एजेन्सी – दक्षिण अफ्रिका आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ समूह १ बाट नेटरनरेटको कारण समूह चरणबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १० रनले पराजित गरेपनि समूह चरणबाटै बाहिरिएको छ । इंग्ल्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको समान ८ अंक भएपनि नेटरनरेटको आधारमा दक्षिण अफ्रिका शीर्ष दुईमा पर्न सकेन । […]