कटारीको फोहर विसर्जन स्थलमा स्थानीयवासीको अवरोध

उदयपुर – कटारी–३ राजावासका स्थानीयवासीले फोहर विसर्जन स्थलमा फोहर फाल्न दोस्रो पटक रोक लगाएका छन् । पटकपटक फोहर विसर्जन स्थल अन्यत्र सार्न माग गर्दै आन्दोलित स्थानीयवासीले आजदेखि फोहर फाल्ने नगरपालिकाको सवारीसाधनमा अवरोध गरी फर्काइदिएका हुन् । यसअघि नगरपालिकाले अन्यत्रै फोहर विसर्जन स्थलको खोजी गर्ने सहमति भएपछि १५ दिनअघि फोहर फाल्न दिएको स्थानीयवासीले नगरपालिकाले तदारुकता नदेखाएको […]

सम्बन्धित सामग्री

प्रहरीकाे स्कर्टिङमा फोहर बोकेका गाडी बञ्चरेडाँडा पुगे

काठमाण्डाै – काठमाण्डौ उपत्यकाबाट फोहर बोकेर गएका गाडी प्रहरीको स्कर्टिङमा बञ्चरेडाँडा पुगेका छन् । गएको सोमवारदेखि स्थानीयले अवरोध गरे पनि रोकिएको फोहर विसर्जन कार्य प्रहरी परिचालन गरी शुरु गरिएको हो । आज शुक्रवार फोहोर बोकेर गएका झन्ड एक सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका फोहरमैला व्यवस्थापन सङ्घका महासचिव मित्र घिमिरेले बताउनुभयो । बञ्चरेडाँडा र सिसडोलका स्थानीयले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहर बोकेर ल्यान्डफिल साइट गएका गाडीलाई बाटोमै रोकेका थिए । दैनिक तीन सय ८० वटा ...

गोकर्णेश्वरले मेसिनबाट फोहर व्यवस्थापन गर्दै, के छ अन्यको योजना ?

काठमाडौं : गत साउन महिनामा बढी काठमाडौं उपत्यकाभित्र सडक गल्ली,चोकहरुमा फोहर अस्तब्यस्त बन्यो। सिसडाेल, बञ्चरेडाँडामा स्थानीयले फोहर विसर्जन गर्न अवरोध गरेपछि यहाँका शहर बासी सकस व्यहोर्न बाध्य भए। शहर नै दुर्गन्धित बन्यो। वर्षेनी यस्ता समस्या उपत्यकावासीले भोगिरहेका छन्।अहिले सम्म पनि सडकका पुरै फोहर व्यवस्थित हुन सकेको छैन्। यही बेला गोकर्णेश्वर नगरपालिकाले भने फोहर जलाउने मेसिन जडान गरेर सञ्चालन ल्याई फोहर व्यवस्थापन गर्न थालेको छ।नगरपालिकाले गत असार देखि नयाँ बस्ती स्थित एयरपोर्ट नजिकैको बाग

‘सडक छेउमा थुप्रिएको फोहर भोलिसम्ममा उठाइसक्छौँ’

काठमाडौं महानगरपालिकाले सडकको छेउछाउमा थुपारेर राखिएको फोहर धमाधम उठाउन थालेको छ । बञ्चरेडाँडामा फोहर विसर्जन गर्न कुनै अवरोध नभएपछि थुप्रिएका फोहर धमाधाम उठाउन थालिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाका सडकमा थुप्रिएका फोहर उठाउन महानगरले नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखासँग सहकार्य गरेको छ । अहिले काठमाडौंको कमलादीमा क्षेत्रका सडकमा थुपारेर राखेका […]

'बञ्चरेडाँडासम्म पुग्न धेरै अवरोध पार गर्दै जानुपर्छ'

काठमाडौँ । असार महिना लागे यता सिसडोलकोे फोहरको पहाडबाट लेदोसहित पहिरो खस्दा फोहर बोक्ने सवारीसाधन जाने सडक अवरुद्ध भइरहेको छ । नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडामा निर्माण भएको अत्याधुनिक फोहरमैला व्यवस्थापन केन्द्र ९ल्याण्ड फिल्ड साइट० सम्म फोहर लैजानका लागि यसअघि फोहर विसर्जन गरिँदै आइएको साइट सिसडोलको बाटो भएरै जानुपर्छ । गत जेठ महिनाबाट उपत्यकाको फोहर सिसडोलबाट दुई किलोमिटर टाढा पर्ने बञ्चरेडाँडामा विसर्जन हुँदै आएको छ ।

काठमाडौं उपत्यकाको फोहर उठाउन सुरक्षाकर्मीको साहरा !

वैशाख २४, काठमाडौं । पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा शनिवारबाट काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः शुरु भएको छ ।            स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाडौं महानगरपालिकाको पहलमा ३०० जना सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य शनिवारबाट गरिएको हो । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले उक्त स्थान भएर फोहरको गाडी जान नदिंदा काठमाडौंको १८ ओटा स्थानीय तहको फोहर सडकमा नै थियो ।            पटकपटकको छलफलमा पनि स्थानीयसँग सहमति जुट्न नसकेपछि कामपाले गृह मन्त्रालयको सहयोगमा मुड्कुखोलादेखि तीनपिप्लेसम्मको सडकखण्डमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी खटाएको हो । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौं उपत्यकाको १८ ओटा स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको थियो । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको हो ।            फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा र लामो समयसम्म सडकमानै फोहोर रहँदा समस्या शुरु भएकाले सुरक्षाकर्मीको सहयोगमा व्यवस्थापन कार्य गरिएको कामपा वातावरण विभागका प्रमुख सरिता राईको भनाइ छ । उनका अनुसार विसं २०७० देखि शुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहर विसर्जनमा अवरोध हुँदै आएको छ ।             हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले बताएको छ । हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर सिसडोल लैजाने गरिन्छ ।            उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब  ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिंदै आएको छ । स्थानीयकै अवरोधका कारण गत फागुन र चैत महीनामा पनि ३२ दिन फोहरको अन्तिम व्यवस्थापन हुन सकेन । नियमित पानी पर्न शुरु भएको र वर्षाको समयमा अन्य समयकोभन्दा बढी फोहर निस्कने हुँदा आगामी दिन फोहर व्यवस्थापनका हिसाबले थप कठिनाइ हुने कामपाको भनाइ छ । रासस

दश दिनपछि उठ्न थाल्यो काठमाडौं उपत्यकाको फोहोर

काठमाडौं : पासाङ ल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण १० दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर आजदेखि फेरि उठाउन थालिएको छ।ठेकेदारले पासाङ ल्हामु राजमार्ग मर्मत शुरु गरेसँगै स्थानीयको अवरोध हटेपछि फोहोर व्यवस्थापन सहज भएकाले उपत्यकाको फोहोर उठाउन थालिएको हो। तर अहिले फोहोर बोकेका गाडीका लागि सिसडोल जान समय तोकिएको छ। राति १० बजेदेखि बिहान ८ बजेसम्म मात्र फोहोर बोकेका गाडी सिसडोल जान पाउनेछन्।हाल फोहर विसर्जन गर्ने गरिएको ठाउँ नुवाकोटको सिसडोल पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङ ल्ह

काठमाण्डौ उपत्यकाका सडक र  मुख्य चोकमा फेरि थुप्रियो फोहर

काठमाण्डाै - ल्याण्डफिल्ड साइटको समस्याको कारण सात दिनदेखि फोहर उठाउन नसक्दा काठमाण्डौ उपत्यकाका सडक र चोकहरुमा फोहर थुप्रिएको छ । अहिले फोहर थुपार्दै आएको सिसडाेलका स्थानीय बासिन्दाले फोहर लैजान अवरोध पुर्याउँदै आएका छन् ।  फोहरबाट उच्च प्रभावित बनेका बस्ती स्थानान्तरण गर्नुपर्ने, फोहर विसर्जन गर्न जाने सडकको स्तरोन्नति हुनुपर्ने र फोहर विसर्जन वैज्ञानिक रुपमा गर्नुपर्ने माग गरेर फोहरका गाडी रोकेको प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुङ्गानाले बताउनुभयो । मन्त्रिपरिषद् बैठकले नुवाकोटको ...

उपत्यकाको फोहर नउठ्दा फैलियो दुर्गन्ध

नौ दिनदेखि फोहर विसर्जन ९हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ। महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन माग गरेको छ।

पाँच दिनदेखि उठेन उपत्यकाको फोहोर

काठमाडौं । स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुन सकेको छैन । हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै सम्पन्न नगरेको भन्दै पासाङल्हामु राजमार्गका स्थानीयवासीले गरेको अवरोधले फोहोर उठ्न नसकेको हो । पाँच दिनदेखि फोहोर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ । यता काठमाडौं महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरा गर्न र स्थानीयवासीलाई अवरोध हटाइदिन माग गरेको छ । उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गर्न दीर्घ समाधान हुन नसक्दा पटक–पटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ । रासस

अब उपत्यकाको फोहर बञ्चरे डाँडामा विसर्जन गरिने

काठमाडौं महानगरपालिकाले यसअघि सिसडोलमा फोहर विसर्जन गर्दै आएकोमा अबको केही समयपछि नुवाकोटको बञ्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउने बताएको छ । नुवाकोट सिसडोलका स्थानीय बासिन्दाले समय समयमा अवरोध गर्दै आएकाले अब बञ्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउन लागेकोे कामपाका उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिईन् । उनका अनुसार बञ्चरेमा फोहर संकलन गर्दा स्थानीय बासिन्दालाई कुनै असर…