प्रशोधित खाने तेल (पाम तेल, भटमासको तेल र सूर्यमुखी)को निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको सात महिना (साउन–माघ)मा पाम तेल र भटमासको तेलको निर्यातमा ४८ अर्ब ८० करोड रुपियाँ ह्रास आउँदा कुल निर्यातमा प्रभाव परेको हो । सात महिनाको कुल निर्यातमा भटमासको तेल, पाम तेल र सूर्यमुखी तेलको योगदान २४ दशमलव ०१ प्रतिशत रहेको छ । कुुल निर्यातमा पाम तेल १४ दशमलव ९ प्रतिशत, भटमासको तेल ८ दशमलव ९ प्रतिशत र सूर्यमुखी तेलको हिस्सा शून्य दशमलव २ प्रतिशत रहेको छ ।