मुख्य न्यायाधिवक्ता आचार्यद्वारा राजीनामा

मोरङ, १८ कात्तिक: प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले राजीनामा बुझाएका छन् । प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईमार्फत नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम बुधबार साँझ उनले राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बुधैबारदेखि लागू हुनेगरी […]

सम्बन्धित सामग्री

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाले दिए राजीनामा

१८ भदौ, जनकपुरधाम । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले शनिबार पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएको झाले जानकारी दिए । मधेश सरकार गठन भएपछि मुख्य न्यायाधिवक्ता बनेका उनी लगातार पाँच वर्ष यो पदमा रहेका छन् । राजीनामा दिएका झा महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको तयारी गर्दैछन् । झा […]

सरकार परिवर्तन भएपछि मुख्य न्यायाधिवक्ता आचार्यले दिए पदबाट राजीनामा

प्रदेश १ सरकार परिवर्तन भएपछि मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले राजीनामा दिएका छन् । आचार्यले मुख्यमन्त्री राजेन्द्रकुमार राईमार्फत राजीनामा पत्र प्रदेश प्रमुखलाई बुझाएका हुन् ।  प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी  विज्ञप्ती मुख्य न्यायाधिवक्ता आचार्यले मुख्यमन्त्री राईमार्फत संविधानको धारा १६० (४) को खण्ड (क) बमोजिम बुधवारदेखि लागू हुने गरी राजीनामा दिएको जनाइएको छ ।  एमाले निकट रहेका बरिष्ठ अधिवक्ता आचार्यलाई २०७४ फाल्गुण २५ गते तत्कालिन मुख्यमन्त्री शेरधन राईले निय...

वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले दिए राजीनामा

हेटौँडा : वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले बिहीवार पदबाट राजीनामा दिएका छन्। नेकपा (एमाले)ले वाग्मती प्रदेश सरकारको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थपलियाले एमालेको सरकार ढलेसँगै पदबाट राजीनामा दिएका हुन्। बिहीवार उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन्। २०७६ साउन १२ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा…

कर्णालीका मुख्य न्यायाधिवक्ता खनालको राजीनामा स्वीकृत

सुर्खेत - कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृका प्रसाद खनालको राजीनामा  स्वीकृत भएको छ । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले खनालको राजीनामा  स्वीकृत गर्नु भएको हो । खनाल २०७७ साल चैत्र ६ गते मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त हुनु भएको थियो । प्रदेश प्रमुखबाट राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयले  जनाएको छ ।

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले दिए पदबाट राजीनामा

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले संविधानको धारा १६० को उपधारा ४ (क) बमोजिम कात्तिक १ गतेदेखि लागू हुनेगरी बुधबार स्वीकृत गरेका हुन् ।खनाल गत चैत ६ गते मुख्य न्यायधिवक्ताको रुपमा नियुक्त भएका थिए ।  उनलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संवैधानिक व्यवस्थाअनुसार धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । यसअघिका मुख्य न्याय

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता डिसीले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको राजीनामापछि उनले पनि राजीनामा दिएका हुन्

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता डिसीले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा सँगै उनले पनि राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् । डिसीले संविधानको धारा १६० खण्ड (क)अनुसार मुख्यमन्त्री मार्फत राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । शंकर पोखरले मुख्यमन्त्री बनेपछि डिसीलाई न्यायाधिवक्ता नियुक्त गरेका थिए ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता घिमिरेद्वारा राजीनामा

काठमाडौं : गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिउका छन्।  गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै घिमिरेले राजीनामा दिएका हुन्। एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएका छन्। मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ।