अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

अष्ट्रेलिया आइसीसी टि–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समूह १ को इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको अन्तिम खेलको नतिजा आफू अनुकुल आएपछि अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको हो । अष्ट्रेलियाले सुपर १२ को समूह १ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको हो ।दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ११ रनले पराजित गरेपछि यसको फाइदा अष्ट्रेलियलाई भएको हो । इंग्ल्यान्डलाई हराएपनि दक्षिण अफ्रिका भने बाहिरिएको छ ।शनिबारै भएको पहिलो खेलमा अष्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । अष्ट्रेलिया चौथो पटक सेमिफाइनलम पुगेको हो । समूह १ को विजेता बन्दै इंग्ल्यान्ड यसअघि नै सेमिफाइनल पुगिसकेको छ । अष्ट्रेलियाले सेमिफाइनलमा समूह २ को विजेतासँग खेल्नेछ । समूह २ को विजेता पाकिस्तान बन्ने निश्चित जस्तै छ ।अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदा इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । बंगलादेशलाई ८ विकेटले हराएको थियो ।

सम्बन्धित सामग्री

विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

अष्ट्रेलियामा जारी टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन् । आजको खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुने छ । सुपर १२ को चरण अन्तर्गत समुह २ मा रहेका यी दुई टोली आमने सामने हुन लागेका हुन् । भारत रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ भने पाकिस्तान बाबर आजमको कप्तानीमा अमिदन उत्रने छ ।  एक महिना अगाडी मात्र यी २ टिम एसिया कपमा २ पटक प्रतिस्पर्धा गरेका थिए । जसमा एउटा खेल भारतले २ बल बाँकि रहेंदा जितेको थियो भने अर्को खेल पाकिस्तानले १ बल बाँकि रहंदा जितेको थियो । भारत र पाकिस्तान रहेको समुहमा बंगलादेश,  साउथ अफ्रीका, नेदरल्याण्ड र जिम्बाबे पनि छन् । नेदरल्याण्ड र जिम्बाबे पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।त्यस्तै अर्को समुहमा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजील्याण्ड, आयरल्याण्ड र श्रीलंका रहेक  छन् । आयरल्याण्ड र श्रीलंका  पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।पहिलो राउण्ड नै पार गर्न नसकेपछि यस पटकको सुपर १२ चरणमा वेस्ट इन्डिज समावेश छैन । वेस्ट इन्डिज २ पटक टि २० विश्वकपको उपाधि जितेर सर्वाधिक सफल टोलीको रुपमा रहेको छ ।

विश्वकप क्रिकेटः इंग्ल्याण्डलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा

काठमाडौं । आयोजक टिम इंग्ल्याण्डलाई ६४ रनले हराउँदै पाँच पटकको विश्व विजेता अष्ट्रेलिया आइसीसी एकदिवसीय विश्वकप क्रिकेट (२०१९) को सेमिफाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलिया जारी विश्वकपमा सेमिफाइनल पुग्ने पहिलो टिम ...