प्रधानन्यायाधीशलाई भेट्नुअघि आन्तरिक छलफलमा न्यायाधीशहरू

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्नुअघि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । सर्वोच्च अदालतस्थित न्यायिक संग्रहालयको सभाकक्षमा न्यायाधीशहरूबीच छलफल भइरहेको हो । प्रधानन्यायाधीशको भूमिकाप्रति असन्तुष्ट न्यायाधीशहरूले आज प्रधानन्यायाधीशलाई सामूहिक रूपमा भेट्ने तयारी गरेका छन् । सोमवार बसेको १३ न्यायाधीशको बैठकले जबरालाई भेटेर उनको कुरा सुन्ने र निकासका लागि आग्रह गर्ने निर्णय गरेको थियो । जबरालाई भेटेपछि पुन: बैठक बसेर भावी रणनीति तय गर्ने तयारीमा न्यायाधीशहरू छन् ।  

सम्बन्धित सामग्री

जबरा आउने भएपछि सर्वोच्चका न्यायाधीशहरू आन्तरिक छलफलमा

संघीय संसद् सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी रहेको पत्र पठाएसँगै सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । बुधबार अपराह्न १२ः३० बजेदेखि न्यायाधीशहरू आन्तरिक छलफलमा रहेको सर्वोच्च अदालत श्रोतले बतायो ।निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी भएको पत्र सर्वोच्च अदालतमा समेत आइपुगेपछि न्यायाधीशहरू अब कसरी अगाडि बढ्ने भनेर आन्तरिक छलफलमा जुटेका हुन् । औपचारिक छलफल नभए पनि उनीहरू फूलकोर्टमा रहेको कार्यसम्

बार पदाधिकारी र न्यायाधीशहरु आज पनि छलफलमा

सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एसोसियसनका पदाधिकारी आज पनि छलफलमा जुटेका छन््। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्चका पाँच न्यायाधीशबाहेकका अन्य न्यायाधीशहरु र बार पदाधिकारी आन्तरिक छलफलमा जुटेका बारका महासचिव...

बारसँगको छलफलमा उपस्थित भएनन् पाँच न्यायाधीश

नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरूसँगको छलफलमा पाँच जना न्यायाधीशहरू उपस्थित भएनन् ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निकट मानिने पाँच जना न्यायाधीशहरू सोमवार बारका पदाधिकारीहरूसँग भएको छलफलमा अनुपस्थित भएका थिए ।  अवज्ञा आन्दोलन गरिरहेका कूल १८ जना न्यायाधीशहरू मध्ये १३ जना छलफलमा सहभागी भए पनि पाँच न्यायाधीशहरू अनुपस्थित भएका थिए । न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडाल बारसँगको छलफलमा सहभागी भएका थिएनन् ।  ब...

सर्वोच्च परिसरमा बारको आन्दोलन, रणनीति बनाउन न्यायाधीशहरू छलफलमा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च परिसरमा आन्दोलन गरिरहेको समयमा सर्वोच्चका न्यायाधीशहरूले विकसित पछिल्लो अवस्थाको बारेमा छलफल गरेका छन् । बारले आन्दोलन सशक्त बनाउँदै लगेपछि न्यायाधीशहरू छलफलमा जुटेका हुन् ।  प्रधानन्यायाधीशको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन गरेको बारले बिहीवार सर्वोच्च अदालत परिसरमा विरोध सभा नै गरेको थियो । आफूहरूको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि बारले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सर्वोच्च परिसरमा बारको आन्दोलन चलिरहेका बेला सर्वोच्चक...

आगामी रणनीति तय गर्न आन्तरिक छलफलमा न्यायाधीशहरु

आगामी रणनीति तय गर्न सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका छन्। बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित मुद्दाको सुनुवाइ के गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरु छलफलमा जुटेका हुन्। न्यायालय सुधारका लागि भन्दै बार...

राजीनामा नदिए तिहारपछि न्यायाधीशहरू सशक्त आन्दोलनमा उत्रने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै ९ दिनदेखि नियमित मुद्दा सुनुवाइ बहिष्कार गरेका सर्वोच्चका १९ न्यायाधीशहरू तिहारलगत्तै सशक्त आन्दोलनमा उत्रने भएका छन् । प्रधानन्यायाधीशको बहिर्गमनको मुख्य सर्त राखेर इजलास बहिष्कार गरेका न्यायाधीशहरू सोमबार इजलास फर्केर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गरेका थिए । प्रधानन्यायाधीशले मुद्दा नहेर्ने सर्तमा बन्दी प्रत्यक्षीकरण रिट हेरेका न्यायाधीशहरू मंगलबार पुनः छलफलमा जुटेसँगै तिहारलगत्तै आन्दोलनलाई थप सशक्त बनाउने निष्कर्षमा पुगेका हुन् । ‘हामीले प्रधानन्यायाधीशको सर्त पन...

सर्वोच्चका न्यायाधीशहरु छलफलमा

सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरु आज मंगलबार पनि छलफलमा जुटेका हुन्। न्यायाधीशहरुले गठन गरेको वार्ता समितिले हिजो साँझ प्रधानन्यायाधीश जबरासँग...

प्रधानन्यायाधीश र न्यायाधीशसहरुको भेट सकियो, पुन: छलफलमा जुटे न्यायाधीशहरु

सर्वोच्च अदालतका न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर उनको च्याम्वरबाट बाहिरिएका छन्। सर्वोच्चका १५ न्यायाधीश छलफलपछि जबरालाई भेट्न पुगेका थिए। प्रधानन्यायाधीशलाई भेटेर बाहिरिएपछि न्यायाधीशहरु पुन: छलफलमा जुटेका छन्।  प्रधानन्यायाधीश जबरा विवादमा मुछिएपछि...