जलपक्षी गणना असार १६ गतेबाट सुरु, आगन्तुक चरा जोखिममा

आगन्तुक चरा आउने समयमा नेपालमा नियमित जलपक्षीको गणना तथा अनुगमन असार १६ गतेबाट हुने भएको छ । बसाइँसराइ गरी नेपाल आउने यस्ता चरा लामो दूरीको यात्राले थकित हुने तथा बासस्थन नयाँ हुने भएकाले प्राकृतिक तथा मानवीय शिकारको अत्यधिक जोखिम रहने गरेको चरा संरक्षण सङ्घ नेपालका प्रतिनिधि हिरुलाल डंगौराले गोरखापत्र अनलाइनलाई बताउनु भयो ।