आणविक सम्झौताबारे वार्ता गर्न इरानी विदेशमन्त्री मस्को पुगे

काठमाडौं- आणविक सम्भौताबारे वार्ता गर्न इरानी विदेशमन्त्री अमिरअब्दुलल्लाहियान रुसको राजधानी मस्को पुगेका छन् । इरान सम्झौताबारे वार्ता भइरहेका बेला रुसले नयाँ शर्त अघि सारेपछि इरानी विदेशमन्त्रीले मस्कोको भ्रमण गर्न लागेका हुन् । ‘विदेशमन्त्री मंगलबार मस्को जानुहुनेछ ।’ इरानी विदेशमन्त्रालयका प्रवक्ता सइद खतिबजादेलाई उद्धृत गर्दै दुबईबाट प्रकाशित हुने द नेशनल न्यूज अनलाइनले जनाएको छ । अमेरिकाले […]

सम्बन्धित सामग्री

साउदी र इरानी परराष्ट्रमन्त्रीबीच वार्ता

बेइजिङ– साउदी अरब र इरानका बीचमा एकअर्काको देशमा राजदुतावास खोल्ने देखी हवाई उडान गर्नेसम्मको सहमति भएको छ । साउदी अरब र इरानका परराष्ट्रमन्त्रीबीच चीनको राजधानी बेइजिङमा भएको भेटवार्ता पछि उक्त सहमति भएको हो । चीनले सो वार्ताको मध्यस्थकर्ता गरेको थियो ।  अन्तर्राष्ट्रिय समाचार संस्थाहरूको अनुसार गत मार्च महिनामा चीनको मध्यस्थतामा यी दुई देशबीच भएको ऐतिहासिक […]

इरानी अधिकारीहरूसँग आणविक निगरानी निकायका प्रमुखको वार्ता

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका प्रमुख राफेल ग्रोसीले युरेनियमका कणहरु हतियारको स्तरनजिक पुगेको भेटिएपछि तेहरानमा इरानी अधिकारीहरूसँग ‘रचनात्मक’ वार्ता भएको बताएका छन् ।

अमेरिकी प्रतिबन्ध हटे मात्र आणविक सम्झौता हुन्छ : इरानी राष्ट्रपति

इरानका राष्ट्रपति इब्राहिम रैसीले आणविक सम्झौताको लागि अमेरिकाले लगाइरहेको प्रतिबन्ध हटाउनुपर्ने बताए ।  प्रतिबन्धहरु स्थायी रुपमा हट्ने प्रतिवद्धता आउनुपर्ने उनले जोड दिए ।  उज्वेकिस्तान भ्रमणमा रहेका रैसीले तेहरानसँग सम्झौताको लागि वासिङटन इमानदार रहेकोप्रति प्रश्न रहेको बताउँदै यही कारण अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने बेला नआइसकेको बताए । ‘प्रतिबन्ध हट्ने र पछि पुनः ती नलाग्ने प्रत्याभूत गर्नुपर्यो । सुरक्षाको सवालमा इस्लामिक गणतन्त्र इरानविरुद्ध अनावश्यक राजनीतिक तथा आ

सीमा विवादबारे छलफल गर्न इरानी प्रतिनिधिमण्डल काबुलमा

काठमाडौँ- सीमा विवादलाई लिएर इरान र अफगानिस्तानबीच तनाव बढ्दै जाँदा अफगानिस्तानको शासन चलाइरहेको तालिबानका अधिकारीसँग भेटवार्ताका लागि इरानी प्रतिनिधिमण्डल अफगान राजधानी काबुल पुगेको छ । काबुलस्थित इरानी दूतावासले सीमा विवादबारे छलफल गर्न विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल तालिबान अधिकारीहरुसँग वार्ता गर्न काबुल आइपुगेको बताएको छ । अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा […]

सीमा विवाद सुल्झाउन इरानी प्रतिनिधिमण्डल काबुल आइपुगे

एजेन्सी- सीमा विवादलाई लिएर इरान र अफगानिस्तानबीच तनाव बढ्दै गएपछि काबुलस्थित इरानी दूतावासले सीमा विवादबारे छलफल गर्न विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल तालिबान अधिकारीहरूसँग वार्ता गर्न काबुल आइपुगेको बताएको छ। अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व रोक्न संयुक्त इरान-अफगान समिति गठन गरेको घोषणा गरेपछि प्रतिनिधिमण्डलले काबुल भ्रमण गरेको हो। आइतबार राति […]

भियनाको साटो कतारमा किन भयो इरान–अमेरिकाबीचको आणविक वार्ता ?

इरान र संयुक्त राज्य अमेरिकाबीच मंगलबारबाट कतारको राजधानी दोहामा अनौपचारिक आणविक वार्ता सुरु भएको छ । वार्तालाई युरोपेली संघले मध्यस्थता गरिरहेको छ । वार्ताका लागि इरानका प्रमुख आणविक वार्ताकार अलि बघेरी कानी र अमेरिकाको इरानी विशेष दुत रब माले कतारको एक होटलका अलग अलग कोठामा बसेका छन् ।  दुई कोठामा आउ–जाउ गर्ने अनुमती युरोपेली संघका दुत इनरिक मोरालाई दिइएको छ । उनले दुई देशको माग एकअर्कालाई पेस गरिरहेका छन् ।  वार्ताले मार्चमा रोकिएको अघिल्लो चरणको वार्तापछि अवरुद्ध कूटनीति

अमेरिकासँगको आणविक वार्ता केही दिनमा पुनः शुरू हुन्छ : इरान

इरानले अमेरिकासँग आणविक वार्ता केही दिनमा पुनः शुरू हुने बताएको छ । इरान र युरोपेली सङ्घले शनिबार संयुक्तरूपमा उक्त घोषणा गरेका हुन् । इरान र संयुक्त राज्य अमेरिकाबीच रोकिएको आणविक सम्झौतालाई पुनर्जीवित गर्न अप्रत्यक्ष वार्ता पुनः सुरु गर्न तेहरान सहमत भएको इरानी विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानसँगको संयुक्त टेलिभिजन पत्रकार सम्मेलनमा सङ्घको विदेश नीति प्रमुख जोसेप […]

रूसी नेता पुटिन र इरानी राष्ट्रपतिबीच अर्को हप्ता मस्कोमा भेटवार्ता हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम रायसीसँग वार्ता गर्ने भएका छन् । दुई नेताबीचको भेटवार्ताबारे रूसी प्रसारक रोसिया–१ ले आइतबार सो जानकारी दिएको हो । सन् २०२० को अगस्टमा राईसीले इरानको राष्ट्रपतिको रूपमा शपथ लिएपछि यी दुई नेताबीचको यो पहिलो आधिकारिक वार्ता हुनेछ । डिसेम्बर महिनाको सुरुमा एक पत्रकार सम्मेलनमा रूसी नेता पुटिनले नयाँ इरानी राष्ट्रपतिलाई सन् २०२२ को जनवरीमा मस्को भ्रमण गर्न आमन्त्रित गरेको जानकारी गराएका थिए । उनीहरूबीच गत नोभेम्बरमा टेलिफोन वार्...

अमेरिकाले १० अर्ब डलर फुकुवा गरेमात्र परमाणु वार्ता : इरान

इरानले परमाणु वार्ता सुरु हुनुअघि अमेरिकाद्वारा रोक्का गरिएको १० अर्ब डलर फुकुवा हुनुपर्ने शर्त राखेको छ । परमाणु कार्यक्रम रोक्न सन् २०१५ मा इरान र शक्ति राष्ट्रबीच सहमति भएको थियो । तर, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताबाट हात झिक्दै इरानविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेका थिए । वर्तमान राष्ट्रपति जो बाइडेनले सो सम्झौतामा अमेरिकालाई पुनः आबद्ध बनाउन खोजिरहेका छन् ।इरानी विदेशीमन्त्री हुसेन आमिरले परमाणु वार्ता निम्ति अमेरिकी अधिकारीहरू अघिल्लो महिनादेखि नै आफूलाई आग्रह गरिर

इरान र अन्य ६ देशबीचको परमाणु वार्ता स्थगित

एजेन्सी।इरान र विश्वमा ६ देशबीच २०१५ मा भएको परमाणु सम्झौता बहाल गर्न भन्दै भइरहेको वार्ता स्थगित भएको छ। सम्झौताका केही विषयमा असहमति कायमै रहेका बेला वार्ता स्थगित भएको हो। इरानका शीर्ष वार्ताकार अब्बास अरकचीले भियनाबाट इरानी टेलिभिजनलाई भने,‘हामी सम्झौतामा पहिलेभन्दा नजिक छौं। तर अझै केही विषयमा अहसमति छन् र म तेहरान फर्किदैछु।’ यद्यपि दुवै पक्षबीच पुनः वार्ता हुने बताइएको छ।