कर्णाली प्रदेशकाका पाँच ओटा अस्पताललाई ११ करोड

जेठ १७, सुर्खेत । संघीय सरकारले कर्णाली प्रदेशका पाँच ओटा अस्पताललाई ११ करोडभन्दा बढी रकम सुनिश्चित गरेको छ । आइसियु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयबाट ११ करोड ४० लाख रुपैयाँ सुनिश्चित गरिएको हो ।  कोभिड–१९, का कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसियु र आइसियु भेन्टिलेटरको थप व्यवस्था गर्न उक्त रकम खर्च गरिने छ । सरकारले रुकुम पश्चिमको मुसिकोट अस्पताल, मुगु अस्पताल र सुर्खेतको मेहलकुना अस्पताललाई तीन/तीन करोड रुपैयाँ पठाएको छ ।  थप आइसियु भेन्टिलेटरका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, र प्रदेश अस्पताल सुर्खेतलाई १ करोड २० लाख रुपैयाँका दरले स्रोत रकम सुनिश्चित गरिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुरुप अर्थ मन्त्रालयले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट सुनिश्चित गरेको हो । सरकारले कर्णाली प्रदेशसहित देशभरका ४१ ओटा अस्पतालका लागि १ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको हो । 

सम्बन्धित सामग्री

रामपुर अस्पताललाई डायलाइसिस मेसिन हस्तान्तरण

रामपुर अस्पताललाई डायलासियस मेसिन प्राप्त भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट अस्पताललाई पाँचवटा डायलासियस मेसिन प्रदान गरिएको हो।

जोशीको शव अस्पताललाई हस्तान्तरण

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शव किस्ट अस्पताललाई हस्तान्तरण गरिएको छ। जोशीले जीवितै रहँदा आफ्नो शरीर नजलाउने र अस्पताललाई दिने घोषणा गरेका थिए। सोही बमोजिम उनको अस्पताललाई हस्तान्तरण गगरिएको हो।  उनलाई अन्ति...

आयोगद्धारा तीन अस्पताललाई विशेषज्ञ डाक्टर पढाउने अनुमति

काठमाडौं, २ पुस । चिकित्सा शिक्षा आयोगले तीन निजि अस्पताललाई विशेषज्ञ डाक्टरलाई अध्यापन गराउन अनुमति दिएको छ । आयोगले ग्रान्डी अस्पताल, नेपाल मेडिसिटी अस्पताल र बिएन्डबी अस्पताललाई अनुमति दिएको हो । ग्रान्डी अस्पताललाई अर्थोपेडिक्स विषयका लागि १ वटा, नेपाल मेडिसिटी अस्पताललाई प्याथोलोजी, रेडियोलोजी र एनेस्थेसियोलोजी १/१ गरी तीन वटा र बिएन्डबी अस्पताललाई अर्थोपेडिक्समा २ वटा […]

सल्यान अस्पताललाई डेढ करोड

काठमाडौं। कोभिड–१९ विरुद्ध लड्न आवश्यक पर्ने अक्सिजनको प्लान्ट स्थापना गर्न सरकारले सल्यान अस्पताललाई १ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ। उपप्रधानमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त अस्पताललाई रकम छुट्टयाएका हुन्।

भक्तपुर अस्पताललाई १२ करोड

काठमाडौं। सरकारले कोरोना नियन्त्रणका लािग भक्तपुर अस्पताललाई १२ करोड रुपैयाँ सुनिश्चित गरेको छ। अर्थ मन्त्रालयले बिहीबार अस्पताललाई सो रकम दिने निर्णय गरेको हो। कोभिड–१९ नियन्त्रण र संक्रमितको उपचारका लागि उक्त रकम छुट्याएको मन्त्रालयले बताएको छ।

२५ अस्पताललाई तीन/तीन करोड

काठमाडौं। अर्थमन्त्रालयले देशका २५ अस्पताललाई तीन/तीन करोड रुपैयाँ दिने भएको छ। कोभिड–१९ विरुद्धको उपचारका लागि मन्त्रालयले २५ जिल्लाका अस्पताललाई प्रति अस्पताल ३ करोडका दरले रकम दिने भएको हो। ती अस्पतालले उक्त रकम कोभिडविरुद्धको उपचारका लागि चाहिने स्वास्थ्य सामाग्री र उपकरण किन्नुनपर्ने छ।

यी अस्पताललाई दिइयो ८ करोड

काठमाडौं। सरकारले कोरोना नियन्त्रण गर्न विभिन्न १२ अस्पताललाई ८ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ। जसअन्तर्गत त्रिवि शिक्षण अस्पताल र संखुवासभा अस्पताललाई ८०/८० लाख छुट्याइएको छ। यस्तै चौतारा, दैलेख, धनकुटा, जलेश्वर, इलाम, रामेछाप, रुकुम पश्चिम, र टिकापुर अस्पताललाई समान ७५/७५ लाख छुट्याइएको छ। यसैगरी ओखलढङ्गा र ब्यास अस्पतालले २५/२५ लाख पाएका छन्।

टेकु अस्पताललाई चेम्बरले दियो स्वास्थ्यसामाग्री

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई स्वास्थ्यसामाग्री हस्तान्तरण गरेको छ। अध्यक्ष राजेन्द्र मल्लले अस्पतालका अस्पताललाई स्वास्थ्यसामाग्री हस्तान्तरण गरेका हुन्। चेम्बरले अस्पताललाई पीपीई सेट, मास्क, पन्जा, स्यानीटाइजर र सिटामोल दिएको हो।

दोस्रो लहरसँग लड्न अस्पताललाई दिइयो ८ करोड

काठमाडौं। कोरोनाको दोस्रो लहर फैलिएसँगै सरकारले अस्पताहरूलाई ८ करोड २५ लाख रूपैयाँ रकमान्तर गरेको छ। अर्थ मन्त्रालयले मुख्य सचिवलाई दिएको जानकारीअनुसार सात प्रादेशिक अस्पताललाई र १८ केन्द्रीय अस्पताललाई गरी उक्त रकम पठाइएको हो। प्रादेशिक अस्पताललाई ३ करोड ३० लाख र केन्द्रीय अस्पताललाई ४ करोड ९५ लाख रकमान्तर गरिएको हो।

त्रिशुली अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

त्रिशुली अस्पताललाई मेरी स्टोप्स संस्थाले एम्बुलेन्स हस्तान्तरण गरेको छ। मेरी स्टोप्सले नुवाकोट छोड्ने क्रममा त्रिशुली अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।