लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता डिसीले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा सँगै उनले पनि राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् । डिसीले संविधानको धारा १६० खण्ड (क)अनुसार मुख्यमन्त्री मार्फत राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । शंकर पोखरले मुख्यमन्त्री बनेपछि डिसीलाई न्यायाधिवक्ता नियुक्त गरेका थिए ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी नियुक्त

लुम्बिनी प्रदेश सरकारले मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी चयन भएका छन् । प्युठानका सुवेदीलेको प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन् । उनलाई उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले शपथ ग्रहण गराएकी छन् ।निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्व रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिँदा खाली रहेको पदमा सुवेदीलाई गठबन्धन सरकारले नियुक्त गरेको हो । नवनियुक्त न्यायाधिवक्ता सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअध