काठमाडौं, २ पुस । चिकित्सा शिक्षा आयोगले तीन निजि अस्पताललाई विशेषज्ञ डाक्टरलाई अध्यापन गराउन अनुमति दिएको छ । आयोगले ग्रान्डी अस्पताल, नेपाल मेडिसिटी अस्पताल र बिएन्डबी अस्पताललाई अनुमति दिएको हो । ग्रान्डी अस्पताललाई अर्थोपेडिक्स विषयका लागि १ वटा, नेपाल मेडिसिटी अस्पताललाई प्याथोलोजी, रेडियोलोजी र एनेस्थेसियोलोजी १/१ गरी तीन वटा र बिएन्डबी अस्पताललाई अर्थोपेडिक्समा २ वटा […]