जबरा आउने भएपछि सर्वोच्चका न्यायाधीशहरू आन्तरिक छलफलमा

संघीय संसद् सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी रहेको पत्र पठाएसँगै सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । बुधबार अपराह्न १२ः३० बजेदेखि न्यायाधीशहरू आन्तरिक छलफलमा रहेको सर्वोच्च अदालत श्रोतले बतायो ।निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी भएको पत्र सर्वोच्च अदालतमा समेत आइपुगेपछि न्यायाधीशहरू अब कसरी अगाडि बढ्ने भनेर आन्तरिक छलफलमा जुटेका हुन् । औपचारिक छलफल नभए पनि उनीहरू फूलकोर्टमा रहेको कार्यसम्