काठ काष्ठमण्डप बनाउनका लागि प्रयोग गरिएको समितिका अध्यक्ष तथा बागमती प्रदेशका सांसद राजेश शाक्यले […]

काेभिड महामारीबीच सकियो रानीपोखरी र धरहराको पुनर्निर्माण

काठमाडौं। कोभिड–१९ को समयमै विनासकारी भूकम्पले भत्किएको रानीपोखरी र धरहराको पुननिर्माण सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गर्दै कोभिडको समयमा पनि निरन्तर काम गरेर पुनर्निर्माण सकेको बताए। उनले भने, ‘कोभिड भयो भनेर निराश भएर बसेनौं। सर्तकता अपनाउँदै निर्माणका काम अगाडी बढायौं।’