जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । राणाकालमै निर्माण गरिएको यो कारागारमा २०० कैदीबन्दीको क्षमता रहे पनि हाल ५५० जना छन् । कारागारमा कैदीबन्दी बस्ने तीनओटा हल छन् । ती सबैमा कैदीबन्दीहरू कष्टकर रूपमा बस्ने गरेका छन् । यस्तै आफूहरूलाई सरकारले वार्षिक रूपमा दिने खर्च पनि अपुग भएको उनीहरूले बताएका छन् । कैदीबन्दीका लागि सिदा खर्चबापत सरकारले वार्षिक रू. ७० लाख २६ हजार उपलब्ध गराए पनि रू. १ करोड ६० लाख ६ हजार वार्षिक खर्च हुने अनुमान गरिएको लेखा अधिकृत टीकाराम ओलीको भनाइ छ । अपुग रकम माग गरिए पनि संघीय सरकारले नदिँदा खर्च व्यवस्थापनमा चुनौती भएको कारागार प्रशासनले बताएको छ । अहिले सामानको मूल्य उच्च रहेकाले आफूहरूलाई सरकारले दिने खर्च बढाउनुपर्ने माग कैदीबन्दीको छ । कारागारभित्र कैदीबन्दीले आय आर्जनका लागि मुढा बनाए पनि बजारको अभावमा विक्री हुन सकेको छैन । कारागार सुधार तथा अपुग रकमका लागि स्थानीयतह तथा दाताहरूलाई गुहार्नुपर्ने बाध्यता रहेको कारागार प्रशासनले बताएको छ ।

सम्बन्धित सामग्री

कैदीबन्दी बिरामीलाई न उपचार न पोषण

काठमाडौं, पुस २५ । कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा राखिँदा स्वास्थ्य सेवा, पोषण लगायत सुविधाको अभाव देखिएको छ। उचित स्वास्थ्य सेवा र पोषण अभावमा कतिपय कैदी र थुनुवाको ज्यान जोखिममा परेको पाइएको छ। अहिले देशभरिका कारागारमा २७ हजार कैदीबन्दी छन्। देशभरिका कैदीबन्दीका लागि सुविधायुक्त अस्पताल भने एउटा मात्रै छ। यसले गर्दा कैदीबन्दीले बिरामी पर्दा […]

कैदीबन्दी बिरामीलाई न उपचार न पोषण

काठमाडौं । कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा राखिँदा स्वास्थ्य सेवा, पोषण लगायत सुविधाको अभाव देखिएको छ। उचित स्वास्थ्य सेवा र पोषण अभावमा कतिपय कैदी र थुनुवाको ज्यान जोखिममा परेको पाइएको छ। अहिले देशभरिका कारागारमा २७ हजार कैदीबन्दी छन्। देशभरिका कैदीबन्दीका लागि सुविधायुक्त अस्पताल भने एउटा मात्रै छ। यसले गर्दा कैदीबन्दीले बिरामी पर्दा समयमै सेवा […]

कैदी र थुनुवाको ज्यान जोखिममा

कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा राखिँदा स्वास्थ्य सेवा, पोषणलगायत सुविधाको अभाव देखिएको छ । उचित स्वास्थ्य सेवा र पोषण अभावमा कतिपय कैदी र थुनुवाको ज्यान जोखिममा परेको पाइएको छ । अहिले देशभरिका कारागारमा २७

लुम्बिनी प्रदेशका सबै जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी

लुम्बिनी प्रदेशका सबै जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीमध्ये पनि बलात्कार मुद्दाका कैदीको संख्या सर्वाधिक रहेको कारागार प्रशासनले जनाएको छ । २५ जना क्षमताको गुल्मी जिल्ला कारागारमा ७३ कैदीबन्दी छन् । कारागार शाखा प्रमुख अर्जुनबहादुर थापाका अनुसार बलात्कार मुद्दाका कैदी र थुनुवाको संख्या मात्रै ३७ छ । कारागारको क्षमताभन्दा बढी बलात्कार मुद्दाकै कैदीबन्दीको संख्या रहेको उनले जनाए ।रुपन्देही जिल्ला कारागार शाखा प्रमुख जगतबहादुर बस्नेतका अनुसार त्यहाँ कुल कैदीबन्दीको संख्या ४५६ छ ।

सुर्खेत कारागारमा क्षमताभन्दा बढी कैदी

सुर्खेत जिल्ला कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।

सुर्खेत कारागारमा क्षमताभन्दा बढी कैदी

सुर्खेत जिल्ला कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।

सुर्खेत कारागारमा क्षमताभन्दा बढी कैदी

सुर्खेत जिल्ला कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ। पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राखिएको छ।...

सुर्खेत कारागारमा क्षमताभन्दा बढी कैदी

काठमाडौँ,१९ असार । सुर्खेत जिल्ला कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राखिएको छ । अहिले कारगारमा पुरुष ३३२ र महिला ४३ राखिएको जिल्ला कारागारका सूचना अधिकारी (नायब सुब्बा) भुवन गौतमले राससलाई जानकारी दिए । उनका अनुसार पुर्पक्षका लागि […]

सुर्खेत कारागारमा क्षमताभन्दा बढी कैदी

सुर्खेत जिल्ला कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राखिएको छ ।  अहिले कारगारमा पुरुष ३३२ र महिला ४३ राखिएको जिल्ला कारागारका सूचना अधिकारी (नायब सुब्बा) भुवन गौतमले जानकारी दिए । उनका अनुसार पुर्पक्षका लागि थुनामा ६६ पुरुष र आठ महिला छन् । त्यस्तै जबर्जस्ती करणीका १७ र लागूऔषधका १५ जना रहेको सूचना अधिकारी गौतमले बताए । “पछिल्लो समयमा बहुविवाह र चोरीका मुद्दा बढ्दै गएका छन्”, उनले भन

सुर्खेत कारागारमा क्षमताभन्दा बढी कैदी

१९ असार, सुर्खेत। सुर्खेत जिल्ला कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राखिएको छ । अहिले कारगारमा पुरुष ३३२ र महिला ४३ राखिएको जिल्ला कारागारका सूचना अधिकारी (नायब सुब्बा) भुवन गौतमले जानकारी दिए । उनका अनुसार पुर्पक्षका लागि थुनामा […]