काठमाडौँ – देवदूत मणितुण्डक चराको एउटा पोथी अहिले काठमाडौँको कीर्तिपुर नगरपालिका–१५ मा रहेको टौदहमा विचरण गरिरहेको देखिन्छ। अंग्रेजीमा स्मिउ भनिने हाँस प्रजातिको यो चराको वैज्ञानिक नाम मार्गेलस एबिलस हो। नेपालका लागि हिउँदे आगन्तुक चराका सूचीमा रहेको देवदूत मणितुण्डक पहिलोपटक काठमाडौँ उपत्यकामा औपचारिक रुपमा अभिलेख गरिएको हो। काठमाडौँको दक्षिणी भेगमा रहेको टौदह विशेष गरी हाँस प्रजातिका […]