सगरमाथादेखि तराईका फाँटको दृश्यावलोकन हुने मैस्याङटार आन्तरिक पर्यटकको रोजाइमा

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीस्थित पर्यटकीयस्थल मैस्याङटार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । चारैतिर घना जंगलको बीचमा अग्लो डाँडामाथि हरिया चौर रहेको मैस्याङटार गाउँपालिका र प्रदेश सरकारको लगानीमा प्रवर्द्धन थालिएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ नयाँ वर्ष, दशैं, तिहार, साकेला उभौली तथा मङ्सिरपछि आन्तरिक पर्यटक पुग्नुका साथै स्थानीय बासिन्दा वनभोज (पिकनिक) जाने गरेका थिए । प्राकृतिकरूपमा सुन्दर भएकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस क्षेत्रमा उद्यान तथा पदमार्ग निर्माण गरिएको छ । प्रवर्द्धनको काम थालिएसँगै पछिल्लो समय यहाँ घुमफिर र भ्रमण गर्ने आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिन थालेको वडाध्यक्ष मिलन राईले बताए । ‘यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारको नेतृत्वमा ध्रुव स्मृति उद्यान, मैस्याङटारको शिरमा पुग्ने पदमार्गलगायत संरचना बनिसकेका छन्,’ उनले भने । वडाध्यक्ष राईले सुम्नीमा-पारुहाङ उद्यान निर्माण भइरहेको उल्लेख गर्दै निर्माणाधीन अवस्थामा पनि आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको बताए ।  १ हजार १०० रोपनी क्षेत्रफलमा रहेको मैस्याङटार घुम्न आउनेका लागि विभिन्न ठाउँमा मनोरञ्जन गर्न तथा आराम गर्न मिल्ने फलैंचा बनाइएको छ । पालिका र प्रदेश सरकारको लगानीमा पर्यटन प्रवर्द्धनको काम शुरू भएसँगै घुमफिर तथा दृश्यावलोकनका लागि आउने बाह्य पर्यटकको संख्या बढ्न थालेको स्थानीयले बताएका छन् । आफन्त तथा इष्टमित्रलाई नयाँ ठाउँ घुमाउन परे पनि दिप्रुङ चुइचुम्माको मैस्याङटार रोजाइमा पर्ने गरेको छ । यहाँबाट तराईका विभिन्न फाँट तथा सप्तकोशीस्थित भीमनगरको पुलसमेत देख्न सकिन्छ । यहाँसम्म पुग्न कच्ची सडक बनिसकेको छ । सडकबाट उत्तिस र सल्लाको जंगल पार गर्दै करीब १० मिनेट पैदल हिँडेपछि मैस्याङटारको डाँडामा पुगिन्छ । पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको लगानीमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिएको पालिका अध्यक्ष प्रमुख लोकेन्द्र राईले जानकारी दिए । ‘प्रदेश सरकारले गत वर्ष रू. १५ लाख विनियोजन गरेको थियो भने यस वर्ष रू. १० लाख विनियोजन गरेको छ,’ उनले भने, ‘मैस्याङटारको चौतर्फी विकास गर्न स्थानीय अकिराज राईको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेर काम थालिएको छ ।’ मैस्याङटारको चौतर्फी विकासका लागि रू. ४ करोड ८८ लाखको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिएको छ । डीपीआरअनुसार यहाँ किराँती राजा यलम्बर, बुद्ध, शिव, पार्वती र गणेशको मूर्ति स्थापनाका साथै अतिथि भवनलगायत संरचना निर्माण गरिनेछ । मैस्याङटारबाट उत्तरी क्षेत्रमा पर्ने सगरमाथादेखि दक्षिणमा तराईका विभिन्न फाँटको दृश्यावलोकन गर्न सकिन्छ । -रासस

सम्बन्धित सामग्री

वनस्पति उद्यानमा आगन्तुकको ओइरो

जुम्लाको गुठिचौर गाउँपालिका–५ स्थित ‘धिताचौर वनस्पति उद्यान’ पर्यटकीय गन्तव्य बनेको छ । आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेसँगै यो उद्यान गन्तव्यको रुपमा विकास भएको हो । विभिन्न वनस्पतिको अध्ययन–अनुसन्धान तथा संरक्षणका लागि सञ्चालित यो उद्यान समुद्र सतहदेखि २५ सय ३६ मिटर उचाइमा अवस्थित छ । उद्यानमा अहिले दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटक जान थालेका छन् । […]

आन्तरिक पर्यटकको रोजाइमा चंखेली

छायानाथरारा नगरपालिका–१४ स्थित बामगाउँको चंखेली लेक आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । सार्वजनिक बिदामा दैनिक ५० जनासम्म आन्तरिक पर्यटक लेखमा घुमघामका लागि जाने गरेका छन् ।

आन्तरिक पर्यटकको रोजाइमा चंखेली

छायानाथरारा नगरपालिका–१४ स्थित बामगाउँको चंखेली लेक आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । सार्वजनिक बिदामा दैनिक ५० जनासम्म आन्तरिक पर्यटक लेखमा घुमघामका लागि जाने गरेका छन् ।

पर्यटकको रोजाइमा घोराहीको ज्यामिरे दह

काठमाडौँ,२९ माघ । दाङको घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । दहलाई ठूलो बनाएपछि दैनिक आन्तरिक पर्यटक यहाँ घुइँचो लाग्ने गरेको छ । अन्य दिनको तुलनामा बिदामा यहाँ अत्यधिक पर्यटक घुम्नका लागि पुग्ने गरेको दहमा डुङ्गा सञ्चालन गर्दै आउनुभएका वीरजङ पुनले बताए । जिल्ला बाहिरबाट पनि सर्वसाधारण […]

दशैँको सिजनमा आन्तरिक पर्यटकको रोजाइमा फुङफुङ्गे झरना

ताप्लेजुङ – नेपालीको जीवनशैली विस्तारै फेरिँदै गएको छ । घुमघाम गर्ने चलन बढ्न थालेको छ । विगतमा भ्रमणतर्फ चासो नदिने आन्तरिक पर्यटकले हाल बिदाको समयलाई उपयोग गर्न थालेका छन् । दशैँको बिदामा हिमाली जिल्ला ताप्लेजुङ मिक्वाखोला गाउँपालिकामा रहेको फुङफुङ्गे झरनालाई गन्तव्य बनाएर आन्तरिक पर्यटक आउने क्रम बढेको छ । बिदामा घुम्न फुङफुङ्गे सहज हुँदै गएको छ । ताप्लेजुङ जिल्लाको फुङफुङ्गेमा दशैँ बिदालाई उपयोग गर्दै पारिवारिक भ्रमणमा पुग्ने आन्तरिक पर्यटकको चहलपहल बढेको मिक्वाखोला गाउँपालिकाले जनाएको छ । ‘कोभिड&nda...

पर्यटकको रोजाइमा भोजपरको सुन्तले बाघखोर

भोजपुर- भोजपुरको सुन्दर पर्यटकीय क्षेत्र सुन्तले बाघखोर पर्यटकको रोजाइमा परेको छ । सदरमुकामबाट नजिकै रहेको स्थान पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको हो । प्राकृतिक दृश्यको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिनको लागि यहाँ दैनिक दर्जनौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । जिल्ला सदरमुकाम र दिङङ्ला सडक खण्डमा पर्ने यी स्थानमा पुग्नको लागि पर्यटकलाई सहजता छ।खास […]

पर्यटकको रोजाइमा म्याग्दीको दुरुलेक

म्याग्दी-नयाँ वर्ष सुरु भएसँगै म्याग्दीको मालिका गाउँपालिका– २ रुमस्थित पर्यटकिीयस्थल दुरुलेकमा आन्तरिक पर्यटकको भिड हुने गर्छ । समुन्द्री सतहदेखि ३ हजार ४८४ मिटर उचाइमा अवस्थित दुरुलेकमा हिमशृङ्खला र ग्रामीण भूगोलको अवलोकनका लागि नयाँ वर्षमा म्याग्दी र बागलुङका आन्तरिक पर्यटक पुग्ने गर्छन् । प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रुपमा महत्वपूर्ण रहेपनि प्रचार–प्रसार र पूर्वाधारको अभावले यसबाट […]

डोटीको छहरा झरना आन्तरिक पर्यटकको रोजाइमा

२४ साउन, डोटी । डोटीको जोरायल गाउँपालिका–२ मा पर्ने छहरा झरनामा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । सामाजिक सञ्जाल टिकटक र फेसबुकको माध्यमबाट प्रचारमा आएको जोरायल गाउँपालिका–२ को छहडा गाउँ नजिकै रहेको छहरा झरनामा रमाउन टाढाटाढाबाट मानिसहरु पुग्न थालेका छन् । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरेका […]

कालिञ्चोकपछि हनुमन्ते पर्यटकको रोजाइमा

नयाँ वर्ष २०७८ को पहिलो दिन दोलखाको हनुमन्ते डाँडामा एकै दिन ५ हजार बढी आन्तरिक पर्यटक पुगे । धार्मिक तथा मनोरम दृश्यावलोकनको आकर्षक क्षेत्र हनुमन्ते नयाँ वर्ष मनाउने बच्चादेखि बूढाबूढीसम्मको रोजाइमा पर्न सफल भयो । आन्तरिक पर्यटकको आकर्षण क्षेत्र बन्दै आएको कालिञ्चोकपछि हनुमन्ते पर्न सफल भयो ।नयाँ वर्षकै दिन हनुमन्तेलाई पर्यटकीय क्षेत्र घोषणासमेत गरियो । […]

आन्तरिक पर्यटकको रोजाइमा रानीमहल

पाल्पाको श्रीनगर र रानीमहलमा नयाँ वर्षको पहिलो दिनमा १३ हजार बढी आन्तरिक पर्यटक भित्रिएका छन् । पाल्पाको पर्यटकीयस्थल मध्येको पर्यटकको रोजाइमा पर्ने यी दुई स्थलको रानीमहलमा आठ हजार बढी पर्यटक र श्रीनगरमा पाँच हजार बढी पर्यटक भित्रिएको तानसेन नगरपालीकाले जनाएको छ ।