इलाम : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा बागमतीले पहिलो जित निकालेको छ।पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा मधेश प्रदेशमाथि २१–१३ को जित निकालेको हो।बागमतीका लागि सोनाम राकेश शेर्पाले सर्वाधिक ५ गोल गरे। जितसँगै बागमतीले ३ अंक जोडेको छ। यसअघि पहिलो खेलमा बागमतीले विभागीय टोलीविरुद्ध ८–४३ अन्तरको हार व्यहोर्दै ३ अंक सुम्पिएको थियो।लगातार दोस्रो खेल हारेको मधेश भने अंकविहीन छ। मधेशले पहिलो उद्घाटन खेलमा १३–६६ ले हार व्यहोरेको थियो