धरान उपमहानगरपालिकाको नवौं नगरसभा : बजेट २ अर्ब ३ करोड

असार ११, धरान । धरान उपमहानगरपालिकाको नवौं नगरसभा आर्थिक वर्ष २०७८/ ७९ को लागि २ अर्ब ३ करोड ६४ लाख रुपैयाँको बजेट प्रस्तुत गर्दै आगामी १९ गते सम्मका लागि स्थगित भएको छ ।  प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीले उद्धघाटन गरेको नगरसभामा उपप्रमुख मञ्जु भण्डारी सुवेदीले आगामी आर्थिक बर्षं २०७८/ ७९ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेकी थिइन् ।  नगरसभामा उपमेयर सुबेदीले बजेट प्रस्तुत गरेपछि मेयर तिलक राईले आगामी असार १९ गते सम्मका लागि सभा स्थगित गरेको घोषणा गरेका थिए ।  धरान उपमहानगरपालिकाले आव २०७८/ ७९ को लागि अघिल्लो वर्षका तुलनामा ३१ करोड रुपैयाँभन्दा बढीको बजेट बनाएको छ । आगामी आर्थिक वर्षको बजेटमा धरानको २० ओटा वडाको लागि २८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । मेयर कोषमा १ करोड २० लाख, मर्मत कोषमा ५० लाख रुपैयाँ, आकस्मिक कोषमा ३० लाख विनियोजन गरिएको छ भने चालू भैपरी आउने खर्चमा २० लाख रुपैयाँ र विपद् व्यवस्थापन कोषमा १ करोड बजेट विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ घोषित विभिन्न नीति तथा कार्यक्रमलाई संशोधन गर्न संघिय सशर्ततर्फ ३ करोड ९५ लाख  रुपैयाँ र नगरपालिका स्रोत तर्फ ८० लाख रुपैयाँ गरी कुल जम्मा ४ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगर गौरवका योजनाहरूका लागि १८ करोड २१ लाख विनियोजन गरिएको छ । शिक्षा युवा तथा खेलकुद तर्फ संघीय सशर्त अनुदान ३५ करोड ७८ लाख रुपैयाँ, नगरपालिका स्रोततर्फ २ करोड ५० लाख रुपैयाँ गरी जम्मा २८ लाख रुपैयाँ बजेट नियोजन गरिएको छ । सामाजिक विकासतर्फ सामाजिक समावेशीकरण विभेद तथा लक्षित कार्यक्रमहरू सञ्चालन गर्न १ करोड बजेट विनियोजन गरिएको छ । कृषि, पशु, सहकारी र उद्योग सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न नगरपालिका स्तरीय रु ९० लाख बजेट विनियोजन गरिएको छ । धार्मिक, सांस्कृतिक तथा बहुजातिय विविधतायुक्त धरानलाई पर्यटकीय गन्तब्यस्थलको रूपमा विकास गर्न छनौट भएका कार्यहरूका लागि ३५ लाख बजेट विनियोजन गरिएको छ । अव्यवस्थित बसोबास तथा सुकुम्वासी व्यवस्थापनतर्फ राष्ट्रिय कार्यक्रम सञ्चालन गर्न ५० लाख बजेट विनियोजन गरिएको छ । सार्वजनिक जग्गा र जलाधार संरक्षण र उपयोग सम्बन्धी कार्यक्रम सञ्चालन गर्न ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । विमानस्थल जग्गा व्यवस्थापनको लागि आवश्यक कार्य गर्न ५० लाख रुपैया बजेट विनियोजन गरिएको छ । कोभिड १९ लगायतका महामारी नियन्त्रण र खोप खरीदको लागि ७ करोड बजेट विनियोजन गरिएको छ । खाजा भत्ता सम्बन्धमा नगर कार्यपालिकामा कार्यरत सबै कर्मचारीलाई दिँदै आएको खाजा खर्चलाई हाजिरीको आधारमा दैनिक १२५ रुपैयाँ बनाइएको छ ।

सम्बन्धित सामग्री

काठमाडौं महानगरको नगरसभा स्थगित

२१ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्न बोलाइएको काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ ।१० असारमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेटमा छलफल नै नभएको र मेयर बालेन्द्र शाह र उपमेयर सुनिटा डंगोलको एकलौटी भएको भन्दै बजेट पास […]

शंखरापुर नगरपालिकाको बजेट १ अर्ब ४० करोड ४८ लाख : प्रवक्ता श्रेष्ठ

काठमाडौंको शंखरापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ४० करोड ४८ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ । शुक्रबार बसेको ७ औं नगरसभा बैठकले सो बजेट पारित गरेको हो । चालूतर्फ ४२ करोड ४ लाख ४६ हजार ३ सय रुपैयाँ र पुँजीगत खर्चतर्फ ९८ करोड ३३ लाख ७४ हजार ७ सय रुपैयाँ […]

हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ७१ करोडको बजेट

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ७१ करोड ७९ लाखको बजेट प्रस्तुत गरेको छ । आइतबार नगरसभा बैठकमा प्रशासनिक खर्च ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकास तर्फ १९ करोड ६९ लाख ६६ हजार, सामाजिक विकास तर्फ, ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाखको बजेट प्रस्तुत गरिएको […]

हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ७१ करोड ७९ लाखको बजेट

हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ७१ करोड ७९ लाखको बजेट प्रस्तुत गरेको छ ।  आइतबार नगरसभा बैठकमा  प्रशासनिक खर्च ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकास तर्फ १९ करोड ६९ लाख ६६ हजार, सामाजिक विकास तर्फ, ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाखको बजेट प्रस्तुत गरिएको हो ।यसैगरी वन वातावरण तथा विपद व्यवस्थापन तर्फ १२ करोड ६ लाख ८० हजार, सुशासन तथा संस्थागत विकासतर्फ ७ करोड ३३ लाख ५० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै अन्य विविध कोषतर्फ ९९ लाख, प्रदेश सरकारबाट हस्तान्त

बीरगंजको बजेट ३ अर्ब ३३ करोड

कर नीतिमा हेरफेर र नयाँ खाले बिकास योजनासहित वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। महानगरपालिकाको शुक्रबार भएको ११औँ नगरसभा अधिवेशनमा उपप्रमुख ईम्तियाज आलमले आगामी वर्ष २०७९/०८०का ला...

थाहा नगरपालिकाको बजेट १ अर्ब ८ करोड

हेटौंडा : उत्तरी मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि १ अर्ब ८ करोडको बजेट ल्याएको छ।थाहा नगरले आगामी आवका लागि १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँको बजेट ल्याएको हो। शुक्रबार भएको नगरसभा तथा ११ औं अधिवेशनमा उपमेयर भरत गोपालीले पेश गरेको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित पनि भएको छ।नगरपालिकाले कुल बजेटमध्ये ९ करोड ९७ लाख ५४ हजार रुपैयाँ चालूतर्फ, ५१ करोड ७२ लाख १३ हजार पुँजीगततर्फ, ३२ करोड १४ लाख ४० हजार रुपैयाँ सशर्ततर्फ र १५ करोड रुपैयाँ सामाजिक सुर

थाहा नगरपालिकाद्वारा १ अर्ब ८ करोड ८४ रुपैयाँको बजेट सार्वजनिक

मकवानपरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबारको ११ औं नगरसभा अधिवेशनमा उपमेयर भरत गोपालीले आगामी आर्थिक वर्षका लागि सो बजेट प्रस्तुत गरेका हुन् ।उनले प्रस्तुत गरेको कुल बजेटमध्ये चालुतर्फ ९ करोड ९७ लाख ५४ हजार रुपैयाँ, पुँजीगततर्फ ५१ करोड ७२ लाख १३ हजार रुपैयाँ, सशर्ततर्फ ३२ करोड १४ लाख ४० हजार रुपैयाँ र सामाजिक सुरक्षातर्फ १५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।थाहा नगरपालिकाले आन्तरिक कर तथा राजश्वबाट १९ कर

भरतपुर महानगरको बजेट रु पाँच अर्ब ७४ करोड

भरतपुर महानगरपालिकाको ११ औँ नगरसभामा रु पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरकोे बजेट पेश गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा आन्तरिक आय रु एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र …

भरतपुर महानगरको बजेट रु पाँच अर्ब ७४ करोड

चितवन । भरतपुर महानगरपालिकाको ११ औँ नगरसभामा रु पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरको बजेट पेस गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा आन्तरिक आय रु एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ९२ करोड ११ लाख २९ […]