निर्यातमा ५७ प्रतिशत हिस्सा प्रशोधित खानेतेलको

नेपालको कुल निर्यातमा प्रशोधित खानेतेलको हिस्सा आधाभन्दा बढी पुगेको छ । विदेशबाट कच्चा पदार्थ ल्याई प्रशोधन गरेर भारत निर्यात हुने भटमास, पाम र सूर्यमुखी तेल प्रमुख निर्यातजन्य वस्तुका रूपमा देखिएका हुन् । ...

सम्बन्धित सामग्री

नेपालले गुमाइरहेछ अमेरिकाको निर्यात

५ साउन, काठमाडौं । नेपालले अमेरिकाको निर्यात गुमाइरहेको तथ्यांकले देखाएको छ । भारत र चीन पछिको प्रमुख व्यापार साझेदार अमेरिकामा नेपालको निर्यात घट्दै गएको देखिएको हो । सन् १९९९–२००० मा नेपालको कूल निर्यातमा अमेरिकाको हिस्सा २७ प्रतिशत पुगेको थियो । तर, सन्  २०१८–१९ मा कूल निर्यातमा अमेरिकाको हिस्सा कम हुँदै गएर ११ प्रतिशतमा झरेको छ […]

‘चिनी निर्यातमा प्रतिबन्ध लगाउँदै भारत’

काठमाडौं । नेपालले उपभोगका लागि आवश्यक पर्ने चिनीको ठूलो हिस्सा भारतबाट आयात गर्ने गरेको छ । तर भारत सरकारले अहिले आफूसँग सञ्चित चिनी देशभित्रकै आपूर्तिका लागि चाहिने भन्दै निर्यातमा प्रतिबन्ध लगाउने तयारी थालेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए त्यसको ठूलो असर नेपालमा समेत पर्नेछ । नेपालमा चिनी प्रत्यक्ष उपभोगका अतिरिक्त चकलेट, बिस्कुट, मिठाई, आइसक्रिम, जुस, पेयपदार्थ, बेकरी आइटम लगायतका उद्योगमा बढी खपत हुन्छ । प्रत्यक्ष उपभोग र औद्योगिक प्रयोजनका लागि गरेर नेपाललाई अहिले २ लाख ५० हजार मेट्रिक टन चिनी आवश्यक पर्दछ । देशभित्रका उद्योगबाट १ लाख ३० हजार मेट्रिक टन मात्र उत्पादन हुन्छ । अपुग १ लाख २० हजार मेट्रिक टन चिनी विभिन्न मुलुकबाट आयात हुने गरेको छ, जसको ९० प्रतिशत आयात भारतबाट हुने गरेको छ । नेपाल बिस्कुट उद्योग संघका अध्यक्ष ओमनाथ महर्जन नेपालमा चिनी मागको आधा मात्र उत्पादन हुने भएकाले भारतले निर्यातमा प्रतिबन्ध लगाए ठूलो असर पर्ने बताउँछन् । ‘नेपालमा चिनीको मागभन्दा आपूर्ति कम हुँदा भारतले निर्यातमा प्रतिबन्ध लगाए मूल्य थप बढ्छ,’ उनले भने । उनका अनुसार भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए अहिले नेपाल सरकारले अन्य मुलुकबाट आयातित चिनीमा लगाइरहेको भन्सार शुल्क घटाउनु वा हटाउनुपर्दछ । यस्तो भएमा तेस्रो मुलुकबाट आयात हुने चिनीको मूल्य घट्ने र परिमाण बढेर आपूर्ति सहज हुने उनको भनाइ छ । यसैगरी नेपाल आइसक्रिम उद्योग व्यवसाय संघका उपाध्यक्ष अरनिको राजभण्डारी भारतमा चिनीको आयातमा प्रतिबन्धले कच्चापदार्थको भाउ बढ्ने बताउँछन् । ‘यसले स्वाभाविक रूपमा उत्पादित वस्तुको भाउ पनि बढ्छ,’ उनले भने । प्रतिबन्ध लागेमा चिनीको भाउ कम्तीमा पनि २०/२५ प्रतिशतले बढ्ने उनले बताए । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाए कूटनीतिक माध्यमबाट भए पनि आयात सुचारु राख्न पहल गर्नुपर्नेमा उनले जोड दिए । कतिपय अन्य वस्तुको हकमा नजिकको सम्बन्धको आधारमा भारतले नेपाललाई विशेष सहुलियत दिएकाले चिनीमा पनि त्यस्तो सम्भावना रहेको समेत उनले बताए । भारतीय सञ्चारमाध्यमका अनुसार भारतसँग अहिले २ करोड ७५ लाख टन चिनी छ, जुन उसको आन्तरिक खपतका लागि आवश्यक पर्छ । चिनी बढी नरहेको अवस्थामा निर्यात गर्दा देशभित्र मूल्यवृद्धि हुने भएकाले भारत सरकारले निर्यात प्रतिबन्धको तयारी गरेको बताइएको छ । भारतमा यही वर्ष विभिन्न राज्यको विधानसभा र सन् २०२४ मा लोकसभा चुनाव हुँदै छ । महँगी बढ्दा यसले निर्वाचनमा क्षति बेहोर्नुपर्ने डर त्यहाँको सत्तारूढ दलको छ ।

चुम्बकको निर्यातमा किन बन्देज लगाउँदैछ चीन ?

पेचिङ । हालैका दिनमा हामीहरूले अमेरिका, यूरोप र जापानले समेत चीनलाई लक्षित गरेर चीप बनाउने उपकरणको विदेश निर्यातमा रोक लगाएको खबरहरू पढ्यौं । अब भने चीनको पालो आएको छ । चीनले विद्युतीय सवारी साधनदेखि, वायु ऊर्जाको टर्बाइन मोटर र अन्य वस्तुहरूमा प्रयोग गरिने high-performance rare earth magnets (दुर्लभ पत्थर चुम्बक टेक)को निर्यातमा बन्देज लगाउने योजना बनाइरहेको छ ।       राष्ट्रिय सुरक्षालाई उद्धृत गर्दै सो कदम चाल्न लागिएको आफूले थाहा पाएको भन्दै जापानी समाचार संस्था योमिउरी शिम्बुनले समाचार छापेको छ । विश्वव्यापी जलवायु परिवर्तन र तापमान वृद्धिको समस्या चर्किरहेको समयमा अहिले विश्वभर कार्बन उत्सर्जन कम गर्ने उपायहरू अपनाउने होड चलेको छ ।  देशहरूले परम्परागत इन्धनबाट चल्ने सवारी साधन छाडेर विद्युतीय उपकरणको प्रयोग बढाउने नीति अपनाइरहेका छन् । यस्तोमा चीनले चुम्बकको आपूर्तिलाई नियन्त्रित बनाउन खोजेको ठानिएको छ । चीन अहिले  Catalogue of Technologies Prohibited and Restricted from Export (निर्यात बन्देज र प्रतिबन्धित प्रविधिको सूची) संशोधन गर्ने प्रक्रियामा छ । यो सूचीमा निर्यात प्रतिबन्ध लगाइएका उत्पादित र अन्य केही औद्योगिक प्रविधि छ ।  डिसेम्बरमा नै सर्वसाधारणहरूको टिप्पणीको लागि सूचीको मस्यौदा जारी गरिएको थियो । मस्यौदामा नियोडिमियम र सामारियम कोबाल्ट जस्ता दुर्लभ धातु प्रयोग गरेर बनाइएका उच्च शक्तिका चुम्बक बनाउने उत्पादन प्रविधिलाई निर्यात प्रतिबन्धमा राखिएको छ । टिप्पणीको समय जनवरीको अन्त्यतिर सकिसकेको छ । संशोधनलाई यो वर्षको पूर्वार्द्धमै अपनाउने आशा गरिएको छ ।  विद्युतीय सवारी साधन EV बाहेक विमान, रोबोट, मोबाइल फोन र एयर कन्डिशनर जस्ता सामानमा पनि यस्तै चुम्बकको व्यापक प्रयोग हुन्छ । उपकरणहरूमा चिप र स्टोरेज सेलको प्रयोग बढेसँगै यस्ता चुम्बकको प्रयोग पनि बढ्ने छ । चीनले चुम्बकको आपूर्ति रोकिदियो भने यसले विश्वभर जनजीवन प्रभावित हुनेछ । विश्वको कूल neodymium magnets (नियोडिमियम चुम्बक) बजारको ८४ प्रतिशत हिस्सा China को पोल्टामा छ । त्यस्तै विश्वभर उत्पादन हुने ९० प्रतिशतभन्दा धेरै samarium cobalt magnets (सामारियम कोबाल्ट चुम्बक) पनि चीनबाटै आउने गरेको छ ।  नियोडिमियम बजारको १५ हिस्सा japan को पोल्टामा छ भने १० प्रतिशतभन्दा कम सामारियम कोबाल्ट बजारमा जापानको पहुँच छ । चीनले यस्तो खालको प्रविधिमा रोक लगायो भने परम्परागत रूपमा ती धातु चुम्बकको उत्पादन नगर्ने अमेरिका र यूरोप जस्ता देशहरुका लागि झन् धेरै मुश्किल हुनेछ । अहिलेसम्म यी धातुका लागि यी दुवै चीनमाथि पूर्ण निर्भर छन् । जापानको मात्रै उत्पादनले यसको माग थेग्दै थेग्दैन । चीनले बृहत् स्तरमा उत्पादन गरेर न्यून लागतमा चुम्बक बनाउन ठूलो लगानी खन्याइरहेको छ । ‘राष्ट्रिय सुरक्षा’ हेरेर निर्यातमा प्रतिबन्ध र बन्देज लगाउने खोजिएको मस्यौदाको संशोधनमा भनिएको छ । यो सर्वसाधारणको हितमा भएको पनि त्यसमा बताइएको छ । चिनिया राष्ट्रपति सि चिनफिङको सरकारले चीनको आर्थिक वृद्धिदर र सुरक्षामा चुम्बकलाई मुख्य तत्वका रूपमा राखेको छ ।  सिले सन् २०२० मा एउटा आन्तरिक बैठकमा यस्ता दुर्लभ धातुको आपूर्ति शृङ्खलामा चीनमाथि विश्वको निर्भरता बढाउनतर्फ प्रयास गर्न निर्देशन दिएका थिए । पछिल्लो समय TikTok माथि अमेरिका र यूरोपसमेत कयौं देशहरूले जासुसीको आरोपमा प्रतिबन्ध लगाउने क्रममा बढेको छ । चीनसँग सकेसम्म कुनै पनि व्यवहार गर्न नपरोस् वा गरे पनि कमै मात्रै होस् भन्ने लयमा पछिल्लो समय America छ ।  कहिले जासुसीको आरोप त कहिले व्यापार विवादको अड्को थापेर अमेरिका सकेसम्म चीनलाई झुकाउन खोजिरहेको छ । आफ्नो मित्र देशहरूलाई पनि उसले चीनसँग त्यस्तै व्यवहार गर्न जोड दिइरहेको छ । यस्तोमा अमेरिकाले दुर्लभ धातु अनि वातावरणसम्बन्धी प्रविधिहरूलाई अमेरिका र यूरोपसँगको मोलमोलाईमा तुरुपको एक्काको रूपमा प्रयोग गर्ने निश्चितप्रायः छ । यस्तो भयो भने विश्वभर वातावरणीय असरहरू कम गर्न विद्युतीयकरणको प्रयासमा समेत अवरोध उत्पन्न हुनेछ । एजेन्सीहरू

निर्यात पाम र सोयाबिनको हिस्सा अझै २७ प्रतिशत

चालू आर्थिक वर्षको सुरुवातदेखि नै निर्यातमा भारी गिरावट देखिएको पाम आयल र सोयाबिन आयलको कुल निर्यातमा हिस्सा भने अझै उच्च रहेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आवको पाँच महिनासम्ममा पाम आयलको निकासी ६०.४ प्रतिशत तथा सोयाबिन आयलको ७७.१ प्रतिशतमा कमी आएको छ । तर, कुल निकासीमा पाम आयलको हिस्सा १६.२ प्रतिशत […]

कृषिमा देखाएको उपेक्षाको परिणाम

नेपालको वैदेशिक व्यापारमा सबैभन्दा ठलो साझेदारी दक्षिणी मुलुक भारतसँग छ । कुल वैदेशिक व्यापारमा ७० प्रतिशतभन्दा धेरै हिस्सा भए पनि भारत नेपालको हितैषी भने देखिँदैन । व्यापारका दुवै पक्ष आयात–निर्यातमा उसको भूमिका आफ्नै स्वार्थप्रेरित मात्र छ । पछिल्लो समय धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएर भारत केही सहयोगी बन्न खोजेको देखिएको छ […]

निर्यातमा आधा हिस्सा ओगट्ने वस्तुकै निकासी घट्यो

चालू आर्थिक वर्षमा नेपालको निकासी व्यापारमा झन्डै आधा हिस्सा रहेको वनस्पति घ्यू र तेलको निकासी अत्यधिक घटेको छ। आर्थिक वर्षको १० महिनासम्म उत्साहजनक निकासी रहेको भटमासको तेल, पाम आयल र सनफ्लावर आयलको निकासी ११ औँ महिना जेठमा भने न्यून मात्र रहेको तथ्याङ्क छ। भारतले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपश्चात् भारत निकासी हुने वनस्पति घ्यू तथा तेलको निर्यात घटेको हो।नेपालको कुल निकासीमा भटमासको तेलको हिस्सा २५.०६ प्रतिशत छ भने पाम आयलको २०.४१ प्रतिशत तथा सनफ्लावर आयलको २.४ प

निर्यात शतप्रतिशतले बढेर पाँच महिनामै एक खर्ब नाघ्यो

कुल निर्यातमा सोयाबिन, पाम र सूर्यमुखी तेलको हिस्सा झन्डै ६० प्रतिशत, निर्यात वृद्धि दिगो हुनेमा आशंका  नेपालको निर्यात ऐतिहासिक रूपमा बढेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा निर्यात शतप्रतिशतले बढेर एक...

तीन वस्तुले घटायो कुल निर्यात

प्रशोधित खाने तेल (पाम तेल, भटमासको तेल र सूर्यमुखी)को निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको सात महिना (साउन–माघ)मा पाम तेल र भटमासको तेलको निर्यातमा ४८ अर्ब ८० करोड रुपियाँ ह्रास आउँदा कुल निर्यातमा प्रभाव परेको हो । सात महिनाको कुल निर्यातमा भटमासको तेल, पाम तेल र सूर्यमुखी तेलको योगदान २४ दशमलव ०१ प्रतिशत रहेको छ । कुुल निर्यातमा पाम तेल १४ दशमलव ९ प्रतिशत, भटमासको तेल ८ दशमलव ९ प्रतिशत र सूर्यमुखी तेलको हिस्सा शून्य दशमलव २ प्रतिशत रहेको छ ।