सोफा किन्दा यी विषयमा ध्यान दिनुुस्

काठमाडौं । घरमा आरामदायी बसाइ तथा कोठा सजाउने विषयमा सोफाले निकै सहयोग  गर्दछ । आफ्नो रोजाइअनुसार बजारमा विभिन्न डिजाइन तथा मूल्यका सोफा खरिद गर्न सकिन्छ । सोफा किन्नुपूर्व यसको डिजाइन तथा मूल्यसम्बन्धी सामान्य जानकारी राख्नु आवश्यक हुन्छ । आफूलाई कस्तो सोफा आवश्यक छ र कति रकम खर्चिने भन्ने कुराको जानकारी लिनैपर्ने हुन्छ । सामान्यतया सोफामा प्रयोग भएको काठ, लुगा, रंग र र्‍यागजिनजस्ता सामानको आधारमा यसको मूल्य निर्धारण हुने गर्छ । बेडमा प्रायजसो सिसौका काठ प्रयोग भएको हुन्छ । सोफामा उत्तिसको काठको प्रयोग हुने गर्दछ । नेपालमा सोफाको साइज, डिजाइन र त्यसमा प्रयोग भएको सामानको आधारमा १० हजारदेखि १ लाख २५ हजार रुपैयाँसम्मका सोफा बजारमा उपलब्ध छन् । सामान्यतया सिंगल सिटदेखि ७/८ वटा सिट भएका सोफा पनि बजारमा उपलब्ध छन् । महर्जन फर्निचर सेन्टर कीर्तिपुरका राजु महर्जनका अनुसार घरमा प्रयोग हुने सोफा किन्दा प्रायः ४ वटासम्म सिट भएका सोफा किन्नु उपयुक्त हुन्छ भने कार्यालय प्रयोजनका लागि ४ वटाभन्दा बढी सिट भएका सोफा किन्नुपर्छ । यद्यपि आफ्नो घर, कोठा तथा कार्यालयमा ठाउँको उपलब्धताअनुसार सानो वा ठूलो साइजका सोफा खरिद गर्न सकिन्छ । महर्जनका अनुसार धुन सजिलो हुने भएकाले घरमा प्रयोग हुने सोफामा प्रायः कपडाको प्रयोग भएको हुन्छ भने अफिस तथा कार्यालयमा प्रयोग हुने सोफामा  ¥यागजिन र लेदर प्रयोग गरिएको हुन्छ । सोफा किन्दा कतिपय व्यापारीले त्यससँगै कुसन तथा टुल पनि दिने गर्छन् । कर्नर सोफा : दायाँतर्फ ३ र बायाँतर्फ २ सिट गरी यसमा जम्मा ५ वटा सिट हुन्छन् र बीचको कुनामा चिया तथा कफी राख्न ३० इन्चको सिसा राखिएकाले टेबलको कामसमेत गर्दछ । त्यसकारण यसलाई कर्नर सोफा भनिएको हो ।यसमा प्रयोग गरिएका फोम, सिसा र कपडाको गुणस्तरका आधारमा यसको मूल्य ३२ हजारदेखि ७५ हजार रुपैयाँसम्म रहेको छ । २ सिटको कुल लम्बाइ साढे ६ फिट र ३ सिटतर्फको लम्बाइ साढे ८ फिटसम्मको लम्बाइ भएको कर्नर सोफाको मूल्य ३२ हजार रुपैयाँ पर्दछ भने ६ इन्चको फोमको प्रयोग गरिएको हुन्छ । यस सोफामा ५ देखि ७ वर्षसम्मको वारेन्टी दिइने गरिन्छ । यसमा प्रयोग भएको उत्तिसको काठ २० वर्षसम्म टिकाउ हुने गर्दछ । १६/१६ साइजको कुसन र ४ वटा मुढा सँगै आउने गर्दछ । घरमा धेरै जना पाहुना आउँदा ती मुढाहरू प्रयोगमा ल्याउन सकिन्छ । माछा ह्यान्डल सोफ : दायाँ र बायाँतिरको साइज माछा  आकारको हुने भएकाले यसलाई माछा ह्यान्डल सोफा भनिएको हो । यसको मूल्य ५० हजार रुपैयाँसम्म पर्ने गर्दछ । यसमा पनि दायाँतर्फ ३ र बायाँतर्फ २ सिट गरी जम्मा ५ वटा सिट हुने गर्दछ । देवान सोफा : एउटा मात्रै सिट हुने यस सोफाको मूल्य १० हजार रुपैयाँसम्म पर्ने गर्दछ । यस्तो सोफाको प्रयोग प्रायजसो घरमा हुने गर्दछ । यसमा ९ इन्चसम्मको फोमको प्रयोग भएको हुन्छ भने ग्राहकको चाहनाअनुसारका रंगको कपडा प्रयोग गर्न सकिन्छ । डायमन्ड हाता सोफा : यस सोफामा र्‍यागजिन र कपडाको प्रयोग गरिएको हुन्छ । यसको लम्बाइ र चौडाइ साढे ७/साढे ९ फिटको हुन्छ । यसमा पनि दुवैतर्फ गरी ५ वटा सिट रहेको हुन्छ । यसको मूल्य सामान्यतया ५० हजार देखि ५५ हजार रुपैयाँसम्म पर्ने गर्दछ । चाबीहाता सोफा : चाबीहाता सोफामा सामान्यतया दायाँतर्फ २ र बायाँतर्फ ३ सिट गरी कुल ५ सिट हुने गर्दछ । २ सिटतर्फ साढे ६ र ३ सिटतर्फ साढे ८ फिट लम्बाइ हुन्छ भने ५ इन्चको फोम प्रयोग गरिएको हुन्छ । यस्तो खाले सोफा खरिद गर्दा टी टेबल पनि सँगै आउँछ भने यसको मूल्य ३५ हजार रुपैयाँसम्म पर्ने गर्दछ ।

सम्बन्धित सामग्री

सस्ता ईभी किन्दा फाइदै फाइदा

काठमाडौं । अहिले बजारमा कम मूल्यमा पाइने ईभीको विषयमा धेरै चर्चा हुने गरेको छ । नेपालमा कार किन्छु भन्ने मानिसले लगभग २४ लाखभन्दा कम मूल्यमा पाउँछु भन्ने कल्पना पनि गर्न छाडेका थिए । त्यस्तो समयमा आएका मिनी कारहरु १४ लाखमै चढ्न पाइने अवस्था सृजना भएको छ । विद्युतीय कारको इनोभेसन नै साना कारबाट सुरु भएको […]

टाटाका विद्युतीय गाडी किन्दा ८० प्रतिशतसम्म कर्जा पाइने

टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सबाट विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई ८० प्रतिशतसम्म कर्जा व्यवस्था गरिदिने भएको छ । ग्राहकलाई कर्जा व्यवस्था गरिदिने विषयमा कम्पनीले एभरेष्ट...

नयाँ कार किन्दा हेर्नु पर्ने मुख्य ५ कुरा

काठमाडौं । नयाँ कार किन्दा के कुरालाई महत्व दिएर छनोट गर्ने भन्ने विषयमा धेरै मानिसलाई ज्ञान नहुन सक्छ । तर, गाडी उत्पादकदेखि गाडीको मापन गर्ने कम्पनीसम्मले ध्यान दिने विषय बुझेर गाडी किन्न उपयुक्त मानिन्छ । विश्वभर अहिले १०० औं कार निर्माता कम्पनीहरु सक्रिय रहेका छन् । अझ पछिल्लो दिनमा विद्युतीय गाडीको प्रयोग बढ्न थालेसँगै धेरै […]

माछा प्रकरण : सिडिओले स्वीकारे गल्ती, गरे आत्मालोचना

कुलप्रसाद काफ्लेमाछाको मूल्यको विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङले गल्ती स्वीकारेका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माछा व्यवसायी र सिडिओ तामाङबीच बिहीबार भएको वार्तामा सिडिओले गल्ती स्वीकार गरी आत्मालोचना गरेका हुन् ।गलत बुझाइका कारण गल्ती हुन पुगेको भन्दै सिडिओले आत्मालोचना गरेका चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङले बताए । माछा किन्दा श्रीमती ठगिएको भन्दै सिडिओ अस्मान तामाङले १८ पुसको साँझ चितवन फिस हाउसका सञ्चालक लुलाराजमाथि दुर्व्यवहार गरी माछा राखेको

माछा किन्दा सीडीओ ठगिएपछि…

चितवन– चितवनमा माछाको मूल्यको विषयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) अस्मान तामाङ र माछा व्यवसायीबीच आरोप प्रत्यारोप सुरु भएको छ । सीडीओ तामाङले माछा किन्दा आफू ठगिएको भन्दै ठगी गर्ने व्यवसायीमाथि मुद्दा चलाउने बताएका छन् । माछा व्यवसायीले पनि सोमबार प्रेस विज्ञप्ति जारी गरी सीडीओले पदीय मर्यादा बिर्सिएर व्यवसायीलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् । सीडीओ […]

चाडबाडको बजार : सामान किन्दा ठगिनबाट कसरी जोगिने ?

चाडबाडको समयमा बजार अत्याधिक चलायमान बन्छ । खाद्यान्न, लत्ताकपडा, तरकारी लगायतका वस्तुमा यही समयमा उपभोक्ता धेरै ठगिन्छन् । बजार धेरै चलायमान बनेको समयमा व्यापारीहरुले ठग्ने र उपभोक्ता ठगिने क्रम धेरै हुन्छ । यही विषयमा रातोपाटीका निकेश खत्रीले उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनासँग गरेको कुराकानीः–चाडबाडको समयमा नेपाली बजार अत्यन्तै चलायमान बन्छ । लत्ताकपडा, खाद्यान्न, मासुजन्य वस्तुको खरिदबिक्री धेरै हुन्छ । दसैँ बजारलाई उपभोक्ता र अधिकारकर्मीको नजरबाट कसरी हेर्दै हुन

कार्पेट किन्दा ध्यान दिनैपर्ने आधारभूत पक्ष

काठमाडौं । अहिले बजारमा विभिन्न डिजाइन, रंग र गुणस्तका कार्पेट उपलब्ध छन् । खासगरी कोठाको सजावट र भुइँको चिसोबाट जोगिनका लागि घर, विद्यालय, अफिस, होटेल, रेस्टुराँ, पसल सबै ठाउँमा कार्पेटको प्रयोग हुँदै आएको छ । कार्पेटको गुणस्तर, त्यसमा प्रयोग गरिएको कच्चा पदार्थ र डिजाइनअनुसार यसको मूल्य कायम गरिएको हुन्छ । कार्पेट किन्दा आफ्नो कोठाको आकार, आफूसँग भएको बजेट र चाहनाले पनि भूमिका खेलेको हुन्छ । कार्पेट प्रयोगले कोठामा सधैं पोछा लगाउनुपर्ने बाध्यताबाट छुटकारा मिल्ने भएकाले पनि यसको उपयोगिता बढ्दै गएको हो । सबैभन्दा पहिला कस्तो कोठाका लागि कार्पेट किन्ने हो, त्यसमा ध्यान दिनु जरुरी हुन्छ । कार्पेट व्यवसायीका अनुसार पछिल्लो समय महामारीका कारण कार्पेट बन्ने कच्चा पदार्थ महँगिएकाले यसको मूल्य पनि महँगो भएको छ । त्यसैले कार्पेट किन्नुअघि गुणस्तर, मूल्य आदि विषयमा ध्यान नदिइए आफूले लगानी गरेको पैसा खेर जान सक्छ । नेपाली बजारमा कमसलदेखि निकै महँगा र आकर्षक कार्पेट उपलब्ध छन् । ग्राफिक्स, रिब्ड, जकार्ड, भेलोर, स्ट्राइप, प्रिन्टेड, यती, एसटी कार्पेट आदि नेपाली बजारमा प्रचलित उत्पादन हुन् । घरको कोठामा प्रायजसो भुवादार कार्पेट किन्नु राम्रो हुन्छ । यसले कोठाको शोभा बढाउनुका साथै भुइँको चिसोबाट समेत बचाउने गर्छ । लिभिङ रुमका लागि कार्पेट किन्दा दाग नबस्ने खालको किन्नु बुद्धिमानी ठहर्छ । नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानका अनुसार नेपालमा अहिले प्रायजसोले फेब्रिकबाट बनेका कार्पेरु प्रयोग गरिरहेका छन् । जाडो महिनामा कोठाको भुइँ न्यानो राख्न सहयोग गर्ने हुनाले यसको प्रयोग बढेको उनी बताउँछन् । कार्पेट खरिद गर्दा केही महँगो परे पनि राम्रो र गुणस्तरीय कार्पेट नै किन्नुपर्ने उनको धारणा छ । सस्तो खाले कार्पेटले मानिसको स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने हुँदा प्रयोग नगर्न उनको सुझाव छ । घरको कोठाका लागि खासगरी पोली प्रोप्लिन कार्पेट बढी राम्रो हुने उनी बताउँछन् । यसबाट बनेका कार्पेट महँगा भए पनि बढी टिकाउ र मुलायम हुने गर्छन् । भान्सा कोठा, अफिस रुम र होटललगायत स्थानमा प्लास्टिक प्रयोग गरेर बनाइएका कार्पेटको प्रयोग धेरै हुने गरको छ । सफा गर्न पनि सजिलो हुने भएकाले ती स्थानमा यसको प्रयोग बढेको हो । यस्ता कार्पेट कम टिकाउ र मूल्यका हिसाबले पनि सस्तो पर्दछ ।

टेबल किन्दै हुनुहुन्छ ? यी विषयमा जानकार हुनुस्

काठमाडौं । घर, अफिस र होटल तथा रेस्टुराँहरूका लागि आवश्यक पर्ने टेबल खरिद गर्दा मूल्यदेखि लिएर बलियो काठको छनोट गर्नु उपयुक्त हुन्छ । टेबल किन्दा केही महत्वपूर्ण विषयमा जानकारी राख्नु बुद्धिमानी मानिन्छ । त्यसैले टेबल खरिद गर्दा अपनाउनुपर्ने विषयलाई उल्लेख गरिएको छ । घर, अफिस, होटल र रेस्टुराँलगायत स्थानमा टेबल नभई नहुने अत्यावश्यक सामग्री हो । यी सबै स्थानमा आवश्यक पर्ने टेबलको डिजाइन, तिनमा प्रयोग गरिने सामग्री र मूल्य केही फरक हुन्छ । टेबलमा प्रायः सिसौको काठ, ग्रेनाइट र सिसा पनि प्रयोग गरिएको हुन्छ । डाइनिङ टेबल घरको डाइनिङ हलमा खाना खान प्रयोग हुने भएकाले यो टेबललाई डाइनिङ टेबलको नामले चिनिन्छ । विशेषगरी यसमा सिसौको काठ प्रयोग भएको हुन्छ । सामान्यतया यसको ३ फिट गुणा ६ फिट र ४ फिट गुणा ८ फिटसम्मको हुने गर्छ भने गोलकार वा अण्डाकार आकारको हुन्छ । कसै– कसैले आयातकारमा पनि खोज्ने गरेको बालकुमारी काष्ठ उद्योग कीर्तिपुरका प्रोप्राइटर सन्तोष बस्नेत बताउँछन् । ग्राहकले यस्तो सामान किन्दा प्रायशः सेट नै खरिद गर्ने भएकाले ३ फिट गुणा ६ फिटमा ४ वटा कुर्सी र ४ फिट गुणा ८ फिटको टेबलमा ६ वटासम्म कुर्सी प्रयोग गर्न सकिन्छ । कुर्सीसहित पूरै सेट खरिद गर्दा यस्तो टेबलको मूल्य अहिले ४० हजारदेखि ६० हजार रुपैयाँ हाराहारी पर्न आउने उनले बताए । यस्ता टेबलमा ५ वर्षसम्म वारेन्टीसहित काठमाडौं उपत्यकाभित्र निःशुल्क डेलिभरीसमेत हुने गरेको उनको भनाइ छ । ग्रेनाइट डाइनिङ टेबल यो टेबल विशेषगरी होटल तथा रेस्टुरेन्टका गार्डेन वा कौसीमा बसेर खानपिन गर्न प्रयोग हुने गर्दछ । यसको निर्माण गर्दा माथिल्लो भागमा काठको ठाउँमा ग्रेनाइट प्रयोग भएको हुन्छ भने यसको खुट्टा भने स्टिल वा फलामले बनेको हुन्छ । सामान्यतया यो टेबल २ फिट गुणा ४ फिट र ३ फिट गुणा ६ फिटको साइजमा हुन्छ । यद्यपि ग्राहकले आफ्नो आवश्यकताअनुसारको साइजमा अर्डर गर्न सक्छन् । २ फिट गुणा ४ फिटको सेटमा ४ वटा कुर्सीसहित २० हजार रुपैयाँ र ३ फिट गुणा ६ फिटको सेटमा ६ वटा कुर्सीसहित ३५ हजार रुपैयाँसम्म मूल्य पर्दछ । यसमा प्रयोग गरिने सामान, साइज र  कुर्सीको डिजाइनका आधारमा पनि यसको मूल्य फरक पर्न सक्ने बस्नेत सुनाउँछन् । स्टडी टेबल प्रायजसो विद्यार्थीहरूका लागि पढ्न यो टेबल प्रयोग गरिन्छ । यसको साइज प्रायः २ फिट गुणा ४ फिटको हुने गर्दछ भने १५ सयदेखि २५ सय रुपैयाँमा यो टेबल खरिद गर्न सकिन्छ । टी टेबल यी टेबलहरू अण्डाकार तथा आयातकार दुवै साइजमा बजारबाट खरिद गर्न सकिन्छ । पूर्ण रूपमा काठबाट बनेको टेबललाई २५ सयदेखि ३ हजार रुपैयाँसम्म पर्दछ भने सिसाको प्रयोग भएको टेबललाई ५ हजार रुपैयाँसम्म पर्दछ । अफिस टेबल विभिन्न सरकारी, निजी कार्यालयमा प्रयोग हुने यस्ता टेबलको साइज सामान्यतया २÷४ को हुने गर्दछ । यसमा घर्रा र लकिङ सिस्टम पनि राखिएको हुन्छ । यसको हालको बजार मूल्य ११ हजारदेखि १५ हजार रुपैयाँसम्म पर्दछ ।

बिजुली बस किन्दा नै बदमासी

२९ चैत, काठमाडौं । ठूलो तामझामका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरको बिजुली बस सर्वसाधारणले चढ्न नपाउँदै फिर्ता भयो । बस चीनमा बनेको कि भारतमा भन्ने विषयमा सरकार र आपूर्तिकर्ता व्यवसायीबीच ठूलै विवाद भयो । …