दश दिनपछि उठ्न थाल्यो काठमाडौं उपत्यकाको फोहोर

काठमाडौं : पासाङ ल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण १० दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर आजदेखि फेरि उठाउन थालिएको छ।ठेकेदारले पासाङ ल्हामु राजमार्ग मर्मत शुरु गरेसँगै स्थानीयको अवरोध हटेपछि फोहोर व्यवस्थापन सहज भएकाले उपत्यकाको फोहोर उठाउन थालिएको हो। तर अहिले फोहोर बोकेका गाडीका लागि सिसडोल जान समय तोकिएको छ। राति १० बजेदेखि बिहान ८ बजेसम्म मात्र फोहोर बोकेका गाडी सिसडोल जान पाउनेछन्।हाल फोहर विसर्जन गर्ने गरिएको ठाउँ नुवाकोटको सिसडोल पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङ ल्ह