पर्यटकको रोजाइमा घलेगाउँको पर्यटन संग्रहालय

स्मार्ट भिलेज घलेगाउँमा दिनहुँ सयौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । घलेगाउँमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ, त्यहाँको पर्यटन संग्रहालय ।  त्यहाँ पुग्ने पर्यटकहरू पर्यटन संग्रहालय अवलोकन गर्न ‘लालायित’ हुन्छन् । घलेगाउँ आउने...

सम्बन्धित सामग्री

पर्यटकको रोजाइमा पर्दै उदयपुरको रौतापोखरी

यहाँको पर्यटकीय तथा धार्मिक स्थल रौतापोखरी पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ। जिल्लाको रौतामाई गाउँपालिका ६ मा पर्ने रौतापोखरी उदयपुर मात्र नभएर कोसी प्रदेश कै पर्यटन विकासको प्रचुर सम्भावना रहेको धार्मिक तथा ऐतिहासिक स्थल हो।...

आन्तरिक पर्यटकको रोजाइमा रारा र तिलिचो

नेपालका पर्यटन गन्तव्यहरूले विश्वका पर्यटकहरूलाई आकर्षित गर्ने गरेको छ। त्यति मात्र होइन भौगोलिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक, वातावरणीय तथा यहाँको रहनसहन, रीतिरिवाज चालचलन र भेसभुसाले संसारलाई मात्र होइन आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्दै आएको छ।...

चर्चामा आउन थाले ओझेलका पर्यटकीय गन्तव्य

पछिल्लो समय बागलुङमा नयाँ नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको पाइन्छ । जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका छन् । नयाँ पहिचान भएका पर्यटकीय क्षेत्रमध्ये केहीमा […]

ओझेलमा परेका पर्यटकीय गन्तव्यस्थल जहाँ पर्यटकको ओइरो लाग्दैछ

जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका छन्।...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरू

२८ असोज, कास्की । पोखरामा प्याराग्लाइडिङको उडान आजदेखि पुनः थालिएको छ । पोखरा महानगरपालिका-१८ सराङकोटको तोरीपानीबाट उडान सुरु गरिएको हो । पोखरा घुम्न आउने अधिकांश पर्यटकको रोजाइमा पर्ने साहसिक प्याराग्लाइडिङ गत पुस १७ गतेदेखी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई सुरक्षाको कारण देखाउँदै सराङकोटबाट बन्द गरिएको थियो । विमानस्थल सञ्चालनपछि यसको भविष्यलाई लिएर पर्यटन क्षेत्रमा चिन्ता व्यक्त […]

भेडीओढारमा पर्यटकको चहलपहल बढ्दै

पछिल्लो समय धौलागिरि आइसफल पदमार्ग अन्तरगतको रघुगंगा गाउँपालिकाको पर्यटकीयस्थल–रुईसे–भेडीओडार पनि आन्तरिक पर्यटन हबका रुपमा विकास भएको छ । समुन्द्री सतहदेखि २ हजार पाँच सय मिटर उचाईमा पर्ने भेडीओढारबाट हिमाल, सूर्योदय र सूर्यास्तको मनोरम दृश्य लालीगुराँसको जंगल र भेडाबाख्राको गोठहरुको आकर्षणले पर्यटकको रोजाइमा परेको हो । धौलागिरि आइसफल पदमार्गमा पर्ने भेडीओढारबाट धौलागिरि, चुरेन, गुर्जा, अन्नपूर्ण, निलगिरिदेखि […]

पर्यटकको रोजाइमा कास्कीको खुमैडाँडा

कास्की । कास्कीको खुमैडाँडा पुग्ने आन्तरिक पर्यटकको संख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको संख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुद्री सतहबाट ३ हजार २४५ मिटरको उचाइमा रहेको खुमैडाँडाबाट २ घण्टा हिँडेर कोर्चां पुगिन्छ । कोर्चाङ ३ हजार ६८२ मिटरको उचाइमा छ । स्थानीयले ग्रेट माछापुच्छ्रे ट्रेल नाम दिएको सरीपाखा–खुमैडाँडा–कोर्चां पदयात्रा पोखराबाट २ दिनमै पूरा गर्न सकिन्छ । पोखराको हेम्जाबाट सरिपाखासम्म (१३ दशमलव ३ किलोमिटर) सवारीसाधनमार्फत जान सकिन्छ । त्यसपछि ५ देखि ७ घण्टाको हिँडाइपछि खुमै पुग्न सकिने माछापुच्छ्रे गाउँपालिका–१ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए । खुमैभन्दा माथि वास बस्ने व्यवस्था नभएकाले पहिलो दिन त्यहीँ बसेर भोलिपल्ट बिहान २ घण्टाको हिँडाइपछि कोर्चां डाँडासम्म पुगेर पोखरा फर्किन सकिने उनले बताए । यसैबीच, कास्कीको माछापुच्छ्रे गाउँपालिकाको १६औं कार्यपालिका बैठक हालै खुमैडाँडामा सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय डाँडा खुमैमा बैठक राखिएको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए । पछिल्लो समय खुमै जाने आन्तरिक तथा बाह्य पर्यटक बढेकाले त्यस क्षेत्रको पूर्वाधार विकासको विषयमा बैठक केन्द्रित भएको उनले बताए । ‘केही महीनायता हाम्रो पालिकामा पर्ने खुमैडाँडामा पर्यटक आगमन बढेको छ,’ उनले भने, ‘पर्यटकका लागि के आवश्यक छ भनेर बुझ्न अवलोकनसहित पालिकाको बैठक नै त्यहाँ राखिएको हो ।’ बैठकले सरीपाखा–खुमै–कोर्चां रूटलाई पर्यटकीय पदमार्ग घोषणा गरी व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले जानकारी दिए । रासस

सगरमाथादेखि तराईका फाँटको दृश्यावलोकन हुने मैस्याङटार आन्तरिक पर्यटकको रोजाइमा

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीस्थित पर्यटकीयस्थल मैस्याङटार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । चारैतिर घना जंगलको बीचमा अग्लो डाँडामाथि हरिया चौर रहेको मैस्याङटार गाउँपालिका र प्रदेश सरकारको लगानीमा प्रवर्द्धन थालिएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ नयाँ वर्ष, दशैं, तिहार, साकेला उभौली तथा मङ्सिरपछि आन्तरिक पर्यटक पुग्नुका साथै स्थानीय बासिन्दा वनभोज (पिकनिक) जाने गरेका थिए । प्राकृतिकरूपमा सुन्दर भएकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस क्षेत्रमा उद्यान तथा पदमार्ग निर्माण गरिएको छ । प्रवर्द्धनको काम थालिएसँगै पछिल्लो समय यहाँ घुमफिर र भ्रमण गर्ने आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिन थालेको वडाध्यक्ष मिलन राईले बताए । ‘यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारको नेतृत्वमा ध्रुव स्मृति उद्यान, मैस्याङटारको शिरमा पुग्ने पदमार्गलगायत संरचना बनिसकेका छन्,’ उनले भने । वडाध्यक्ष राईले सुम्नीमा-पारुहाङ उद्यान निर्माण भइरहेको उल्लेख गर्दै निर्माणाधीन अवस्थामा पनि आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको बताए ।  १ हजार १०० रोपनी क्षेत्रफलमा रहेको मैस्याङटार घुम्न आउनेका लागि विभिन्न ठाउँमा मनोरञ्जन गर्न तथा आराम गर्न मिल्ने फलैंचा बनाइएको छ । पालिका र प्रदेश सरकारको लगानीमा पर्यटन प्रवर्द्धनको काम शुरू भएसँगै घुमफिर तथा दृश्यावलोकनका लागि आउने बाह्य पर्यटकको संख्या बढ्न थालेको स्थानीयले बताएका छन् । आफन्त तथा इष्टमित्रलाई नयाँ ठाउँ घुमाउन परे पनि दिप्रुङ चुइचुम्माको मैस्याङटार रोजाइमा पर्ने गरेको छ । यहाँबाट तराईका विभिन्न फाँट तथा सप्तकोशीस्थित भीमनगरको पुलसमेत देख्न सकिन्छ । यहाँसम्म पुग्न कच्ची सडक बनिसकेको छ । सडकबाट उत्तिस र सल्लाको जंगल पार गर्दै करीब १० मिनेट पैदल हिँडेपछि मैस्याङटारको डाँडामा पुगिन्छ । पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको लगानीमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिएको पालिका अध्यक्ष प्रमुख लोकेन्द्र राईले जानकारी दिए । ‘प्रदेश सरकारले गत वर्ष रू. १५ लाख विनियोजन गरेको थियो भने यस वर्ष रू. १० लाख विनियोजन गरेको छ,’ उनले भने, ‘मैस्याङटारको चौतर्फी विकास गर्न स्थानीय अकिराज राईको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेर काम थालिएको छ ।’ मैस्याङटारको चौतर्फी विकासका लागि रू. ४ करोड ८८ लाखको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिएको छ । डीपीआरअनुसार यहाँ किराँती राजा यलम्बर, बुद्ध, शिव, पार्वती र गणेशको मूर्ति स्थापनाका साथै अतिथि भवनलगायत संरचना निर्माण गरिनेछ । मैस्याङटारबाट उत्तरी क्षेत्रमा पर्ने सगरमाथादेखि दक्षिणमा तराईका विभिन्न फाँटको दृश्यावलोकन गर्न सकिन्छ । -रासस

आन्तरिक पर्यटकको रोजाइमा कुलेखानी

कोरोना भाइरस (कोभिड–१९) को प्रत्यक्ष्य प्रभावको मार खेपेको नेपालको पर्यटन व्यवसाय बिस्तारै अगाडि बढ्न खोज्दै छ । नेपाल आफैंमा पर्यटनको प्रचुर सम्भावना भएको मुलुक भए तापनि उचित व्यवस्थापन गर्न नसक्दा यो क्षेत्र धराशाीय बन्दै गइरहेको छ । प्राकृतिक सम्पदाले भरिपूर्ण भएको मुलुक भए तापनि प्रचारप्रसारमा ध्यान नदिँदा बाह्य मुलुकबाट भित्रिने पर्यटकको संख्या निकै कम हुँदै […]

आठ युवाद्वारा मर्दी हिमालको आरोहण सफल

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ का आठ युवाले पाँच हजार ५८७ मिटरको मर्दी हिमाल एकैसाथ सफल आरोहण गरेका छन् । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको सो हिमाल पदयात्रासँगै हिमाल आरोहणको प्रवर्द्धनका लागि पर्यटन क्षेत्रमा क्रियाशील उनीहरूले हिमाल चढेका हुन् । यही असोज १२ गते अग्रज पर्यटन व्यवसायी रामप्रसाद गुरुङको नेतृत्वमा मर्दी हिमाल […]