शीतलहरबाट बच्न पालिकाहरुद्वारा चाेक-चाेकमा मुढा उपलब्ध

कञ्चनपुर – कञ्चनपुरमा शीतलहरका कारण चिसो बढेकाले आगो ताप्न पालिकाहरूले चोक–चोकमा मुढा उपलब्ध गराएका  छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था गराएका हुन्  । चिसोबाट सबैभन्दा बढी विपन्न परिवार, बालबालिका र ज्येष्ठ नागरिकलाई असर परेको छ । चिसोबाट जोगाउन बजार क्षेत्रका चोक–चोकमा दाउरा र मुढाको व्यवस्था गरी आगो ताप्ने व्यवस्था मिलाइएको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष शेरबहादुर साउदले बताउनुभयो । निकुञ्ज कार्यालयसँग समन्वय गरी...

सम्बन्धित सामग्री

दुना टपरीमा आत्मनिर्भर बन्ने योजनामा छत्रकोट गाउँपालिका

गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिकाले सञ्चालन गरेको लघु उद्यम कार्यक्रमबाट स्थानीय महिलाहरू निकै खुसी बनेका छन् । गाउँपालिकाले स्थानीय महिलाहरूलाई आयआर्जनमा सहयोग पुराउने उद्देश्यले लघु उद्यम तालिम दिएपछि उनीहरूमा थप आत्मबल बढेको हो ।  पालिकाले महिलाहरूलाई स्थानीयस्तरमै उपलब्ध स्राेत साधनबाट दुना टपरी, मुढा, खादालगायतका सामग्री उत्पादन गर्ने सीप सिकाएपछि पालिका यी सामग्रीमा आत्मनिर्भर बन्ने योजनामा छ । उत्पादित सामग्रीको प्रवर्धनका लागि आउँदा दिनमा छत्रकोटभित्र रहेका सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाले प्ला...

जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । राणाकालमै निर्माण गरिएको यो कारागारमा २०० कैदीबन्दीको क्षमता रहे पनि हाल ५५० जना छन् । कारागारमा कैदीबन्दी बस्ने तीनओटा हल छन् । ती सबैमा कैदीबन्दीहरू कष्टकर रूपमा बस्ने गरेका छन् । यस्तै आफूहरूलाई सरकारले वार्षिक रूपमा दिने खर्च पनि अपुग भएको उनीहरूले बताएका छन् । कैदीबन्दीका लागि सिदा खर्चबापत सरकारले वार्षिक रू. ७० लाख २६ हजार उपलब्ध गराए पनि रू. १ करोड ६० लाख ६ हजार वार्षिक खर्च हुने अनुमान गरिएको लेखा अधिकृत टीकाराम ओलीको भनाइ छ । अपुग रकम माग गरिए पनि संघीय सरकारले नदिँदा खर्च व्यवस्थापनमा चुनौती भएको कारागार प्रशासनले बताएको छ । अहिले सामानको मूल्य उच्च रहेकाले आफूहरूलाई सरकारले दिने खर्च बढाउनुपर्ने माग कैदीबन्दीको छ । कारागारभित्र कैदीबन्दीले आय आर्जनका लागि मुढा बनाए पनि बजारको अभावमा विक्री हुन सकेको छैन । कारागार सुधार तथा अपुग रकमका लागि स्थानीयतह तथा दाताहरूलाई गुहार्नुपर्ने बाध्यता रहेको कारागार प्रशासनले बताएको छ ।

चिसोबाट बच्न मुढा वितरण

कञ्चनपुरमा शितलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरुले चोक चोकमा मुढा उपलब्ध गराएका  छन् ।

चिसोबाट बच्न मुढा वितरण

कञ्चनपुरमा शीतलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरूले चोक–चोकमा मुढा उपलब्ध गराएका छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था गराएका हुन् ।

सोफा किन्दा यी विषयमा ध्यान दिनुुस्

काठमाडौं । घरमा आरामदायी बसाइ तथा कोठा सजाउने विषयमा सोफाले निकै सहयोग  गर्दछ । आफ्नो रोजाइअनुसार बजारमा विभिन्न डिजाइन तथा मूल्यका सोफा खरिद गर्न सकिन्छ । सोफा किन्नुपूर्व यसको डिजाइन तथा मूल्यसम्बन्धी सामान्य जानकारी राख्नु आवश्यक हुन्छ । आफूलाई कस्तो सोफा आवश्यक छ र कति रकम खर्चिने भन्ने कुराको जानकारी लिनैपर्ने हुन्छ । सामान्यतया सोफामा प्रयोग भएको काठ, लुगा, रंग र र्‍यागजिनजस्ता सामानको आधारमा यसको मूल्य निर्धारण हुने गर्छ । बेडमा प्रायजसो सिसौका काठ प्रयोग भएको हुन्छ । सोफामा उत्तिसको काठको प्रयोग हुने गर्दछ । नेपालमा सोफाको साइज, डिजाइन र त्यसमा प्रयोग भएको सामानको आधारमा १० हजारदेखि १ लाख २५ हजार रुपैयाँसम्मका सोफा बजारमा उपलब्ध छन् । सामान्यतया सिंगल सिटदेखि ७/८ वटा सिट भएका सोफा पनि बजारमा उपलब्ध छन् । महर्जन फर्निचर सेन्टर कीर्तिपुरका राजु महर्जनका अनुसार घरमा प्रयोग हुने सोफा किन्दा प्रायः ४ वटासम्म सिट भएका सोफा किन्नु उपयुक्त हुन्छ भने कार्यालय प्रयोजनका लागि ४ वटाभन्दा बढी सिट भएका सोफा किन्नुपर्छ । यद्यपि आफ्नो घर, कोठा तथा कार्यालयमा ठाउँको उपलब्धताअनुसार सानो वा ठूलो साइजका सोफा खरिद गर्न सकिन्छ । महर्जनका अनुसार धुन सजिलो हुने भएकाले घरमा प्रयोग हुने सोफामा प्रायः कपडाको प्रयोग भएको हुन्छ भने अफिस तथा कार्यालयमा प्रयोग हुने सोफामा  ¥यागजिन र लेदर प्रयोग गरिएको हुन्छ । सोफा किन्दा कतिपय व्यापारीले त्यससँगै कुसन तथा टुल पनि दिने गर्छन् । कर्नर सोफा : दायाँतर्फ ३ र बायाँतर्फ २ सिट गरी यसमा जम्मा ५ वटा सिट हुन्छन् र बीचको कुनामा चिया तथा कफी राख्न ३० इन्चको सिसा राखिएकाले टेबलको कामसमेत गर्दछ । त्यसकारण यसलाई कर्नर सोफा भनिएको हो ।यसमा प्रयोग गरिएका फोम, सिसा र कपडाको गुणस्तरका आधारमा यसको मूल्य ३२ हजारदेखि ७५ हजार रुपैयाँसम्म रहेको छ । २ सिटको कुल लम्बाइ साढे ६ फिट र ३ सिटतर्फको लम्बाइ साढे ८ फिटसम्मको लम्बाइ भएको कर्नर सोफाको मूल्य ३२ हजार रुपैयाँ पर्दछ भने ६ इन्चको फोमको प्रयोग गरिएको हुन्छ । यस सोफामा ५ देखि ७ वर्षसम्मको वारेन्टी दिइने गरिन्छ । यसमा प्रयोग भएको उत्तिसको काठ २० वर्षसम्म टिकाउ हुने गर्दछ । १६/१६ साइजको कुसन र ४ वटा मुढा सँगै आउने गर्दछ । घरमा धेरै जना पाहुना आउँदा ती मुढाहरू प्रयोगमा ल्याउन सकिन्छ । माछा ह्यान्डल सोफ : दायाँ र बायाँतिरको साइज माछा  आकारको हुने भएकाले यसलाई माछा ह्यान्डल सोफा भनिएको हो । यसको मूल्य ५० हजार रुपैयाँसम्म पर्ने गर्दछ । यसमा पनि दायाँतर्फ ३ र बायाँतर्फ २ सिट गरी जम्मा ५ वटा सिट हुने गर्दछ । देवान सोफा : एउटा मात्रै सिट हुने यस सोफाको मूल्य १० हजार रुपैयाँसम्म पर्ने गर्दछ । यस्तो सोफाको प्रयोग प्रायजसो घरमा हुने गर्दछ । यसमा ९ इन्चसम्मको फोमको प्रयोग भएको हुन्छ भने ग्राहकको चाहनाअनुसारका रंगको कपडा प्रयोग गर्न सकिन्छ । डायमन्ड हाता सोफा : यस सोफामा र्‍यागजिन र कपडाको प्रयोग गरिएको हुन्छ । यसको लम्बाइ र चौडाइ साढे ७/साढे ९ फिटको हुन्छ । यसमा पनि दुवैतर्फ गरी ५ वटा सिट रहेको हुन्छ । यसको मूल्य सामान्यतया ५० हजार देखि ५५ हजार रुपैयाँसम्म पर्ने गर्दछ । चाबीहाता सोफा : चाबीहाता सोफामा सामान्यतया दायाँतर्फ २ र बायाँतर्फ ३ सिट गरी कुल ५ सिट हुने गर्दछ । २ सिटतर्फ साढे ६ र ३ सिटतर्फ साढे ८ फिट लम्बाइ हुन्छ भने ५ इन्चको फोम प्रयोग गरिएको हुन्छ । यस्तो खाले सोफा खरिद गर्दा टी टेबल पनि सँगै आउँछ भने यसको मूल्य ३५ हजार रुपैयाँसम्म पर्ने गर्दछ ।

दसैँमा मुढा बुनेर कैदीबन्दीलाई ७ लाख आम्दानी - Naya Patrika

उपेन्द्र खनाल/नयाँ पत्रिका विभिन्न मुद्दामा परेर सजाय भोगिरहेका कैदीबन्दीहरू आफूले जानेका सीप सदुपयोग गर्दै आयआर्जन गर्न थालेका छन् । सरकारले उपलब्ध गराउँदै आएको प्रतिकैदी ४५ रुपैयाँ र ७ सय ग्राम...पूरा पढ्नुहोस् »