रूसी नेता पुटिन र इरानी राष्ट्रपतिबीच अर्को हप्ता मस्कोमा भेटवार्ता हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम रायसीसँग वार्ता गर्ने भएका छन् । दुई नेताबीचको भेटवार्ताबारे रूसी प्रसारक रोसिया–१ ले आइतबार सो जानकारी दिएको हो । सन् २०२० को अगस्टमा राईसीले इरानको राष्ट्रपतिको रूपमा शपथ लिएपछि यी दुई नेताबीचको यो पहिलो आधिकारिक वार्ता हुनेछ । डिसेम्बर महिनाको सुरुमा एक पत्रकार सम्मेलनमा रूसी नेता पुटिनले नयाँ इरानी राष्ट्रपतिलाई सन् २०२२ को जनवरीमा मस्को भ्रमण गर्न आमन्त्रित गरेको जानकारी गराएका थिए । उनीहरूबीच गत नोभेम्बरमा टेलिफोन वार्...