दुना टपरीमा आत्मनिर्भर बन्ने योजनामा छत्रकोट गाउँपालिका

गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिकाले सञ्चालन गरेको लघु उद्यम कार्यक्रमबाट स्थानीय महिलाहरू निकै खुसी बनेका छन् । गाउँपालिकाले स्थानीय महिलाहरूलाई आयआर्जनमा सहयोग पुराउने उद्देश्यले लघु उद्यम तालिम दिएपछि उनीहरूमा थप आत्मबल बढेको हो ।  पालिकाले महिलाहरूलाई स्थानीयस्तरमै उपलब्ध स्राेत साधनबाट दुना टपरी, मुढा, खादालगायतका सामग्री उत्पादन गर्ने सीप सिकाएपछि पालिका यी सामग्रीमा आत्मनिर्भर बन्ने योजनामा छ । उत्पादित सामग्रीको प्रवर्धनका लागि आउँदा दिनमा छत्रकोटभित्र रहेका सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाले प्ला...