‘एमाले नेतृत्वले जसपासँग एकाएक गठबन्धन गर्दा कार्यकर्तामा असन्तुष्टि छायो’

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले जनता समाजवादी पार्टी (जसपा)सँग पार्टी केन्द्रीय नेतृत्वले एकाएक गठबन्धन गरी पर्सामा ५० प्रतिशत सिट जसपालाई दिनुपर्दा कार्यकर्तामा असन्तुष्टि छाएको बताएका छन् । शनिबार रातोपाटी टिमसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘नेकपा एमाले यहाँ एक्लै चुनाव लड्ने मुडमा थियो । एकाएक गठबन्धन हुँदा बागी उम्मेदवार उठ्नुभएको छ । दुवै पार्टीले बागी उम्मेदवारलाई कारबाही गरेका छौँ र बागीतिर लाग्नेलाई के गर्ने भन्ने सम्बन्धमा योजना बना

सम्बन्धित सामग्री

जानकारी बिना गठबन्धन भत्काएकामा एकीकृत समाजवादीको असन्तुष्टि

काठमाडौँ, ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर जन्मिएको आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइकामा असन्तुष्टि प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उनले सो कुरा बताएका हुन्। नेता […]

‘पहुँचवाला’लाई मन्त्रीमा निरन्तरता दिएपछि माओवादीमा असन्तुष्टि

काठमाडौँ : नयाँ गठबन्धन सरकारमा पार्टीबाट तीन मन्त्री दोहोरिएपछि माओवादी केन्द्रमा चर्को असन्तुष्टि देखिएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव शक्ति बस्नेत र स्थायी समिति सदस्य रेखा शर्मालाई लगातार अवसर दिइएपछि माओवादीमा असन्तुष्टि चुलिएको हो। अघिल्लो कार्यकालमा परिणाममुखी कार्यसम्पादन नगरेका ‘टेस्टेड’ नेतालाई नै ‘कम्फर्टेबल’ मन्त्रिपरिषद् विस्तारका नाममा नेतृत्वले अवसर दिएपछि माओवादीमा असन्तुष्टिका स्वर सुनिएका हुन्। माओवादीबाट

सत्ता गठबन्धनभित्रको असन्तुष्टि प्रदेश–प्रदेशमा छताछुल्ल

काठमाडौँ : एकअर्काप्रतिको तीव्र असन्तुष्टि र अविश्वासबीच केन्द्रको सात दलीय सत्ता गठबन्धन घस्रिरहेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीलगायतका सात दल सम्मिलित यो गठबन्धन गत वर्ष पुस १० मा तोडिएर फागुनमा फेरि जोडिएको थियो। गठबन्धनमा रहेका कुनै दल भने एकअर्काप्रति सन्तुष्ट छैनन्।चुलिँदो असन्तुष्टि र अविश्वास तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रयासबीच पनि केन्द्रीय गठबन्धन अहिले टुट्ने अवस्थामा छैन तर प्रदेशहरूमा भने एकअर्काप्रतिको असन्तुष्टि छताछुल्ल

कांग्रेसलाई प्रेम आलेको चेतावनी : सके ७७ जिल्लामै गठबन्धन गर्दैनौँ भने हुन्छ

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आलेले सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। नेता आलेको निर्वाचन क्षेत्र डोटीमा कांग्रेसले गठबन्धन गर्न नखोजेको भन्दै उनले असन्तुष्टि जनाएका हुन्। पार्टीको समाजवादी मगर संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘मेरो जिल्लामा पनि कांग्रेसले ठाउँ ठाउँमा भेला गर्ने, हामीलाई गठबन्धन चाहिँदैन भन्ने कुरा गरिरहेका छन्। गठबन्धन चाहिएन भने नगर्ने हो भने डोटीमा मात्र होइन ७७ जिल्लामै नगर्ने भन्नुप

नागरिकता विधेयकमा सत्ता गठबन्धनभित्रै असन्तुष्टि

नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित भए पनि सत्ता गठबन्धन भित्रकै दलहरुले असन्तुष्टि जनाएका छन् । गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका सांसदले असन्तुष्टि पोखेका हुन् ।विधेयक पारित गर्न गठबन्धनमा सहभागी माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले भूमिका निर्वाह गरे पनि उक्त विधेयकका बारेमा ती पार्टीकै कतिपय नेताहरुले विरोध जनाएका छन् । जनमोर्चा पहिलेदेखि नै उक्त विधेयकको विपक्षमा उभिएको थियो ।नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक

साना ‘वाम गठबन्धन’मा असन्तुष्टि : गजुरेलले खोजे धर्मेन्द्र–हेमन्तको हस्ताक्षर !

साना कम्युनिस्ट पार्टीहरुको गठबन्धन ब्युँतिएको २४ घण्टा नबित्दै असन्तुष्टि देखिएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीभित्र फुट र केही अन्य पार्टीसँग मिलेपछि अलपत्र बनेको साना कम्युनिष्ट दलहरूको गठबन्धन बुधबार ब्युँताइएको घोषणा गरिएपछि त्यसको २४ घण्टा नबित्दै असन्तुष्टि देखिएको हो । साना दलहरुको गठबन्धनमा पाँच वटा दल र एउटा मोर्चा रहेका छन् । तर, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले गठबन्धनमा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला र सचिवालय सदस्य हे

सरकारका काममा असन्तुष्टि जनाउनुपर्ने कारण छैन : काँग्रेस प्रवक्ता

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले पाँच दलीय गठबन्धन सरकारका एक वर्षका कामकारबाही सन्तोषजनक भएको बताएका छन् । उनले सरकारको काममा असन्तुष्टि जनाउनुपर्ने कारण नभएको बताए । केन्द्रीय कार्यसमितिको बैठकमा काँग्रेसकै नेता कार्यकर्ताले गठबन्धन सरकारका कामकारबाहीबारे प्रश्न उठाइरहेका छन् । प्रवक्ता महतले भने सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक रहेको बताए । यो सरकारले कोभिड-१९ […]

स्थानीय चुनावमा सम्मानजनक गठबन्धन भएन : खनाल

२१ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा सम्मानजनक ढंगले गठबन्धन नभएको बताएका छन् । शनिबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको भन्दै असन्तुष्टि जनाएका हुन् । ‘यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन । त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं […]