हिमाल नाघेर भित्रिन थाले चरा, ग्रीष्म आगन्तुक चरा घर छाड्दै

काठमाडौं : जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिन थालेका छन्। हिउँदे आगन्तुक चरा जाडो छल्न बसाइ सरेर आउने क्रम शुरु भएको हो। उत्तरी गोलार्द्धमा चिसोले हिउँ जम्ने हुँदा जाडो छल्न चरा नेपाल भित्रिन थालेको जुलोजिकल सोसाइटी अफ लण्डन नेपाल कार्यालयका राष्ट्रिय प्रतिनिधि डा हेमसागर बरालले जानकारी दिए। ...

सम्बन्धित सामग्री

आहारा खोज्दै घोडाघोडी आइपुगे आगन्तुक चरा

घोडाघोडी- झण्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बास स्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ । पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष यहाँ हजारौँ आगन्तुक चरा आउने गरेका छन् । यस...

आहारा खोज्दै घोडाघोडी आइपुगे आगन्तुक चरा

अत्यधिक चिसो भएपछि तालतलैया बरफमा परिणत हुन्छन् । चराको आहारा नोक्सान हुने भएकाले आहारको खोजीमा नेपाललगायतका दक्षिण क्षेत्र आउँछन्'

पुरैनी तालमा २८ प्रजातिका आगन्तुक चरा

कञ्चनपुरस्थित पुरैनी तालमा यस वर्ष २८ प्रजातिका आगन्तुक चरा भेटिएका छन् । उत्तरी चीन, मङ्गोलिया, रुसलगायतबाट हिउँदे आगन्तुक जलपन्छी यहाँ आएका हुन् ।

चितवन निकुञ्जमा आइपुगे १०० आगन्तुक चरा

चितवन : चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन शुरु भएको छ। जाडो चल्न हाँस,बाज, चिललगायतका चरा यहाँ आउन थालेका हुन्। यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले जानकारी दिए। उनका अनुसार नेपाल बाहिरबाट आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँको नारायणी, राप्ती नदी र रिउखोलामा देखिन थालेका छन्।उनका अनुसार  अगष्ट’देखि हिउँदे आगन्तुक चरा आउन थालेका हुन्। यस्ता चरा कत

बुद्धभुमिको बुड्ढी तालमा जाडो छल्न आएका आगन्तुक चरा असुरक्षित

कपिलवस्तु । जाडो मौसम सुरु भएसंगै जाडो छल्न बुद्धभुमि नगरपालिकाको बुड्ढी तालमा आएका आगन्तुक चरा असुरक्षित भएका छन् । तालमा रहेका पानी चरा, जाडो छल्न आएका आगन्तुक चरा, रैथाने चराहरूलाई स्थानीयले पासोमा फसाउने, गुलेलीले हानेर मार्ने गर्दा चरा असुरक्षित बनेका हुन् । स्थानीयले तालको आसपासमा जथाभावी रूपमा माछा मार्न जाल थाप्ने गरेको फेला परेको चरा […] The post बुद्धभुमिको बुड्ढी तालमा जाडो छल्न आएका आगन्तुक चरा असुरक्षित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देवदूत मणितुण्डक, काठमाण्डाैँकाे टाैदहमा पहिलाेपटक देखिएकाे आगन्तुक चरा

काठमाडौँ – देवदूत मणितुण्डक चराको एउटा पोथी अहिले काठमाडौँको कीर्तिपुर नगरपालिका–१५ मा रहेको टौदहमा विचरण गरिरहेको देखिन्छ। अंग्रेजीमा स्मिउ भनिने हाँस प्रजातिको यो चराको वैज्ञानिक नाम मार्गेलस एबिलस हो। नेपालका लागि हिउँदे आगन्तुक चराका सूचीमा रहेको देवदूत मणितुण्डक पहिलोपटक काठमाडौँ उपत्यकामा औपचारिक रुपमा अभिलेख गरिएको हो। काठमाडौँको दक्षिणी भेगमा रहेको टौदह विशेष गरी हाँस प्रजातिका […]

ग्रीष्म कालीन चरा बाहिरिए, हिउँदे चरा आइपुगे

काठमाण्डाै - ग्रीष्म कालीन आगन्तुक चरा बाहिरिएलगत्तै हिउँदे आगन्तुक चरा नेपाल आइपुगेका छन्। जाडो छल्न १ सय ५० प्रजातिका हिउँदे आगन्तुक चरा विभिन्न देशबाट नेपाल आएका हुन् । चिसो छल्न र खानेकुराको खोजीका लागि हरेक वर्ष नेपालमा हिउँदे आगन्तुक चरा आउने गर्छन् । यसपालि एक/दुई हप्ता ढिलो गरी हिउँदे आगन्तुक चरा नेपाल आएका छन्  । चराविद् डाक्टर हेमसागर बरालकाअनुसार नेपाल आएका यी चरा ६ महिनासम्म बस्ने छन् । त्यस पछि उनीहरु बच्चा कोरल्न जुन ठाउँबाट आएको त्यहीँ ठाउँमा जाने उहाँले बताउनुभयो । ग्रीष्म कालीन आगन्तुक चराले...

जलपक्षी गणना असार १६ गतेबाट सुरु, आगन्तुक चरा जोखिममा

आगन्तुक चरा आउने समयमा नेपालमा नियमित जलपक्षीको गणना तथा अनुगमन असार १६ गतेबाट हुने भएको छ । बसाइँसराइ गरी नेपाल आउने यस्ता चरा लामो दूरीको यात्राले थकित हुने तथा बासस्थन नयाँ हुने भएकाले प्राकृतिक तथा मानवीय शिकारको अत्यधिक जोखिम रहने गरेको चरा संरक्षण सङ्घ नेपालका प्रतिनिधि हिरुलाल डंगौराले गोरखापत्र अनलाइनलाई बताउनु भयो ।

रारामा आउन थाले आगन्तुक चरा

मुगु : नेपालको सबैभन्दा ठूलो ताल रारामा बसाइँसराइ गरी आएका विदेशी चराले भरिभराउ हुन थालेको छ। हिउँद याममा युरोप, साइबेरिया, तिब्बत र भारतका विभिन्न ठाउँबाट रारामा चरा आउने गर्दछ। सिमसार क्षेत्रमा पाइने करिब ४९ प्रजातिका चरा बर्सेनि रारा आउने गर्दछन्। तीमध्ये अहिलेसम्म २० प्रकारका आगन्तुक चरा रारामा आइसकेको रारा राष्टि...

जगदीशपुरमा आगन्तुक चरा बढ्दै

विश्व सीमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालमा जाडो मौसम सुरु भएसँगै आगन्तुक चराको आगमन बढ्दै गएको छ। यहाँ साइबेरिया तथा अन्य मुलुकबाट चरा आउने गर्छन्। चराविद्का अनुसार जाडो छल्न र बच्चा कोरल्न तालमा विभिन्न देशबाट विविध चरा आउने गर्छन्। तराईमा जाडो मौसम सुरु भएपछि चराको आगमन बढेको हो। साइबेरिया, रुस, चीन, मङ्गोलिया, मध्य एसियाका तुर्केमिनिस्तान, किर्गिस्तानलगायतका देशबाट तालमा आगन्तुक चरा हुलका हुल आउने गरेको चराविद् भूपाल नेपालीले बताउनुभयो। अन्य देशमा बढी जाडो हुने भएकाले चराचुरुङ्गी जाडो छल्न नेपालको तराईतिर आउने गरेको उहाँको भनाइ छ। तालमा कतिपय चराचुरुङ्गीले फूल पारी बच्चा हुर्काउने गर्छन्।