वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले दिए राजीनामा

हेटौँडा : वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले बिहीवार पदबाट राजीनामा दिएका छन्। नेकपा (एमाले)ले वाग्मती प्रदेश सरकारको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थपलियाले एमालेको सरकार ढलेसँगै पदबाट राजीनामा दिएका हुन्। बिहीवार उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन्। २०७६ साउन १२ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा…