दोस्रो लहरसँग लड्न अस्पताललाई दिइयो ८ करोड

काठमाडौं। कोरोनाको दोस्रो लहर फैलिएसँगै सरकारले अस्पताहरूलाई ८ करोड २५ लाख रूपैयाँ रकमान्तर गरेको छ। अर्थ मन्त्रालयले मुख्य सचिवलाई दिएको जानकारीअनुसार सात प्रादेशिक अस्पताललाई र १८ केन्द्रीय अस्पताललाई गरी उक्त रकम पठाइएको हो। प्रादेशिक अस्पताललाई ३ करोड ३० लाख र केन्द्रीय अस्पताललाई ४ करोड ९५ लाख रकमान्तर गरिएको हो।

सम्बन्धित सामग्री

दुई अस्पताललाई २ करोड ३० लाख

काठमाडौं। उपप्रधानमन्त्रीको पदभार सम्हालेसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई अस्पतालका लागि २ करोड ३० लाख रुपैयाँ दिन स्वकृति दिएका छन्। पौडेलले कोभिड–१९ विरुद्ध लड्न सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापनार्थ १ करोड ५५ लाख र रोल्पा अस्पतालमा एचडीयू जडान गर्न ७५ लाख रुपैयाँ विनियोजन गरेका हुन्।

सल्यान अस्पताललाई डेढ करोड

काठमाडौं। कोभिड–१९ विरुद्ध लड्न आवश्यक पर्ने अक्सिजनको प्लान्ट स्थापना गर्न सरकारले सल्यान अस्पताललाई १ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ। उपप्रधानमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त अस्पताललाई रकम छुट्टयाएका हुन्।

प्राइम बैंकद्धारा वीर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

प्राइम बैंकले कोभिड १९ महामारीविरुद्ध लड्न वीर अस्पताललाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग स्वरुप प्रदान गरेको छ ।बैंकले अस्पताललाई पीपीई, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलि लगायतका विभिन्न स्वास्थ सामाग्रीहरु प्रदान गरेको हो । बैंकका संचालक मनोज पौडेलले वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरे […]

कोभिडविरुद्ध लड्न जावलाखेल ग्रुपको दुई करोड सहयोग

काठमाडौं। जवलाखेल ग्रुप अफ इण्डष्ट्रिजले दुई करोड रुपैयाँ बराबरको स्वास्थ्यसामाग्री हस्तान्तरण गरेको छ। ग्रुपले कोरोनाको दोस्रो लहरविरुद्ध लड्न सरकार र समुदायलाई उक्त सहयोग गरेको हो। ग्रुपले अक्सिजन प्लान्ट र आईसयू विस्तार गर्न धुलिखेल अस्पताललाई एक करोड र प्रदेशका सामुदायिक समूहका लागि ७५ लाख रुपैयाँ सहयोग गरेको छ।

पाइपलाइन विस्तार गर्न दमौलीलाई ३० लाख

काठमाडौं। तनहुँको दमौली अस्पताललाई पाइपलाइन विस्तार गर्न ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ। अर्थमन्त्रालयले कोभिड–१९को दोस्रो लहरसँग लड्न भन्दै अस्पताललाई ३० लाख छुट्याएको हो। उक्त रकमले अस्पतालमा अक्सिजनको पाइपलाइन विस्तार गरिनेछ। कोभिडको दोस्रो लहरविरुद्ध लड्न सरकारले पछिल्लो समय अधिकांश अस्पताललाई बजेट विनियोजन गर्दै आएको छ।

चौधरी फाउण्डेशनले वीर अस्पताललाई १८ आईसीयू बेड दिने

काठमाडौं। चौधरी फाउण्डेशनले वीर अस्पताललाई स्वास्थ्य सामाग्री दिने भएको छ। कोरोनाको दोस्रो लहरसँग लड्न चाहिने आवश्यक स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरण दिने भएको हो। १८ आईसीयू बेड र अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ। यसैगरी, फाउण्डेशनले कर्णाली र सुदूरपश्चिम प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको छ। महामारीको समयमा देशका कर्पोरेट तथा निजी क्षेत्रले सहायता बढाएका छन्।

पाटन अस्पताललाई गोल्छा समूहको एक करोड

काठमाडौं। पाटन अस्पताललाई गोल्छा समूहले एक करोड रुपैयाँ दिएको छ। कोरोना महामारीविरुद्ध लड्न गोल्छा समूहले उक्त रकम दिएको अध्यक्ष शेखर गोल्छाले बताएका छन्। उनले कोरोना महामारीविरुद्ध मिलेर लड्न सानो सहयोग गरेको बताए। उक्त रकमले पाटन अस्पताललाई चाहिने आवश्यक स्वास्थ्य सामाग्री खरिद गरिने बताइएको छ।

कोरोनाविरुद्ध लड्न कर्णालीले छुट्यायो ८४ करोड

काठमाडौं। कर्णाली प्रदेश सरकारले कोभिड-१९ नियन्त्रण गर्न ८४ करोड निकासा गरेको छ। आवश्यक पर्ने पूर्वाधार बनाउन प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड तथा जिल्ला अस्पताल र रणनीतिक अस्पताललाई १२ करोड रुपैयाँ निकासा गरेको छ। यसैगरी, प्रदेश सरकारले तत्काल विकास खर्चबाट रकमान्तर गरेर एक अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ। यो रकमबाट तत्काल ५० करोड रुपैयाँ कोभिड कोषमा राखेको छ।