नागरिकता विधेयकमा सत्ता गठबन्धनभित्रै असन्तुष्टि

नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित भए पनि सत्ता गठबन्धन भित्रकै दलहरुले असन्तुष्टि जनाएका छन् । गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका सांसदले असन्तुष्टि पोखेका हुन् ।विधेयक पारित गर्न गठबन्धनमा सहभागी माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले भूमिका निर्वाह गरे पनि उक्त विधेयकका बारेमा ती पार्टीकै कतिपय नेताहरुले विरोध जनाएका छन् । जनमोर्चा पहिलेदेखि नै उक्त विधेयकको विपक्षमा उभिएको थियो ।नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक