प्रधानन्यायाधीशसँगको सामूहिक भेट सकियो; न्यायाधीशहरू छलफलमा, जबराले पत्रकारलाई बोलाए

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्चका अन्य १५ न्यायाधीशको सामूहिक छलफल सकिएको छ । प्रधानन्यायाधीशसँग छलफलपछि न्यायाधीशहरू पुन: आन्तरिक छलफलमा जुटेका छन् । प्रधानन्यायाधीश जबराले भने केहीबेरमा पत्रकारलाई भेट्ने भएका छन् । सर्वोच्चका कुल २० न्यायाधीशमध्ये ४ जना बिदामा छन् भने उपस्थित भएका १५ जना न्यायाधीश नै जबराविरोधी कित्तामा उभिएका छन् ।   सामूहिकरूपमा जबरालाई भेट्नुअघि न्यायाधीशहरूले न्यायिक संग्रहालयको सभा कक्षमा भेला भएर छलफल गरेका थिए । सोमवार बसेको १३ न्यायाधीशको बैठकले जबरालाई भेटेर उनक...