जानकारी बिना गठबन्धन भत्काएकामा एकीकृत समाजवादीको असन्तुष्टि

काठमाडौँ, ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर जन्मिएको आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइकामा असन्तुष्टि प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उनले सो कुरा बताएका हुन्। नेता […]

सम्बन्धित सामग्री

मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको हिजो बसेको बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई हिजो बसेको […] The post मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए...

एकीकृत समाजवादी दैलेखका उपसचिव एमालेमै फर्किए

नेकपा (एकीकृत समाजवादी) दैलेखका उपसचिव अमृत लामिछाने मगर एमालेकै फर्किएकी छन् । एक विज्ञप्ति जारी गर्दै उनले एमालेमै फर्किएको जानकारी गराएकी हुन् । उनीसँगै अखिल जिल्ला अध्यक्ष रोहित लामिछाने मगर पनि एमालेमै फर्किएका छन् ।एकीकृत समाजवादी कम्युनिष्ट आन्दोलनलाई बदनाम हुने गरी व्यवहारमा दक्षिणपन्थी बाटो अबलम्बन गरेकाले समाजवादी पार्टी त्यागेको विज्ञप्तिमा उल्लेख छ  । साथै उनले एकीकृत समाजवादीमा लागेका अन्य नेता, कार्यकर्तालाई पनि एमालेमा फर्कीन आग्रह गरेकी छिन् ।

एकीकृत समाजवादी र एनेकपाबीच आज एकता हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ। नेकपा (एकीकृत समाजवादी) ले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको नेकपा (एस) का प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए।एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा(एस) का अध्यक्ष

डडेल्धुरामा नेकपा (एकीकृत समाजवादी)को कमिटी विस्तार

डडेल्धुरा : नेकपा (एकीकृत समाजवादी) ले डडेल्धुराका सातवटै स्थानीय तहमा गाउँ र नगर कमिटी गठन गरेको छ। दुई नगरपालिका र पाँच गाउँपालिकामा कार्यकर्ताको उल्लेख्य सहभागितासहित कमिटी गठन गरिएको एकीकृत समाजवादी डडेल्धुराका प्रचार विभाग प्रमुख सुरेन्द्र मल्लले जानकारी दिए।उनका अनुसार अमरगढी नगरपालिकाको अध्यक्षमा खेमराज पाठक र सचिवमा प्रकाश ऐर चयन भएका छन्। अमरगढीमा ६५ सदस्यीय नगर कमिटी बनाइएको छ। यस्तै, परशुराम नगरपालिकाको नगर अध्यक्षमा रामसिंह धामी र सचिवमा मोहनबहादुर सिंह चयन भएका छन्। प

नेकपा (एकीकृत समाजवादी) ले पाँच विभागलाई दियो पूर्णता

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) ले पार्टीका पाँच विभागलाई पूर्णता दिएको छ। केन्द्रीय सचिवालयको बुधबारको बैठकले पाँच विभागलाई पूर्णता दिएको नेकपा (एकीकृत समाजवादी) ले बिहीबार विज्ञप्ति जारी गरेर जानकारी गराएको हो । झलनाथ खनालको नेतृत्वमा विदेश विभाग गठन गरिएको छ । यो समिति प्रमेश हमाल उपप्रमुखसहित अरु ९ जना सदस्य छन् । बेदुराम भुसालको नेतृत्वमा […]

कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी

काठमाडौँ । कर्णालीमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । मुगुका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । सांसद ओलीले बुधबार आफूहरु ३ जना प्रदेश निर्वाच कार्यालय पुगेर नेकपा एकीकृत समाजवादी दल रोजेको जानकारी दिइन् ।

एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल

नेकपा(एकीकृत समाजवादी) पार्टीले संसदीय दलको नेतामा पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ ।पार्टीको आइतवार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा बेदुराम भुसाललाई चयन गरेको नेकपा(एकीकृत समाजवादी)का नेता बिरोध खतिवडाले जानकारी दिए । संसदीय दलको बैठकले दलको विधान […]

एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी दुवैले पाए दलको मान्यता

काठमाडौं : निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लाई राजनीतिक पार्टीको मान्यता दिएको छ। नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र ठाकुर नेतृत्वको लोसपाले राजनीतिक पार्टीको मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।नेकपा एमालेबाट विभाजित नेता नेपाल पक्षले केन्द्रीय सदस्यको संख्या २० प्रतिशत साथमा लिएर एकीकृत समाजवादी पार्टी गठन गरेर दर्ताका

नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलाई आयोगले दियो मान्यता

निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । आयोगको बुधबारको बैठकले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव […]